कर्म के हो ? अकर्म के हो ?
आश्विन ४, २०७६

न मां कर्माणि लिम्पन्ति न मे कर्मफले स्पृहा ।
इति मां योऽभिजानाति कर्मभिर्न स वध्यते ।। १४ ।।

अन्वय र अर्थ – कर्माणि = कर्महरू, मां = मलाई, न लिम्पन्ति = लिप्त गर्न सक्दैनन्, (यतः किन कि), कर्मफले = कर्मफलमा, मे = मेरो, स्पृहा = चाहना, न (अस्ति) = छैन, इति = यस प्रकार, मां = मलाई, यः = जसले, जानाति = जान्दछ, सः = त्यो, कर्मभिः = कर्महरूद्वारा, न बध्यते = आबद्ध हुँदैन ।

भावार्थ – कर्म समूहले मलाई लिप्त गर्न सक्दैनन्, किन कि कर्मफलमा  मेरो स्पृहा छैन, जसले मलाई यसरी जान्दछ त्यो कर्महरूद्वारा आबद्ध हुँदैन ।

विशिष्टार्थ – जसले क्रियायोगद्वारा मनलाई विषय विहीन गराएर पञ्चतत्व देखि माथि उठेर आफ्नो  स्वरूपलाई देखेको छ, उसले कर्ममा लिप्त हुनु तथा कर्मफलमा स्पृहाशून्य हुनुको स्वरूप कस्तो हुन्छ भन्ने कुरा राम्ररी संझे बुझेको हुन्छ । त्यस्तो साधक योगानुष्ठानद्वारा स्वयं त्यस प्रकारको आत्मभावलाई जानेर नित्य सत्वस्थ हुन्छ । देह त्यागको समयमा ऊ जुन अवस्थामा रहे पनि उसको ‘अग्निज्र्याेतिरहः शुक्लः’ उत्तरायणकाल उपस्थित हुन्छ, अनि उसलाई  अपुनपरावृत्ति गति प्राप्त हुन्छ, पुनः देह धारण रूप कर्म बन्धनमा फँस्नु पर्दैन ।

 एवं ज्ञात्वा कृतं कर्म पूर्वैरपि मुमुक्षुभिः ।
कुरु कर्मैव तस्मात् त्वं पूर्वैः पूर्वतरं कृतम् ।। १५ ।।

अन्वय र अर्थ – एव = यस प्रकारले, ज्ञात्वा = जानेर, पूर्वैः = पहिले पहिलेका, मुमुक्षुभिः = जनकादि मुमुक्षुहरूले, अपि = पनि, कर्म = कर्म, कृतम् = गरियो, तस्मात् = त्यसकारण, त्वं = तिमीले, पूर्वैः = पहिले पहिलेका मुमुक्षुगणले, कृतं = अनुष्ठित, पूर्वतरं = पहिलो, कर्म = कर्म, एव = नै, कुरु = गर ।

भावार्थ – पहिले पहिलेका मुक्तात्माहरूले मेरो दिव्य प्रकृतिलाई जानेर कर्म गरेर गए, अतएव तिमीले पनि पहिलेका मुमुक्षु गणद्वारा आचरित पहिलो कर्म नै गर्ने गर ।

विशिष्टार्थ – आत्मालाई निर्लिप्त र स्पृहाशून्य भावले जान्नाले अरू कर्म बन्धनमा पर्नु पर्दैन, यो सत्य हो, परन्तु त्यसो भनेर कर्म त्याग गर्न सकिदैन, किन कि कर्म त्यागी सिद्धको पनि पतनको संभावना हुन्छ, तर कर्मीको कुनै प्रकारले पनि पतनको संभावना छैन । त्यसकारण ‘कर्मज्यायो ह्यकर्मणः’ हो । पहिले पहिलेका मुमुक्षुहरू जसले सबै आत्मभावलाई राम्ररी जानेका थिए तथा अरू कर्ममा फस्नु पर्दैन भन्ने कुरा पनि बुझेका थिए, तिनीहरूले पनि कर्म त्याग गरेका थिएनन् । उनीहरूले यथानीति कर्मको आचरण गर्दै गए । अतः भगवान् श्रीकृष्ण भन्नुहुन्छ – हे अर्जुन ! तिमी कर्म गर, पहिलेका मुमुक्षुहरूले जुन प्रथा (रूप) ले कर्म गरेका थिए तिमीले पनि त्यसै प्रकारले प्राणायाम रूप पहिलो कर्म गर्ने गर ।

जसले पकृतिमा नवीन भाव प्रकाश गर्दछ त्यो कवि हो । जुन पुरुषहरू भावावस्थालाई शुरुदेखि प्रारम्भ गरेर प्रतिदिनको अभ्यासले केही अग्रसर हुँदै हुँदै भावातीत हुन पुग्छन् तिनीहरूमा यथाक्रम नयां नयां अलौकिक घटनायुक्त प्रकाश तथा विवेक ज्ञानको उदय हुन्छ, त्यसकारण तिनीहरू पनि कवि हुन् ।

 किं कर्म किमकर्मेति कवयोऽप्यत्र मोहिताः ।
 तत्ते कर्म प्रवक्ष्यामि यज्ज्ञात्वा मोक्षसेऽशुभात् ।। १६ ।।

अन्वय र अर्थ – कर्म = कर्म, किं = के हो ? अकर्म (तुष्णीमासनं) = निष्क्रियता, किंं = के हो ? इति अत्र = यस विषयमा, लवयः = बुद्धिमान्, पुरुषहरू, अपि = पनि, मोहिताः = मोहमाप्राप्त भएका छन्, (अतः)  ते तुभ्यं) = तिमीलाई, अहं = मैले, तत् = त्यही कर्म (कर्माकर्म च) = कर्मको विषयमा, प्रवक्ष्यामि = बताउने छु, यत् = जुन विषयलाइर्, ज्ञात्वा = जानेर, अशुभात् = संसारबाट , मोक्षसे = मुक्ति पाउने छौ ।

भावार्थ – कर्म के हो ? अकर्म के हो ? यस विषयमा बुद्धिमान् पुरुषहरू पनि मोहग्रस्त हुन्छन् । अतएव म तिमीलाई त्यही कर्मको विषय बताउने छु जसलाई  जान्नाले संसारबाट मुक्ति लाभ गर्ने छौ ।

विशिष्टार्थ – जसले पकृतिमा नवीन भाव प्रकाश गर्दछ त्यो कवि हो । जुन पुरुषहरू भावावस्थालाई शुरुदेखि प्रारम्भ गरेर प्रतिदिनको अभ्यासले केही अग्रसर हुँदै हुँदै भावातीत हुन पुग्छन् तिनीहरूमा यथाक्रम नयां नयां अलौकिक घटनायुक्त प्रकाश तथा विवेक ज्ञानको उदय हुन्छ, त्यसकारण तिनीहरू पनि कवि हुन् । फेरि जो क्रियाकाण्डलाई शुरूदेखि आरम्भ गरेर नित्य अभ्यासद्वारा ज्ञानावस्थामा पुग्नका लागि अग्रसर हुन्छन्, तिनीहरूको अन्तरावरण प्रति दिन क्षय भैरहदा क्रमशः तत्वसमूह कारणका साथ नूतमा प्रकारले उनीहरूको दृष्टि गोचरमा आइरहन्छन्, जाग्रत अवस्थामा पुनरावृत्ति हुनाले पनि सोही दृष्ट तत्व समूहको स्मरण रहन्छ, यसबाट पुनः क्रियाकालमा तिनीहरूको पथ सुगम हुन्छ । यस्ता मेधाशक्ति तथा तत्वज्ञान सम्पन्न साधक पनि कवि हुन् । यसरी क्रिया मार्गमा दिन दिनै उन्नतिशील विवेकी मेधावी तत्वज्ञ साधकको पनि जाग्रत अवस्थामा शरीर धर्म प्रतिपालनका लागि शब्द स्पर्शादि विषय भोग गर्नाले चित्तमा संगदोष–स्पर्श हुन्छ । त्यसकारण फेरि अर्को दिन क्रियाको समयमा सुषुम्ना मार्गमा आत्ममन्त्रको स्मरण गर्दै गर्दै माथि उठ्नाले पनि समाहित हुनुभन्दा पहिले विषय–संस्पर्शका लागि वृत्तिनिचय मनमा उदय हुन्छन्, किन्तु मनक्षीण भएर अवश हुँदा विषय स्मृतिको आकर्षणमा परेर चैतन्यबाट विच्युत हुन्छ, त्यसकारण चैतन्यमा समाहित नभएर निषमा समाहित हुनु पर्दछ । समाधिको ठीक पूर्वक्षणमा त्यो जुन क्षीण– स्मृति–सम्पन्न अवश अवस्था आउंछ, त्यसबेला कर्म–वेग चैतन्यमुखमा रहन्छ कि विषयमुखमा रहन्छ त्यसको केही ज्ञान रहदैन । अतः समाधिमा जुन तुष्णीभाव हुन्छ त्यो ठीक अकर्म हो कि हैन अर्थात् त्यो स्थिरभाव चैतन्यमा हो या जडविषयमा त्यो सम्झने शक्ति पनि रहदैन । त्यस समयमा मोहित भएर रहनु पर्दछ, कर्म अकर्मको बोध रहदैन । समाधि भंग भएपछि जब मन राम्ररी जाग्दछ तब यो स्थिरभाव योग निद्रा हो वा समाधि हो वा विषय निद्रा वा निद्रा हो त्यो स्पष्ट हुन्छ । क्रिया गरेर पनि जसलाई विषय निद्रामा अभिभूत हुनु पर्दछ, त्यसको लागि त्यही अशुभ हो, किन कि यही संसार बन्धन हो । जुन कर्म गर्नाले यस अशुभबाट मुक्ति प्राप्त हुन्छ त्यही उपदेश भगवान् श्रीकृष्णले आउने श्लोकहरूमा प्रकाश गर्नु भएको छ ।

 कर्मणो ह्यपि बोद्धव्यं बोद्धव्यञ्च विकर्मणः ।
 अकर्मणश्च बोद्धव्यं गहना कर्मणो गतिः ।। १७ ।।

अन्वय र अर्थ – हि = निश्चय नै, कर्मणः = शास्त्र विहित कर्मको तत्व, अपि = पनि बोद्धव्यं = जान्नु पर्ने हुन्छ, विकर्मणः = शास्त्र निषिद्धकर्मको तत्व, च = पनि, बोद्धव्यं = जान्नु पर्दछ, (तथा = त्यस्तै) अकर्मणः (तुष्णीभावस्य) = कर्म विहीन अवस्थाको भाव, च = पनि, बोद्धव्यं = जान्नु पर्दछ, (यस्मात् = त्यस कारण), कर्मणः = कर्म, अकर्म र विकर्महरूको, गतिः = तत्व, गहना = विषम तथा दुज्र्ञेय छ ।

भावार्थ – कर्मलाई वुभ्mनु पर्दछ, विकर्मलाई पनि वुभ्mनु पर्दछ, त्यस्तै अकर्मलाई पनि बुभ्mनु पर्दछ, किन कि कर्महरूको गति अत्यन्त दुज्र्ञेय छ ।

विशिष्टार्थ – कर्म नै जगत् हो, कर्म नै संसार हो । कर्मको गति अत्यन्त दुज्र्ञेय छ, गहन छ । जुन परमेश्वरी, माहेश्वरी शक्ति वा माया हो त्यही गहन छ । त्यही दुज्र्ञेया दुरत्यया माया नै कर्मको गति अर्थात् आश्रय  वा परिणाम हो, त्यसकारण माया नै कर्मरूपिणी जगद्धात्री हुन् । माया जसरी एउटै पदार्थमा अनन्त भावको विकाश गरेर जीवलाई  ती सबै भावयुक्त नवीन ज्ञानमा मोहित गर्दछे, कर्मले पनि सोही अनुरूप अनुष्ठित हुनाले विविध रूपले विविध फल प्रसव गर्दछ । भगवान् श्रीकृष्णले सोही विशाल कर्मको स्वरूप ज्ञानलाई संझाउनका लागि गतिभेदले  कर्मलाई  तीन  अंशमा  विभाग गर्नु भएको छ – (१) कर्म, (२) विकर्म (३) अकर्म ।

(१)     कर्म – भूतभावोद्भवकरो विसर्गः कर्मसंज्ञितः । भूत अर्थमा जीव र भाव अर्थमा अवस्थालाई लिइएको छ, अतएव भूतभाव अर्थमा चैतन्यको जीवावस्था वा जीवभाव हुन्छ । उत् अर्थमा ऊध्र्व अर्थात् पञ्चतत्व भन्दा माथि आज्ञाचक्रमा, तथा भाव अर्थमा स्थिति अतः ऊध्र्वमा स्थितिको नाम उद्भव भयो । विसर्ग अर्थमा त्याग, निश्वास त्याग वा प्राण त्याग । जुन विसर्ग जीवभावको  उद्भवकारी अर्थात् जुन प्रकारले निश्वास त्याग गर्नाले जीवभावको उद्भव हुन्छ र जीवभावलाई शिवभावमा स्थापना गरिन्छ त्यसैको काम कर्म हो, अर्थात् जुन प्रकारले प्राण चालन गर्नाले जीवात्मा परमात्मामा मिल्दछ त्यसैलाई कर्म भन्दछन् ।

(२)    विकर्म – वि= विपरीत + कर्म । जुन कर्मका लागि जीवलाई यस संसारमा आउनु अर्थात् शरीर धारण गर्नु र विषयमा उत्रनु पर्दछ त्यही विकर्म हो । यस विकर्मले पूर्वकृत कर्मको संस्कार, संचित र प्रारब्ध कर्म रूपले जीवलाई फल भोग गराउंछ ।

(३)    अकर्म – कर्म जब परिसमप्त हुन्छ अर्थात् जब प्राण र अपान मिलेर स्थिर भएर, वृत्ति विस्मरण हुन्छ र तुष्णीभाव आउंछ त्यही अकर्म (जुन कर्म हैन) हो ।

‘म’ – मेरो वा ‘आत्मा–विषय’ यी  दुबैको मिलित अवस्था ब्रम्ह हो, मिलन अवस्था शिव (दृष्टि) हो र परित्याग (अलग) अवस्था जीव (सृष्टि) हो । यी तीनै अवस्थालाई मिश्री र पानीको उदाहरणबाट संझाउन सकिन्छ, जस्तो–मिश्रीलाई पानीमा डुवाउँदा नपग्लेको अवस्था वियोग (अलग) अवस्था हो, मिश्री पग्ल्यो तर घुलमिल भएको छैन त्यो मिलन अवस्था हो र जव मिश्री पानीमा घुलमिल भयो पानी र मिश्रीको त्यो मिलित अवस्था हो । जुन क्रियाले विषयको विकास हुन्छ त्यो विकर्म र जसबाट आत्माको विकास हुन्छ त्यो कर्म हो । अर्थात् विषयमुखी वृत्ति विकर्म र आत्ममुखी वृत्ति कर्म हो । आत्ममुखी वृत्तिमा जब  ‘मेरो’ आएर ‘म’ मा मिल्छ तब आत्मचैतन्यमा जुन वृत्ति विहीन स्थिर भाव आउंछ त्यही नै योग शास्त्रको अकर्म हो ।

    कर्मण्यकर्म यः पश्येदकर्मणि च कर्म यः ।
    स बुद्धिमान् मनुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ।। १८ ।।

क्रमशः

यो पनि

आत्मा मन अनि बुद्धिभन्दा पनि श्रेष्ठ

संसारमा कर्म नै एक मात्र बन्धन हो

‘म’ को जन्म नभएपछि  मरण पनि हुँदैन

मनमा बहुज्ञान रहनेले  बहुविश्वासको बहुत्वमा रहनुपर्छ

कर्मसिद्धिको आकाङ्क्षा राख्ने मानिसहरू देवताहरूको पूजा आराधना गर्दछन्