नियात्रा जस्तै जीवनयात्रामा बगेका प्रतीक ढकाल- १

नियात्रा जस्तै जीवनयात्रामा बगेका प्रतीक ढकाल- १

घनेन्द्र ओझा  |  अन्तर्मन्थन  |  आश्विन ४, २०७६

नेपाली नियात्रा साहित्यमा सुपरिचित स्रष्टा हुनुहुन्छ प्रतीक ढकाल (६०) । मीठो शब्द र सरल शैलीमा समाज, प्रकृति र जीवनलाई एकाकार गराउने खुबी ढकालको लेखनको विशेषता हो । संभवतः नेपाली नियात्रा साहित्यमा सबैभन्दा बढी पढिने र बिक्री हुने पनि उहाँ नै हुनुहुन्छ ।

बाह्य सम्मानभन्दा आत्मसम्मान र बाह्य वाहीवाही र पुरस्कारभन्दा पाठकको मायालाई अपार सम्झिनुहुने ढकाल विभिन्न स्थान घुम्नु र ती स्थान, त्यहाँको वास्तविक जीवन अनि समाजलाई कलात्मक पाराले शब्द–चित्रमा उन्नुमा नै रमाउनुहुन्छ ।

लामो समय सरकारी सेवामा बिताएर निवृत्त हुनुभएका ढकालका जीवनका अनेक पक्ष र साहित्ययात्राबारे लोकसंवादले उधिन्ने प्रयास गरेको छ ।

जन्म र बाल्यकाल

प्रतीक ढकालको जन्म भूटानको दागाबेला जिल्लामा वि. सं. २०१६ जेठ १३ गते भएको हो । पूर्वी नेपालको पाँचथर जिल्लाको अमरपुरबाट उहाँका हजुरबुबा १३ वर्षकै उमेरमा घर छाडेर हिँड्नुभयो । उहाँले सुन्नुभएअनुसार हजुरबाले १३ वर्षकै उमेरमा आफ्ना कुलकुलायनलाई काबेली नदीमा फालेर परदेश लाग्नुभएको रहेछ । भारतको ऊबेला भनिने सुखिम हुँदै हजुरबा भूटान छिर्नुभएछ र त्यहाँको दमाईं डाँडा भन्ने स्थानमा एक वर्ष बस्ने सोच बनाएर बस्न थाल्नुभएछ । तर, उहाँ त्यहाँ बस्नुभएछ ४२ वर्ष । त्यहीँ जन्मनुभएछ प्रतीकका बुबा, प्रतीक र उहाँका दिदीबहिनी ।

२०१९ सालमा हजुरबुबा छोराबुहारी, छोरीहरू र नातिनातिनासहित नेपाल फर्कनुभएछ– १२ जनाको परिवारसहित । ऊबेला बसाइँ सर्न भूटान सरकारको अनुमति लिनुपर्ने नियम रहेछ । त्यही बेला भूटान सरकारले अनिवार्य सैनिक सेवामा जानुपर्ने नियम ल्याएछ । हजुरबुबालाई लागेछ– एक्लो छोरोलाई सैनिकमा पठाउँदिनँ । त्यसमाथि हिन्दु हजुरबालाई सैनिकमा गएपछि गाई गोरुको मासु खानुपर्छ भन्ने लागेछ । अन्ततः हजुरबुबा भूटानबाट भाग्ने निर्णयमा पुग्नुभएछ ।

१२ जनाको परिवार झापाको बुधबारे आयो । प्रतीक त्यसबेला ३ वर्षको हुनुहुन्थ्यो । उहाँलाई सम्झना छ– झापा आउँदा हजुरबासँग २२ सय रूपैयाँ चाँदीका सिक्का र ४ किलो चाँदी थियो । प्रतीक आमाको डोकोमा बसेर आएको सम्झना गर्नुहुन्छ ।

भ्mापामा मावली नाता पर्नेकहाँ हजुरबाले एक दर्जन सदस्यसहितको परिवार बिसाउनुभयो । परिवार ठूलो, भल्ट्याङभुल्टुङ साना केटाकेटी, न त जागिर, न कुनै जीविकाको मेलोमेसो । अर्काकहाँ कति दिन बस्ने ?

त्यही बेला भवानीशंकर सिवाकोटी भन्ने व्यक्तिको साढे ९ विगाह जग्गा खाली रहेछ । ऊबेला तराईमा जग्गा धेरै खाली नै हुन्थे, कमाउने कम ।

हजुरबा र परिवार मिलेर उक्त जग्गा कुतमा कमाउन थाल्नुभएछ । अब परिवार धान्न गाह्रो भएन ।

परिवार विस्तारै आर्थिक रूपले पनि सबल र सम्पन्न हुँदै गयो । पछि हजुरबाले त्यही कुतमा कमाइरहेको जग्गा किन्नुभयो । अब भने उहाँको परिवार दिगो गरी बुधबारेमा बस्न पाउने भयो ।

नागरिकता भने हजुरबाका दाजुभाइ अमरपुरमै रहेकाले र नाता नटुटेकाले त्यतैबाट लिन सजिलो भएछ ।

शिक्षा, राजनीति र जागिर

प्रतीक २०२३ सालमा ७ वर्षको उमेरमा स्कुल जान थाल्नुभयो । स्थानीय जयपुरमा ‘निःशुल्क तथा अनिवार्य प्राथमिक पाठशाला’ थिए । गाउँपंचायतका ९ वटै वडामा यस्ता पाठशाला थिए । उहाँले पढ्ने पाठशाला नम्बर २ थियो । त्यहाँ विद्यार्थीका चार–पाँच थुप्रा हुने गरेको उहाँको स्मरण छ । उहाँहरूलाई भक्तिप्रसाद उप्रेतीले पढाउनुहुन्थ्यो । ढकाल सम्झनुहुन्छ– ‘एक जना शिक्षक, धेरै विद्यार्थी हुन्थ्यौँ, सबै तहका विद्यार्थीलाई एकै जना शिक्षकले पढाउनुहुन्थ्यो ।’

स्याउले कटेरो स्कुल पानी पर्दा पनि र चर्को घाम लाग्दा पनि बन्द गर्नुपथ्र्यो । बस्ने डेस्क बेन्च कता हुनु ! आफैँ घरबाट मकैको खोस्टाको पिर्का लिएर पढ्न जानुपर्ने ।

प्रतीक ५ कक्षामा पुगेपछि उहाँ पढेको स्कुल स्तरोन्नति भयो । अन्य शिक्षकहरू पनिआए । विद्यार्थीको संख्या पनि बढ्यो ।

६ कक्षा पढ्न उहाँ बुद्ध आदर्श हाईस्कुलमा भर्ना हुनुभयो र त्यही स्कुलबाट २०३३ सालमा एसएलसी दिनुभयो ।

एसएलसीपछि धरान हात्तीसार क्याम्पसमा साइन्स पढ्न भर्ना भए पनि हर्नियाँको बिमारले चापेका कारण उहाँले नियमित क्याम्पस पढ्न पाउनुभएन । हर्नियाँको उपचार गर्दा केही समय लाग्ने भयो । त्यसपछि घर फर्किनुभयो ।

यहीबीच प्रतीकलाई लागेछ– जन्मस्थानतिर घुम्न जाऊँ । उहाँ भूटान, जहाँ आफू जन्मिएको हो, घुम्न जानुभएछ । २०३४ सालमै शिक्षक सेवा आयोग पनि खुलेछ प्रावि तहको । नाम निस्किएर एक वर्ष पढाउनुभएछ ।

देशमा निर्दलीय पंचायतविरोधी आन्दोलन चर्किरहेको थियो । कहिलेकाहीँ विद्यार्थीहरूसँग राजनीतिक कुराकानी हुनेरहेछ स्कुलमा । त्यही निहुँ बनाएर उहाँलाई तत्कालीन पंचायतका पक्षधरहरूले ‘प्रतीकले विद्यार्थीलाई राजनीति सिकाउँदै छ’ भन्ने आरोप लगाएछन् । जिल्ला शिक्षा अधिकारीले बोलाएर ‘विद्यालयमा राजनीति किन गरेको ?’ भनेर हप्काएछन् । स्वाभिमानी र निडर स्वभावका प्रतीकलाई लागेछ– यसरी कसैका हप्कीदप्की सहेर जागिर किन खानु ?

उहाँले तत्कालै ‘विषय– राजीनामा’ लेखेर तल सही गरेर अरू व्यहोरा जिशिअले नै भर्ने गरी राजीनामा बुझाएर हिँड्नुभएछ ।

यो घटना उहाँ १८ वर्षको हुँदाको हो ।

२०३५ सालमा उहाँ कलेज पढ्न इलाम जानुभयो । महेन्द्र बहुमुखी क्याम्पसमा शिक्षातर्फ कृषि विषय पढ्न थाल्नुभयो ।

राजनीतिको राप बढिरहेको समय थियो । उहाँ तत्कालीन विद्रोही नेकपा मालेका नेताहरूको सम्पर्कमा पुग्नुभयो । त्यसताकाका चर्चित नेता प्रदीप नेपाल (साहित्यमा संजय थापा)सँग ढकालको भेट भयो ।

एउटा विद्रोहको ऊर्जा विस्फोट गर्ने ठाउँ खोजिरहेको युवाका लागि प्रदीप नेपाल जस्ता उत्प्रेरक भेटेपछि के होला ? अनुमान सही हो– अब विद्रोहको राँको बोक्छ उक्त युवकले ।

नभन्दै २०३५–०३७ का बीच प्रतीक अनेरास्ववियुको इलाम जिल्ला सचिव हुनुभयो । पार्टीका र संगठनका काम कारवाहीमा उहाँको प्रत्यक्ष संलग्नता हुने नै भयो । राजनीतिक गतिविधिमा लागेर पनि, एउटा महत्त्वपूर्ण सत्तासँग विद्रोह गरिरहेको विद्यार्थी संगठनको नेता भएर पनि उहाँलाई आफू के हो ? आफ्नो जिम्मेवारी कुन स्तरको हो ? भनेर भने धेरै पछिसम्म पनि थाहा भएन रे ! यो सुन्दा मलाई भने पत्यार लागेन तर उहाँको यसबारेको अभिव्यक्ति भने नपत्याउनेगरीको थिएन ।

अझ उहाँलाई आफ्नो राजनीतिक संलग्नता त्यति महत्त्वपूर्ण र डरलाग्दो अनि भूमिगत नै हुनुपर्ने खालको भन्नेचाहिँ लागेको थिएन रे ! उहाँ भन्नुहुन्छ– ‘यसको आसय अहिले सम्झँदा म त्यसबेला पटक्कै परिपक्व रहेनछु तर पार्टीको महत्त्वपूर्ण जिम्मेवारी निभाइरहेको रहेछु ।’

उहाँलाई नेताहरूले पार्टीका प्रतिबन्धित सामग्रीहरू झोलामा बोकाएर कहिले पाँचथर त कहिले ताप्लेजुङ पठाउँदारहेछन् । पछि ‘वारेन्टेड’ भएपछि पो उहाँलाई अलिअलि महसुस भएछ । वारेन्ट जारी भएपछि उहाँ २ महिनाजति दार्जिलिङमा लुक्नुभयो ।

त्यहीबेला बरबोटेमा एक जना शिक्षिकाले विद्यार्थीलाई दुव्र्यवहार गरेको भनेर खबर आएछ । विद्यार्थी नेताका रूपमा उहाँ त्यहाँ पुग्नुभएछ । भनाभनमा आवेशमा ती शिक्षिकालाई तलामाथिबाट झार्नुभएछ । ‘उनलाई कतिबेला टिपेर फालिएछ, हेक्कै भएन’, ढकाल भन्नुहुन्छ ।

त्यसपछि उहाँलाई जिल्ला शिक्षा कार्यालयका एक कर्मचारीलाई प्रहरी लगाएर गिरफ्तार गरेर ‘ठेगान लगाउने’ योजना बनेको र भागिहाल्न सुझाएछन् ।

उहाँ सरासर घर बुधबारे आउनुभयो । घर साँच्चै प्रहरीले घेरेको रहेछ । मकै रोपेको सिजन, मकैबारीमा लुकेर मकैको बोट धेरैबेरसम्म हल्लाउनुभएछ ढकालले । बरण्डामा बसिरहेका हजुरबाले देख्नुभएछ । हावा नचली किन मकैको बोट बारम्बार हल्लिँदै छ भनेर ढकालका भाइलाई हेर्न पठाउनुभएछ हजुरबाले । भाइले त्यहाँबाट भागिहाल्न सल्लाह दिएपछि पार्टीको सम्पर्कमा हुँदै उहाँ दार्जिलिङ पुग्नुभएछ ।

यता, कलेजको पढाइ फेरि अवरोध । ‘जम्मा २२ दिन हाजिर भएछु कलेजमा’, ढकाल भन्नुहुन्छ ।

उहाँले त्यसबेला जानी नजानी जति पनि पार्टी र संगठनका कामहरू गर्नुभयो, त्यो सम्झँदा अहिले उहाँलाई लाग्छ– पार्टीले मलाई पक्का कार्यकर्ता बनाउन परीक्षण गरेको रहेछ ।

उहाँले २१ वर्षको उमेरमा २०३७ सालमा माले पार्टीको सदस्यता लिनुभयो– आफ्नै घरको सिलिङमा बसेर । भूमिगत पार्टी, राजा र पंचायत सत्ता फाल्न लागिपरेको, खुला रूपमा सदस्यता लिने, दिने त सवाल नै थिएन । अनि पार्टी सदस्यता दिने व्यक्ति हुनुहुँदोरहेछ– प्रदीप नेपाल । ‘उहाँ (नेपाल)ले आफ्नो संस्मरणात्मक पुस्तक ‘मुक्त आकाशको खोजी’मा एउटा अनुच्छेदमा मेरो पार्टी संगठनमा भूमिका र योगदानबारे चर्चा गर्नुभएको छ’, ढकाल भन्नुहुन्छ ।

२०३६ सालमा मनमोहन अधिकारी इलाम जानुभएछ । स्ववियु निर्वाचनको बेला परेछ । विद्यार्थी नेता भएकाले विद्यार्थीका तर्फबाट सभामा ढकालले बोल्नुभएछ । ‘लगातार २ घण्टा बेलेछु’, ढकाल स्मरण गर्नुहुन्छ, ‘मनमोहनले पनि २ घण्टा नै बोल्नुभयो र धेरैचोटि मैले बोलेका विषय र मेराबारे बोल्नुभयो ।’

त्यसपछि ढकाललाई लाग्यो रे– ममा बोल्ने कला राम्रै रहेछ ।

कार्यक्रम सकिएपछि मनमोहनले ‘निकै राम्रो छ बोल्ने कला, राजनीति नछाड्नू’ भन्नुभएछ ।

नभन्दै जिल्ला शिक्षा कार्यालयबाट पत्र आयो अवकासको । तर, प्रधानाध्यापकले उक्त पत्र नबुझ्न सुझाव दिए, कारण– भोलिका दिनमा सरकारी सेवाबाट वञ्चित हुनु नपरोस् । २०३७ सालमै नायव सुब्बाको परीक्षा दिनुभएका ढकालको अन्तर्वार्तामा नाम निस्किएको थिएन । त्यसको कारण उहाँलाई थाहा थियो– इलाम क्याम्पस पढ्दाको घटना र प्रहरी रिपोर्टमा खोट ।

स्ववियु निर्वाचनको लहर त थियो नै । स्ववियु र अखिलका धेरैजसो विद्यार्थी नेता पक्राउ परे । ढकालले त्यसका विरुद्ध विद्यार्थी आन्दोलन चर्काउनुभयो । तत्कालीन डीएसपीलाई भेटेर ‘किन विद्यार्थीलाई थुन्नुभएको ?’ भनेर सोध्दा डीएसपीले दुव्यवहार गरेछन् । कलेजबाट ‘विद्यार्थी आवाज’ नाम गरेको पत्रिका प्रकाशन हुन्थ्यो । उक्त पत्रिकामा ढकालले सम्पादकीय लेख्नुभएछ– ‘हजामको शासन अब खप्दैनन्’ भनेर ।

रहेछ के भने, त्यसबेलाका डीएसपी रहेछन् तराईका ठाकुर थरका ।

हंगामा मच्चिने त भई नै हाल्यो । प्रतीक पनि पक्राउ पर्नुभयो ।

पक्राउ परेका अन्य विद्यार्थी त छुटेका छैनन् नै, आफूसमेत पक्राउ परेर छुट्टै स्थानमा राखेको अवस्था छ । अब आफू थुनिएको जानकारी कसरी दिने ? उपाय पनि छैन ढकालसँग ।

पक्राउ गरेपछि ढकाललाई यति यातना दिइएछ कि उक्त यातना सम्झँदा पनि उहाँको आङ सिरिङ्ग भएको प्रष्ट देखियो ।

‘उल्टो पारेर झुण्ड्याएर फलामाको सानो सिर्कनाले पैतालामा हानियो’, ढकालले आँखा चिम्म गर्दै भन्नुभयो, ‘हरेक प्रहार तीन पटकभन्दा बढी थाहा पाइनँ ।’ हुँदोरहेछ के भने, पैतालाको कनेक्सन सोझै आँखामा र मस्तिष्कमा हुनेरहेछ । पैतालामा हानेपछि आँखा कमजोर हुने र होस हराउनेरहेछ । ‘त्यसकै असर हो मैले २१ वर्षकै उमेरमा प्लस चस्मा लगाउनुपर्‍यो’, ढकाल भन्नुहुन्छ ।

त्यसो त उहाँको दाहिने खुट्टाको बूढीऔँलामा रोपिएको पिनको चिह्न अझै सुरक्षित छ ।

धन्न ! नेविसंघका बखतबहादुर कठेतले उहाँलाई थुनामा देख्नुभएछ र साथीभाइसँग कुरा भएछ । १५ दिनपछि विद्यार्थी र अन्यका दबाबका कारण ढकाल छुट्नुभएछ ।

यति रिस उठेछ प्रहरीको यातनाबाट ढकाललाई, उहाँले डीएसपीलाई भन्नुभएछ– ‘तिम्रो दुर्दान्त अन्त्य होस् ।’

नभन्दै २०५० सालतिर (आफूलाई यातना दिएको झण्डै डेढ दशकपछि) ती डीएसपीको सपरिवार कैलालीमा मोटर दुर्घटनामा परेर बितेछ । ‘अहिले पछुतो लाग्छ, किन मैले त्यसरी श्राप दिएछु, आखिर उनको परिवारका अन्य सदस्यले त मेरो केही बिगार गरेका थिएनन् !’, स्रष्टा मन उक्त घटनाबाट एकछिन विचलित बन्यो ।
पढाइको ऋणले जागिर खान बाध्य पार्‍यो
प्रतीक ९ वर्षको हुनुहुन्थ्यो । ममतामयी आमाको माया छुट्यो । आमा बितेपछि बुबाले अर्को विवाह गर्नुभयो । बुबाको माया पनि छुट्दै गयो ।

इलाममा बसेर कृषि विज्ञान पढाइ सकेर आउँदा २१ सय रूपैयाँ ऋण लागेछ । बुबासँग उक्त ऋण तिर्न पैसा माग्दा दिनुभएनछ । अब आफ्नो भागको अंश माग्नु एक मात्र विकल्प थियो प्रतीकका लागि ।

हजुरबाले तीन नातिका भागमा एक–एक विगाह जमिन भाग लगाइदिनुभएछ । त्यहीबेला शनिश्चरे स्कुलका प्रधानाध्यापक मोहन जोशीले स्कुलमा पढाउन सुझाउनुभएछ । सेताीपानी भन्ने ठाउँको एउटा स्कुलमा ७ कक्षासम्म रहेछ । जोशीले त्यही स्कुलका लागि नियक्ति दिनुभएछ । ‘त्यस स्कुलमा नेपाली, अंग्रेजी, विज्ञान र संस्कृत पढाएँ’, ढकाल भन्नुहुन्छ, ‘मेरो विज्ञान विषय पनि भएकाले अरूको भन्दा ५० रूपैयाँ बढी थियो तलब ।’

प्रतीकले पढेको ऋण पनि तिर्दै जानुभएछ ।

२०३९ सालमा उहाँ जयपुर स्कुलमा आउनुभयो । २०४० सालमा शिक्षकहरूको ठूलो आन्दोलन भयो– दुई सूत्रीय मागसहित । माग थिए– शिक्षकको पनि संचयकोष कट्टा गरियोस् र पेन्सनको व्यवस्था होस् ।

भ्mापामा उक्त आन्दोलन चर्काउनका लागि बनेका तीन समितिमध्ये एकको सचिव ढकाल बन्नुभयो ।

प्रष्ट थियो– तत्कालीन निर्दलीय पंचायतले उहाँलाई अत (अराष्ट्रिय तत्त्व) भन्ने छ र जेलनेल हुनसक्छ ।

नभन्दै जिल्ला शिक्षा कार्यालयबाट पत्र आयो अवकासको । तर, प्रधानाध्यापकले उक्त पत्र नबुझ्न सुझाव दिए, कारण– भोलिका दिनमा सरकारी सेवाबाट वञ्चित हुनु नपरोस् ।

२०३७ सालमै नायव सुब्बाको परीक्षा दिनुभएका ढकालको अन्तर्वार्तामा नाम निस्किएको थिएन । त्यसको कारण उहाँलाई थाहा थियो– इलाम क्याम्पस पढ्दाको घटना र प्रहरी रिपोर्टमा खोट ।

‘मेरो नैतिकताको वेसलाइन छ, त्यसभन्दा तल झरेर म भन्दिनँ । यस्तै कुराले गर्दा देश उँभो नलागेको हो । यस रोगको अवस्था के छ ? यो फैलिने क्षेत्र कति छ ? यसका लागि औषधि कुनकुन छन् ? किसानको क्रयशक्ति कस्तो छ ? स्थानीय बजारमा विकल्पमा केके उपाय छन् ? ती अध्ययन गरेर मात्र सिफारिस गर्छु, हचुवाका तालमा गर्दिनँ ।’

झट्ट त्यो घटना सम्झिएपछि उहाँलाई प्रधानाध्यापकको सुझाव जँच्यो ।

प्रधानाध्यापकको सल्लाह थियो– अवकासको चिठी बुझ्नुभन्दा उक्त चिठी लेखिएको मितिभन्दा एक दिन अगाडिको राजीनामा लेख्ने । ढकालले त्यसै गर्नुभयो ।

अनि घर बस्न मन लागेन

दोस्रोचोटि जागिरबाट हात धुनुपरेपछि ढकाल विचलित नबन्ने कुरै थिएन । उहाँलाई अब बेरोजगार भएर घरमा बस्न मन लागेन । गाउँघर, छिमेक सबैले ‘अ.त.’ (अराष्ट्रिय तत्त्व भन्छन् । नाकमुख देखाउन गाह्रो । कोही धेरै नजिक बन्दैनन्, खुल्दैनन् । अझ ‘बाहुनको छोरो भएर कम्युनिस्ट भएको, ६० वर्षमा गोली ठोक्छ कम्युनिस्टले’ भन्छन् ।

अहिलेका प्रसिद्ध साहित्यकार कृष्ण धरावासी पनि शनिश्चरे स्कुलमै पढाउनुहुन्थ्यो । उहाँसँगै धरावासीको घरमा जानुभएछ ढकाल र भन्नुभएछ– ‘मैले स्कुलबाट अवकास पाएँ, मलाई यहाँ बस्न मन छैन, यो झोला राख्ने ठाउँ चाहियो ।’

धरावासीका चिनजानका मित्र शंकर सुवेदी पोखरामा हुनुहुँदोरहेछ– ओभरसियर । धरावासीले एउटा चिठी लेख्नुभएछ शंकरलाई– ‘प्रिय शंकरजी, आज फेरि एउटा अर्को बुद्ध महाभिनिष्क्रमणमा निस्किएको छ । यो पत्रवाहक प्रतीक स्वयंमा एउटा बुद्ध हो, यसलाई बास दिएर सहयोग गर्नुहोला’ भनेर ।
सोही पत्र र अन्तिम महिनाको तलब ४०० रूपैयाँ बोकेर ढकाल हान्निनुभयो पोखरातिर ।

शंकर, ओभरसियर, शंकरको कोठामा पुग्नेवित्तिकै ढकाललाई लाग्यो– यो कोठामा म सुहाउन्न । ‘निकै हाईफाईयुक्त सुविधासम्पन्न र चिटिक्क शंकरजीको कोठा देखेर म पुलकित बनेँ’, ढकाल स्मरण गर्नुहुन्छ । शंकरले दिनदिनैजसो मासुभात खुवाएर राख्नुभयो ढकाललाई । तर, अर्काकोमा काम नगरी कतिन्जेल बस्ने ?

खड्गबहादुर जीसी गण्डकी अंचलका अंचलाधीश हुनुहुँदोरहेछ ऊबेला । ढकाल जीसीलाई भेट्न जानुभएछ र भन्नुभएछ– ‘म पर्यटक होइन, फेवाताल र माछापुच्छ«े हेरेर पेट भरिँदैन मेरो । हातमुख जोड्ने व्यवस्था गरिपाऊँ ।’

अ.त.को आरोपमा जागिरबाट निकालिएका ढकाललाई अहिले लाग्छ– ‘त्यसरी हिँडेको मान्छे अंचलाधीश जस्तो शक्तिशाली व्यक्तिकहाँ गएर भेट गर्नु नै चुनौती थियो । वास्तवमा म ऊबेला साह्रै अपरिपक्व रहेछु ।’

ढकालका कुराले अंचलाधीश प्रभावित भएछन् र भनेछन्– ‘मैले कुनै अफिसमा खाली छ भनेर सोध्न मिल्दैन, सोधेमा खाली भए पनि उनीहरू समस्यामा पर्छन, किन खाली राखेको भनेर गाली खाने डरले, यस कारण आफैँ बुझिहेर्नुस्, कतै खाली भए म भनिदिउँला ।’

समस्या– ढकाललाई सरकारी अफिस केके छन् भनेर पनि थाहा रहेनछ !

खेज्दै जाँदा खानेपानीको अफिसमा ‘सु.ई.’ लेखेको बोर्ड देख्नुभएछ । भित्र छिर्दा मुक्तिराम जोशी हुनुहुँदोरहेछ । जोशीलाई ढकालले भन्नुभएछ– ‘म गण्डकी अंचलाधीशले पठाएर आएको, यहाँ ठाउँ खाली छ रे, तपाईंको उहाँले धेरै प्रशंसा गरेर जोशीजी असल मान्छे हो, उहाँले गरिदिनुहुन्छ भन्नुभएको छ ।’

वस्तवमा ढकालले अंचलाधीशले भन्दै नभनेको कुरा जोशीसँग भन्नुभयो । कारण– ‘मलाई जसरी पनि जागिर खानु थियो’, ढकाल भन्नुहुन्छ ।

जेशीले आइतवार आवश्यक कागज लिएर आउन भन्नुभयो र आइतवारदेखि नभएर भेट भएको दिन शुक्रवारदेखि नै खरदारमा नियुक्ति दिनुभयो । त्यहीबीचमा पश्चिमाञ्चल क्षेत्रीय कृति निर्देशनालयमा जेटीए खुल्यो । उहाँ छानिनुभयो र कृषि शाखा कास्की पठाइयो ।

एक दिन प्रतीकलाई अनौठो चिठी आयो । त्यहीँका एक जना सीडीओ रहेछन्, उनका घरमा पुराण लगाइएको रहेछ । उक्त पुराणमा प्रवचन दिन निम्ता गरिएको रहेछ । चिठीमा लेखिएको रहेछ– ‘पण्डित प्रतीक ढकाल, पुराणमा धार्मिक प्रवचन राखिएकाले उपस्थित भएर प्रवचन दिन अनुरोध छ ।’

कास्कीका विभिन्न ठाउँमा अलैँचीको संभावनाबारे सर्भे गर्न जिम्मा दिइयो ढकाललाई । तोकिएको ठाउँमा काममा जान लागेको बेला उता एक सिट जेटी (नासु सरह) खुल्यो । तर, उक्त पदका लागि योग्यता भने आईएस्सी एजी पास मागियो । आफू कृषिविज्ञान, त्यो पनि शिक्षा संकायअन्तर्गत पढेको । उक्त पदका लागि योग्य हुने कुरा भएन ।

तर, ढकालले लोकसेवाबाट कृषिविज्ञान पनि आईएस्सी एजी सरह हो भनने सिफारिस माग्नुभयो । लोकसेवाले सानोठिमी क्याम्पसको कृषिविज्ञान उत्तीर्णलाई मात्र मान्यो । त्यसपछि ढकाल सानोठिमी आएर इलाम क्याम्पसको पनि समान हो भन्ने सिफारिस लिएर जानुभयो ।

ऊबेला प्राविधिक विषयमा लिखित नभएर अन्तर्वार्ता मात्र हुन्थ्यो । अन्तर्वार्तामा धेरै वर्षअघि पढेको बालीमा लाग्ने रोग, कीरा, औषधिबारे नसोधून् भन्ने थियो ढकाललाई तर सोधियो– ‘लिथ ब्लाइट रोग लागेर धान खेती नष्ट हुँदै गएमा किसानलाई कुन औषधि हाल्न सिफारिस गर्नुहुन्छ ?’

ढकालको चतुर्‍याइँ त्यहाँ फेरि अर्को पल्ट प्रकट भयो (पहिला अंचलाधीश, खानेपानीका हाकिमसँग त उहाँको चतुर्‍याइँ प्रकट भएकै थियो) । उहाँले भन्नुभएछ– ‘मेरो नैतिकताको वेसलाइन छ, त्यसभन्दा तल झरेर म भन्दिनँ । यस्तै कुराले गर्दा देश उँभो नलागेको हो । यस रोगको अवस्था के छ ? यो फैलिने क्षेत्र कति छ ? यसका लागि औषधि कुनकुन छन् ? किसानको क्रयशक्ति कस्तो छ ? स्थानीय बजारमा विकल्पमा केके उपाय छन् ? ती अध्ययन गरेर मात्र सिफारिस गर्छु, हचुवाका तालमा गर्दिनँ ।’

अन्तर्वार्तामा बस्नेहरू निकै प्रभावित भएछन् र भनेछन्– ‘सही हो ।’

त्यसको एक सातापछि नियुक्ति लिएर ढकाल पाल्पातिर लाग्नुभयो ।

पुराणमा प्रवचन, स्कुलमा शिक्षण र विवाह

पाल्पाका २ ठाउँ अर्घले र मदनपोखरामा राम्रो कृषि क्षेत्र भएकाले गतिलो जेटी पठाइनेरहेछ । ढकाललाई अर्घले पठाइयो ।

त्यहाँ एउटा विद्यालय भर्खर मावि भएको रहेछ । २ व्याच एसएलसीमा ३० प्रतिशत कटाउन नसकेर तेस्रोमा पनि नकट्ने र सरकारी अनुदान खोसिने चिन्तामा रहेछ । चिया पसलमा केही मानिसले कुरा गरेको सुन्नुभएछ ढकालले । र, उक्त स्कुलमा गएर आफूले स्वयंसेवी रूपमा पढाइदिने बताउनुभएछ तर स्कुलले पत्याएनछ ।

ढकालले ८, ९ र १० कक्षालाई गाह्रा विषय पढाइदिने भने पनि स्कुलले ८ कक्षा पढाउन दिएछ । विस्तारै ९ र १० लाई पनि पढाउन थाल्नुभएछ– स्वयंसेवी रूपमा ।

उक्त गाउँ वरिपरि मात्र होइन, अर्को छिमेकी जिल्ला गुल्मीमा सम्म ढकालको ख्याति फैलिएछ । वरिपरिका अन्य स्कुलले पनि अतिरिक्त क्रियाकलापसमेत हेरिदिन भनेछन् ।

गाउँघरमा एकादशीमा धार्मिक प्रवचन पनि दिनुहुँदोरहेछ ढकाल । ‘बालखमै धेरै धार्मिक पुस्तकहरू पढेको थिएँ, थाहा पाएको र जानेको काम गर्थें’, ढकाल भन्नुहुन्छ ।

एक दिन बाटोमा ढकालले देख्नुभएछ– एउटी युवती हातमा डण्डा लिएर सानो बच्चालाई ‘हात थाप्’ भनेर हप्काउँदै थिइन् । ढकाललाई लाग्यो– कस्ती निर्मम रहिछ ! तर, केहीबेरमै डण्डा तल झारेर ‘अबदेखि यसो नगर्नू है’ भनेर सम्झाइन् उनले । त्यसपछि भने दयालु रहिछन् भन्ने लाग्यो रे ढकाललाई ।

एक दिन प्रतीकलाई अनौठो चिठी आयो । त्यहीँका एक जना सीडीओ रहेछन्, उनका घरमा पुराण लगाइएको रहेछ । उक्त पुराणमा प्रवचन दिन निम्ता गरिएको रहेछ । चिठीमा लेखिएको रहेछ– ‘पण्डित प्रतीक ढकाल, पुराणमा धार्मिक प्रवचन राखिएकाले उपस्थित भएर प्रवचन दिन अनुरोध छ ।’

ढकाल त्यो घटना सम्झिएर पुलकित हुनुभयो । ‘ममा वाककला पहिल्यैदेखि रहेछ भन्ने फेरि पुष्टि भयो’, ढकाल भन्नुहुन्छ, ‘धार्मिक प्रवचन पनि दिएँ ।’ उहाँ सम्झनुहुन्छ– ‘दुई घण्टा लगातार प्रवचन दिँदा कोही पनि उठेनन् ।’

रमाइलो के भएछ भने, त्यही पुराणमा आफूले नाचगान सिकाएका दुई जना युवती र उनीहरूकी आमा पनि रहेछन् । अब अर्घलेका जेटी अर्थात् प्रतीक ढकालको चर्चा यत्रतत्र सर्वत्र हुनथालेछ ।

२०४० सालमा राष्ट्रिय वाणिज्य बैंकमा सुब्बा खुलेछ । ढकालले परीक्षा दिनुभएको रहेछ । काठमाडौं आएको बेला गीतकार बुद्धवीर लामाले बधाई दिनुभएछ । गोरखापत्रमा नाम पढेको भनेपछि बुद्धवीरको कोठामा गएर हेर्दा हो रहेछ । संयोग, अन्तर्वार्ताको समय दुई दिनपछि मात्र रहेछ । अन्तर्वार्तामा नाम निस्कियो ढकालको । अब पाल्पा छाड्नुपर्ने भयो ।

उता, पाल्पामा भने ढकालको व्यापक चर्चा र प्रशंसा भइरहेको रहेछ । ऊबेलाका चर्चित नेता र समाजसेवीसमेत ढकालले त्यहाँ छाड्ने भनेपछि चिन्तित भएछन् ।

कुरा कहाँसम्म पुगेछ भने, गाउँलेले त्यसबेलाका इमान्दार र भद्र नेता रामहरि शर्मालाई आफ्नी छोरी ढकालसँग विवाह गराइदिन सुझाएछन् ।

त्यहीबेला द रेयुकाईले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको रहेछ । ढकाल धवलागिरि र लुम्बिनी क्षेत्रबाट सहभागी हुनुभएछ । ४१ व्टा देशबाट छानिएकालाई जापान लैजाने भएछ । ढकाल नेपाल फर्स्ट हुनुभएछ । जापान जाने पक्का । अब ढकाल पाल्पाको त्यो गाउँ छाडेर काठमाडौं जाने अनि जापान पनि जाने निश्चित भयो ।

त्यस गाउँका उपप्रधानपंचले रामहरि शर्माकी छोरीसँग विवाह गर्ने सुझाव दिएछन् ढकाललाई । अपिसमा बिरुवा किन्न आउँदा र केही पटक बजारतिर देखाभेट भएको रहेछ– लक्ष्मीसँग ढकालको ।

एक दिन बाटोमा ढकालले देख्नुभएछ– एउटी युवती हातमा डण्डा लिएर सानो बच्चालाई ‘हात थाप्’ भनेर हप्काउँदै थिइन् । ढकाललाई लाग्यो– कस्ती निर्मम रहिछ ! तर, केहीबेरमै डण्डा तल झारेर ‘अबदेखि यसो नगर्नू है’ भनेर सम्झाइन् उनले । त्यसपछि भने दयालु रहिछन् भन्ने लाग्यो रे ढकाललाई ।

ढकालको अ.त. अर्थात् अराष्ट्रिय तत्त्वको पाइल झापा जिल्ला प्रहरी कार्यालयमा सुरक्षित थियो । उक्त पाइल जसरी नि हटाउनु थियो उहाँलाई । त्यहाँ उपस्थित असईलाई भन्नुभएछ– ‘पहिला मलाई गलत रिपोर्ट गरेर पठाउने असईको अब खैरियत छैन ।’ उहाँले फेरि ‘गफ’ दिनुभएछ– ‘मैले राजालाई पनि भेटेँ, राजाले केही अप्ठ्यारो भए मलाई भन्नू भन्नुभएको छ ।’

हो, उनै थिइन्– रामहरि शर्माकी छोरी लक्ष्मी, जोसँग ढकालको विवाहको कुरो चल्दै थियो ।

उसो त पुराणमा लक्ष्मीकी आमा र दुई बहिनीले ढकालको प्रवचन सुनेर प्रभावित भइसकेका थिए ।

स्थानीय गाउँले नै आफन्त र जन्ती भएर ढकालले विवाह गर्नुभयो र विवाहको भोलिपल्ट नै दुलही फर्काएर ढकाल जापानका लागि हिँड्नुभयो ।

उहाँले उक्त प्रतियोगितामा ‘अत्यन्त प्रभावशाली भाषण’बाट सुवर्ण पदक प्राप्त गर्नुभयो ।

अनि खुले दिन, अ.त.को कागज यसरी हटाइयो प्रहरी कार्यालयबाट

रेयुकाईले आयोजना गरेको वक्तृत्वकलामा सुवर्ण पदक पाएपछि गोरखापत्रले अगाडिकै पेजमा ढकालको फोटोसहित समाचार छाप्यो– ‘नेपाली वक्तालाई सुवर्ण पदक’ शीर्षकमा । अब ढकाल राष्ट्रव्यापी बन्नुभयो ।

त्यसबेलाका बुधबारे अर्थात् ढकालको गाउँका प्रधानपंच राजेन्द्र ओलीले यो खबर थाहा पाउनुभएछ । २०४३ सालमा जयपुर स्कुलमा भव्य कार्यक्रम आयोजना गरेर ढकालको सिन्दूरजात्रा गरिएछ ।

त्यही कार्यक्रममा केशवकुमार बुढाथोकी पनि उपस्थित हुनुहुँदोरहेछ । उहाँलाई ढकालको शिक्षक जागिर दुई पटक खोसिएको थाहा थियो । बुढाथोकीले भाषणमै भन्नुभएछ– ‘जसको रोटी खोस्यौ, उसैले मुलुकको नाम राख्यो ।’

त्यहाँ प्रहरी पनि उपस्थित थिए । पंचायतका प्रहरी, ‘छाया देखे पनि जनता डराउँछन्’ भन्ने भनाइ खुब थियो त्यसताका ।

ढकालले त्यहीँ तत्कालै अर्को बठ्याइँ गर्नुभएछ । (बठ्याइँ त उहाँले पटक पटक गर्नुभएको छ विगतमा पनि– कति जानेर र कति स्वाभाविक रूपमा ।)

भएछ यस्तो, ढकालको अ.त. अर्थात् अराष्ट्रिय तत्त्वको पाइल झापा जिल्ला प्रहरी कार्यालयमा सुरक्षित थियो । उक्त पाइल जसरी नि हटाउनु थियो उहाँलाई । त्यहाँ उपस्थित असईलाई भन्नुभएछ– ‘पहिला मलाई गलत रिपोर्ट गरेर पठाउने असईको अब खैरियत छैन ।’ उहाँले फेरि ‘गफ’ दिनुभएछ– ‘मैले राजालाई पनि भेटेँ, राजाले केही अप्ठ्यारो भए मलाई भन्नू भन्नुभएको छ ।’

अब पंचायतमा राजालाई भेटेको, अन्तर्राष्ट्रिय पदक पाएर गोरखापत्रमा फोटोसहित छापिएको व्यक्तिले भनेको कुरा नपत्याएर सुख !

एक जना चिनजानका हवल्दार रहेछन्, जसलाई ढकाल ‘काका’ भन्नुहुँदोरहेछ । उनले भनेछन्– ‘तपाईं जस्तो यति ठूलो भइसकेको मान्छेले जाबो असईको पछि लाग्ने हो ?’

ढकालले भन्नुभएछ– ‘त्यो त हो कि काका, तर जिल्ला प्रहरी कार्यालयमा मलाई अ.त. करार गरेको फाइल त अझै छ नि !’

पछि उनै हवल्दार काकाले ‘मेरो भतिज हो’ भन्दै जिप्रकामा गएर अ.त. करार गरेको फाइल च्यात्न लगाएर गोरखापत्रमा छापिएको सुवर्ण पदक पाएको फोटो फाइलमा हाल्न लगाएछन् ।

क्रमशः...