काम, उद्योग, व्यापारकाे बहानामा विदेशिने मामिलामा भारतीय सबैभन्दा अगाडीे

काम, उद्योग, व्यापारकाे बहानामा विदेशिने मामिलामा भारतीय सबैभन्दा अगाडीे

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन ४, २०७६

काठमाडौं, एजेन्सी । काम, उद्योग, व्यापार जस्ता विभिन्न बहानामा आफ्नो देश छोडेर विदेशिने मामिलामा भारतीय सबैभन्दा अगाडी रहेकाे  एक प्रतिवेदनले देखाएकाे छ । 

 संयुक्त राष्ट्र संघले हालै सार्वजिनक गरेकाे एक रिर्पोटमा भारतमा जन्मेका १.७५ करोड मानिस विभिन्न देशमा काम, उद्योग, व्यापार रहेकाे उल्लेख  गरेको  छ । १.७५ करोड प्रवासी भारतीयका साथ भारत प्रवासीको मामिलामा सबैभन्दा अघि रहेको  समेत प्रतिवेदनमा उल्लेख छ । 

संयुक्त राष्ट्र संघको रिपोर्ट ‘द इंटरनेशनल माइग्रेंट स्टक २०१९’मा संसारभर प्रवासीको संख्या करीब २७.२ करोड़ पुगेको बताइएको छ । यस रिपोर्टमा अन्तर्राष्ट्रीय प्रवासीको उमेर, लिंग तथा मूल देशका साथै संसारको सबै भागमा रहेका प्रवासीलाई आधार मानेर आंकडा निकालिएको हो । हाल संसारको कुल जनसंख्याको ३.५ प्रतिशत प्रवासी रहेको पनि रिर्पोटमा उल्लेख गरिएको छ । सन् २००० मा भने यो प्रतिशत केवल २.८ प्रतिशत रहेको पनि बताइएको छ । 

संयुक्त राष्ट्र संघका अनुसार संसारको आधा प्रवासी केवल २० देशका रहेका छन् । 

भारतीय नागरीकलाई २०१९ मे महिनासम्ममा  ६५ लाख अन्तर्राष्ट्रीय प्रवासीलाई आफ्नो देशमा स्थान दिने मामिलामा सबैभन्दा अघि युरोप तथा उत्तर अमेरिका रहेका छन् ।

युरोप तथा अमेरिकाले सन् २०१९ मा ८.२ करोड तथा ५.९ करोड प्रवासीलाई स्थान दिएको छ । प्रवासीको मामिलामा सबैभन्दा अगाडी रहेको भारतले भने २०१९ मा ५१ लाख प्रवासीलाई मात्र स्थान दिएको छ ।