किमलाई  ट्रम्पकाे जवाफ : अहिले उत्तर कोरिया जाने सही समय होइन

किमलाई  ट्रम्पकाे जवाफ : अहिले उत्तर कोरिया जाने सही समय होइन

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन ३, २०७६

काठमाडौं, एजेन्सी । उत्तर कोरियाका राष्ट्रपति किम जोंग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अगस्टमा पत्र लेख्दै प्योंगयांग भ्रमणका लागि निमंत्रण गरेका थिए । दक्षिण कोरियाको मिडियाले आफ्नो रिपोर्टमा यो दावी गरेका थिए । रिर्पोटका अनुसार १३ सेप्टेम्बरमा किमलाई जवाफ दिंदै ट्रम्पले अहिले उत्तर कोरिया जानेसही समय नभएको बताएका छन।  

किमले लेखेको तीन पेजको पत्र ९ अगस्टमा ट्रम्पले प्राप्त गरेको रिपोर्टमा उल्लेख गरिएको छ । यसका बारेमा उल्लेख गर्दै ट्रम्पले मलाई किमको स्नेहपूर्ण पत्र प्राप्त भएको बताए । उनले दुबै नेताबीच चौथो पटक भेट हुने सम्भावना रहेको पनि बताए । 

उत्तर कोरियाको विदेश मन्त्रालयका एक अधिकारीका अनुसार आगामी केही हप्तामा वाशिंगटन तथा प्योंगयांगका बीच वार्ता हुनसक्ने सम्भावना छ । 

ट्रम्प तथा किमका बीच पछिल्लो वर्षको जुन देखि हालसम्म गरेर तीनपटक वार्ता भैसकेको छ । पछिल्लो पटक ट्रम्पले किमसँग कोरियाई प्रायद्वीपको असैन्य क्षेत्रमा ३० जुनमा भेट गरेका थिए ।