बाटो बनाएर छोराको जन्मदिन !

बाटो बनाएर छोराको जन्मदिन !

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  आश्विन ४, २०७६

काठमाडौं, एजेन्सी ।  आजभाेली बच्चाको जन्मदिन धुमधाम खर्च गरेर मनाउने चलन बढ्दै गएकाे  छ ।  तर, भारतको गुजरात राज्यको मोरबी जिल्लाको रवापर गाउँका मेरजा परिवारले भने १०० मिटर सड़क मर्मत गरेर छोराको १९ औं जन्मदिन मनाएको  समाचार छ। 

युवकका बाबु परेशभाई मेरजाका अनुसार वर्षाका कारण गाउँको सडक एकदमै खराब भएको थियो । सडकमा ठूला ठूला खाल्डा थिए । गाउँलेलाई मूख्य सडकसम्म जान ज्यादै कठिनाई भैरहेको थियो । यस कारण उनले आफ्नो छोराको जन्मदिन सडक मर्मत गरेर मनाउने निर्णय गरे । 

उनले दुई ट्रयाक्टर तथा एक लोडरको मद्दतले एक सय मिटर सड़कको मर्मत गरेका हुन् । सडक मर्मत गर्न थालेपछि  स्थानीयवासीले पनि उनकाे  त्याे कार्यमा मद्दतका लागि अगाडी सरेका थिए । 

तीन घण्टामा नै सबै सड़क दुरुस्त गरियो । परेशभाईको भनाई छ कि सानो सानो कुरामा पनि हामीले सरकारको मुख ताक्नु ठीक होइन् । यो हाम्रो सडक हो र यसको देखभाल हामीले नै गर्नुपर्छ ।