मलाई पनि रहर छ ठूलो मान्छे बन्ने‍‍‍ ...’ बाेलको गीत सार्वजनिक (भिडियाे सहित)

मलाई पनि रहर छ ठूलो मान्छे बन्ने‍‍‍ ...’ बाेलको गीत सार्वजनिक (भिडियाे सहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन ३, २०७६

काठमाडौं । सिमान्त सन्तोष र श्रृजन त्रिपाठीको स्वरमा रहेको ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने‍‍‍ ...’ बाेलको गीत सार्वजनिक भएको छ । मिरा देवी राईको शब्द, नवीन कार्किको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा गायक सिमान्त र श्रृजन फिचर्ड छन् भने आफ्नो जीवनमा उदाहरणीय काम गरेर सबैको प्रेरणका स्रोत रहेका विभिन्न व्यक्तित्वहरुलाई देखाइएको छ ।

‘हामीले स्रोतारदर्शकमाझ एउटा राम्रो गीत पस्किने जमर्को गरेका छौ पक्कै पनि स्रोतारदर्शकको रोजाइमा पर्छ होला’ सिमान्त र श्रृजनले भने ।

‘मेरो दिल दुखायौ के पायौ‍‍...’बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्तका थुप्रै गीतहरु चर्चामा छन् । विगत चार वर्षदेखि गायन क्षेत्रमा तिल्लन उनका एक दर्जन भन्दा बढी गीत स्रोता र दर्शकको रोजाईमा परेका छन् ।

मलाई पनि रहर छ ठूलो मान्छे बन्ने‍‍‍ गीतकाे  भिडियो यहाँ हेर्न सकिन्छ