अक्षय कुमारले पोस्ट गरेकाे तस्विर, जस्ले  पायो सवा लाख लाइक र तीन हजार प्रतिकृया

अक्षय कुमारले पोस्ट गरेकाे तस्विर, जस्ले  पायो सवा लाख लाइक र तीन हजार प्रतिकृया

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन ४, २०७६

काठमाडौं, एजेन्सी । शुटिंग सक्काएर घर फर्किरहेका भारतीय अभिनेत अक्षय कुमारले १८ सेप्टेम्बरमा इंस्टाग्राममा एउटा अटो रिक्साको तस्वीर पोस्ट गरे ।

जसमा उक्त अटो रिक्सालाई साना विरुवा सहित प्राकृतिक रुपमा हरियाली निर्माण गरिएको थियो । शोसल मिडिया प्रयोगकर्ताले यसलाई एकदमै रुचाए । पोस्टले सवा लाख लाइक प्राप्त गरिसकेको छ, भने तीन हजार भन्दा बढीले कमेंट पनि गरेका छन् । 

पोस्टमा अक्षयले ‘आज शुटिंगबाट फर्किंदै गर्दा बाटोमा बोट विरुवा सहितको अटो रिक्शा देखिएकोे जसले आफूलाई गर्व लागेको र यो सानो कोशिश र थोरै हरियालीले पनि थकान हटाउन मद्दत गरेको’, भनेर उल्लेख गरेका थिए ।