इजरायलमा गठवन्धन सरकार !

इजरायलमा गठवन्धन सरकार !

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन ४, २०७६

काठमाडौं, एजेन्सी । पाँच महीनामा दोस्रो पटक भएको निर्वाचनमा पनि इजरायलका वर्तमान प्रधानमंत्री वेन्जामिन नेतन्याहूले बहुमत हासिल गर्न सकेनन् ।

१२० सीट भएको इजरायलको संसदका लागि १७ सेप्टम्बरमा निर्वाचन भएको थियो । १९ सेप्टेम्बरसम्म चुनावको ९८ प्रतिशत प्राप्त भएकोमा उनको लिकुड पार्टीले केवल ३२ सीट मात्र प्राप्त गरेको छ । 

नेतन्याहूले आफूले देशमा दक्षिणपंथी सरकार बनाउन असक्षम रहेको बताए । साथै तेस्रो चुनावबाट जोगिनका लागि उनले विपक्षी दलसँग गठबंधन सरकार बनाउनका लागि कुराकानी गर्ने पनि बताएका छन् । 

तर, प्रमुख प्रतिपक्षी दल ब्लू एंड व्हाइट पार्टीका ६० वर्षीय नेता बेनी गांजले भने अब आफूलाई आगामी प्रधानमंत्रीको रुपमा प्रस्तुत गर्ने बताएका छन् । 
बेनी गांजले भनेका छन, ‘उनले एक व्यापक तथा उदार गठबंधन सरकारको नेतृत्व गर्न चाहेका छन् । जनताले आफ्नो स्पष्ट मत पनि गठबंधन सरकार बनाउनका लागि नै दिएका हुन् ।’ 

अहिले भएको चुनावमा गांजको ब्लू एंड व्हाइट पार्टीले ३३ सीट प्राप्त गरेको छ । लामो समयदेखि इजरायलको प्रधानमंत्री रहेका वेन्जामिन नेतन्याहूको पार्टीले भने ३२ सीट मात्र प्राप्त गरेको छ ।