१०० भन्दा बढी अलगअलग स्थानमा सुटिङ गरेर ‘लाल सिंह चड्ढा’ले नयाँ रेकर्ड बनाउने

१०० भन्दा बढी अलगअलग स्थानमा सुटिङ गरेर ‘लाल सिंह चड्ढा’ले नयाँ रेकर्ड बनाउने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन ४, २०७६

काठमाडौं, एजेन्सी । अमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्ढा’  (फरेस्ट गम्पको रीमेक) ले नयाँ रेकर्ड  कायम गर्ने भएको छ ।

यो फिल्म भारतको १०० भन्दा बढी अलग अलग स्थानमा शुटिंग गरिने अमिरले बताए । फिल्मको कहानी अनुसार अमिरको भूमिकाले जीवन यात्रालाई दर्शाउने गर्छ । जसका लागि अलग अलग स्थानको जरुरत पर्छ । 

फिल्म दिल्ली, गुजरात, मुंबई, महाराष्ट्र कोलकाता, बैंगलुरु, हैदराबादका अलावा यस्ता स्थानमा पनि शुटिंग हुनेछन जहाँ आमिर खान पहिलो पटक पुग्नेछन् । 

डीएनए खबरका अनुसार आमिरलाई स्टूडियो सेट–अपमा त्यति विश्वास लाग्दैन् त्यसैले उनले आफ्नो टिमलाई अलग–अलग लोकेशन खोज्न पठाएका छन् । फिल्मको लागि आमिरले आफ्नो वजन पनि २० किलो घटाउने भएका छन् । 

टम ह्याक्स स्टारर फिल्म ‘फरेस्ट गम्प’ १९९४ मा रिलीज भएको थियो । जसको निर्देशन रोबर्ट जेमेकिसले गरेका थिए । फिल्मको कहानी एउटा सामान्य दिमाग भएको व्यक्तिको हो जो अन्जानमा अमेरिकाको आफ्नो यात्राको माध्यमबाट महत्वपूर्ण सांस्कृतिक तथा राजनीतिक घटनालाई प्रभावित तुल्याउँछ ।