आल्मुनियमका भाँडाको प्रयोगः अल्जाइमरदेखि क्यान्सरसम्मलाई निम्ता !

आल्मुनियमका भाँडाको प्रयोगः अल्जाइमरदेखि क्यान्सरसम्मलाई निम्ता !

बीपी तिमिल्सिना  |  स्वास्थ्य  |  आश्विन २, २०७६

अचेल संसारभर नै आल्मुनियमका भाँडा प्रयोग गर्ने प्रचलन रहेको छ । यसो हुनुको कारण भने पृथ्वीभर नै यसको उपलब्धता हुनु, सस्तो र टिकाउ हुनुका साथै यो राम्रो सुचालक हुनु हो । पृथ्वीमा पाइने विभिन्न धातुहरूमध्ये आल्मुनियमको उपलब्धता ८ प्रतिशत रहेको छ ।

यो प्राकृतिक रूपमा ‘सिलिकेट्स’ ‘क्रायोलाइट’ र ‘बक्साइट रक’को रूपमा पाइन्छ । यस धातुले अम्ल वा एसिडसँग प्रतिक्रिया गरेर अक्साइडस निर्माण गर्छ । उदाहरणका लागि, हामीले खाने तरकारी गोलभेँडामा अम्लीय तत्व हुन्छ । आल्मुनियमको भाँडामा गोलभेँडा अथवा अम्लीय तत्व भएका खाद्य पदार्थ पकाउनाले अथवा आल्मुनियमका भाँडामा यस्ता अम्लीय भोज्य पदार्थ खानाले रसायनिक प्र्रतिक्रिया स्वरूप अक्साइड उत्सर्जित हुन्छ, जसको सेवन मानव शरीरका लागि बिष सरह नै हो । 

आल्मुनियमको प्रयोग घरायसी भाँडाकुँडा बनाउन मात्र होइन, अचेल फर्मास्युटिकल उद्योग, कस्मेटिक उद्योग, प्याकेजिङ उद्योगलगायत विभिन्न ठाउँमा हुने गरेको छ ।
एक तथ्यांकअनुसार विश्वका झण्डै सबै देशमा कुनै न कुनै रूपमा आल्मुनियमका भाँडा चलनचल्तीमा रहेका छन् । चीन, रुस, क्यानडा, अमेरिका, भारतलगायतका अनेकौँ देशहरूमा आल्मुनियमबाट विभिन्न सामग्री बनाउने गरिन्छ । यस धातुको पुनप्र्रयोग पनि गरिन्छ । 

एक तथ्यांकअनुसार विश्वभर वर्सेनि ७० लाख टन पुरानो आल्मुनियम गलाएर नयाँ सरसामान बनाइन्छ । हाम्रो दैनिक जीवनमा आल्मुनियमको अत्यधिक प्रयोगले आल्मुनियमका सूक्ष्म कण हाम्रो शरीरमा प्रवेश गरिरहेका हुन्छन् । 

थाइरायड रोगको भयावहताबारेसबैलाई थाहै छ । यस ग्रन्थीले शरीरको चयापचय (मेटाबोलिज्म)लाई नियन्त्रणमा राख्छ । थाइरायड रोगले हृदय, मांशपेसी, हाड र कोलेस्ट्रोललाई पनि नराम्र्रो असर पार्छ । आधुनिक चिकित्साशास्त्रले त यस रोगलाई ‘साइलेन्ट किलर’का रूपमा लिन्छ ।

सूक्ष्म कण यसबाट निर्मित भाँडामा पकाएको खानेकुरा सेवन गर्दा, आल्मुनियमका भाँडाले पानी पिउँदा, विभिन्न खाले सौन्दर्य प्रशाधन (कस्मेटिक) प्रयोग गर्दा (महिलाहरूले प्रयोग गर्ने लिपिस्टिकमा आल्मुनियम रहेको हुन्छ), आल्मुनियमको पातलो वर्कमा प्याक गरेको भोजन प्रयोग गर्दा एवम् विभिन्न आधुनिक औषधिको माध्यमले शरीरमा प्रवेश गर्छन् ।आल्मुनियको गुण खाद्य पदार्थ र पानीमा धोलिने हुन्छ । आल्मुनियमका भाँडामा खाना पकाउँदा, यस्ता भाँडामा राखेर भोजन वा पानी ग्रहण गर्दा यसका सूक्ष्म कण हाम्रो शरीरको रक्त प्रवाहमा प्रवेश गरेर विभिन्न अंगमा पुग्छन् । यसले गर्दा शरीरमा विभिन्न रोग लाग्ने गर्छ । ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च क्यान्सर’ले आल्मुनियमबाट बनेका सामग्रीलाई मानव शरीरमा क्यान्सर लगाउने कारक अर्थात् कार्सिनोज–आइस एजेन्टको वर्गमा राखेको छ ।

विभिन्न समयमा विभिन्न प्राणीहरूमा गरिएको अनुसन्धानबाट शरीरमा प्रवेश गरेका यी आल्मुनियमका सूक्ष्म कणले अल्जाइमर, डाउन सिण्ड्रोम जस्ता खतरनाक रोग निम्त्याउन सक्छ । शरीरमा प्रवेश गरेका आल्मुनियमका सूक्ष्म कण, हाड, फोक्सो, मांशपेसी, कलेजो, मस्तिष्क, मिर्गौला र मुत्रनलीमा बढीजसो एकत्रित हुन्छन् । आल्मुनियम कणले यी अंगहरूमा अत्यन्त नकारात्मक प्रभाव पार्छन् ।

अध्ययनले के देखाएको छ भने बालबालिकाको तुलनामा वयस्क र बुढाबुढीको शरीरमा आल्मुनियम कणले एकदमै बढी दुष्प्रभाव पार्छ ।

आल्मुनियमका सूक्ष्म कणले ‘प्याराथाइरायड हर्मोन’को निस्सारण वा सेक्रेसनमा प्रतिकूल असर पारेर थाइरायड ग्रन्थीलाई क्षति पुर्‍याउँछ । थाइरायड रोगको भयावहताबारेसबैलाई थाहै छ । यस ग्रन्थीले शरीरको चयापचय (मेटाबोलिज्म)लाई नियन्त्रणमा राख्छ । थाइरायड रोगले हृदय, मांशपेसी, हाड र कोलेस्ट्रोललाई पनि नराम्र्रो असर पार्छ । आधुनिक चिकित्साशास्त्रले त यस रोगलाई ‘साइलेन्ट किलर’का रूपमा लिन्छ ।

मुसामाथि गरिएका विभिन्न प्रयोगले आल्मुनियमका कण मस्तिष्कमा जम्मा भएर ‘न्युरोसाइकेट्रिक सिम्पटन्स’ उत्पन्न गर्छन् । 

यस्तो ‘सिम्पटम्स’ले शरीरको विभिन्न भागमा हुने मस्तिष्कको क्रियाकलापमा बाधा तुल्याउँछ, यसले विभिन्न अंगले गर्ने आफ्नो गतिविधि प्रभावित हुनुका साथै शरीरभित्र उत्पादित अनेक प्रकारका हर्मोन्सको उत्पादन घटी अथवा बढी हुन जान्छ । यसका साथै स्मरण शक्तिमा ह्रास आउनुका साथै शरीरलाई नियन्त्रणमा राख्ने प्रक्रियामा पनि समस्या आउँछ ।

आल्मुनियमको धुलो अथवा यसको मिश्रणको सम्पर्कले मात्रै शरीरमा छालासम्बन्धी रोग हुने कैयौँ अनुसन्धानबाट प्रमाणित भएको छ ।

सन् २०१३ मा गरिएको अध्ययनले लामो समयसम्म आल्मुनियमको सम्पर्कमा रहनाले फोक्सो तथा ‘ब्लाडर’को क्यान्सर हुने पुष्टि गरेको छ ।

विभिन्न देशमा गरिएका अनुसन्धानले मानव शरीरमा आल्मुनियमका कण सबैभन्दा बढी पिउने पानीबाट प्रवेश गर्ने गरेको प्रमाणित भएको छ, जसले शरीरमा विभिन्न रोग निम्त्याउँछ ।

अहिले होटेल– रेस्टुरेन्टबाट आल्मुनियम ‘फायल’मा खानेकुरा ‘प्याक’ गराएर घरमा हुल्छ । यस्तो प्याकिङले खाना त केही बेरसम्म तातो रहन्छ तर खानामा आल्मुनियम फायलबाट प्रशस्त मात्रामा सूक्ष्म कण पनि मिसिन्छन् र खानासँगै सित्तैमा यी कण शरीरमा पसेर अनेक दुष्प्रभाव उत्पन्न गर्छन् । स्वस्थ हुनलाई औषधि सेवनले मात्र सम्भव छैन ।

एलोप्याथिक औषधिहरूमा आल्मुनियमको अत्यधिक प्रयोग हुने गरेको छ । यहाँसम्म कि बच्चाहरूलाई लगाइने विभिन्न खोपदेखि औषधि ‘व्याक’ गर्नसम्म आल्मुनियमको प्रयोग हुन्छ ।

सुविधाभोगी मुनष्यको विडम्बना हेर्नुहोस् त अहिले होटेल– रेस्टुरेन्टबाट आल्मुनियम ‘फायल’मा खानेकुरा ‘प्याक’ गराएर घरमा हुल्छ । यस्तो प्याकिङले खाना त केही बेरसम्म तातो रहन्छ तर खानामा आल्मुनियम फायलबाट प्रशस्त मात्रामा सूक्ष्म कण पनि मिसिन्छन् र खानासँगै सित्तैमा यी कण शरीरमा पसेर अनेक दुष्प्रभाव उत्पन्न गर्छन् । स्वस्थ हुनलाई औषधि सेवनले मात्र सम्भव छैन । शरीरमा रोग निम्त्याउने कारणको पनि पहिचान गरेर मात्रै स्वस्थ रहन सकिन्छ । 

यस लेखमा आल्मुनियमका बारे सानो चर्चा गरिएको छ । यसका दुष्प्र्रभावबारे लेख्दै जाने हो भने मोटो किताब नै तयार हुन्छ । मैले किताब लेखेर र तपाईंले किताब पढेर विद्वान् हुनु सट्टा बरु आजैदेखि आल्मुनियमबाट टाढा हुने बाटो रोजौँ ।