१८ किलोमिटरको भाडा ७००० लिएकोमा पुलिसमा उजुरी

१८ किलोमिटरको भाडा ७००० लिएकोमा पुलिसमा उजुरी

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन ४, २०७६

काठमाडौं, एजेन्सी । भारतको पुणे राज्यमा १८ किलोमिटर यात्राको लागि अटोरिक्साले ७००० भाडा लिएको आरोप एक यात्रीले पुलिसमा उजुर गरेका छन् । कामका सिलसिलामा बेंगलुरुबाट पुणे आएका एक सफ्टवेयर इंजीनियरलाई अटो ड्राइभरले त्यति धेरै रकम लिएपछि उनले चालकका विरुद्धमा यरवादा पुलिस स्टेशनमा केस दर्ता गराएका छन् । 

सामान्यतया यति यात्राका लागि ३०० देखि ४०० सम्म भाडा लाग्ने गरेको छ । ती यात्रीले बताए कि मीटरले ५१२० भाडा देखाएको थियो । 

पुलिसका अनुसार पनि अटोको मिटरमा ५१२० भाडा देखाएको थियो । जब यात्रुले यसको विरोध गरे तब अटो चालक उनीमाथि अभद्र व्यवहार गरेको पनि उनको आरोप छ । 
पुलिस अहिले यात्रुले गरेको शिकायतका आधारम चालकलाई कारबाही गर्न लागि परेको छ ।