कटुवा पेस्तोल सहित महतो पक्राउ

कटुवा पेस्तोल सहित महतो पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन ४, २०७६

सर्लाही ।लालबन्दी नगरपालिका-५ मेजरगंज बस्ने ३० वर्षीय राजेश महतोलाई कटुवा पेस्तोल सहित २०७६ असोज ४ गते शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लालबन्दी नगरपालिका-५ मेजरगंजस्थित सडकमा लालबन्दीतर्फ आउँदै गरेको बिआर ०६ एजे ०८०६ नम्बरको मोटरसाइकल  चेकजाँच गर्ने क्रममा चालक महतोले मोटरसाइकल नै छोडी धान खेतमा हामफाली फरार भएको र चालकले कम्मरमा भिरेको पानी बर्षादी फेलापारी तलासी गर्दा उक्त पेस्तोल बरामद भएको प्रहरीले जनाएकाे छ ।  फरार भएका  महतोलाई लालबन्दी नगरपालिका-७ बजारबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

साथै सोही कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा  महतोसँगै आएका ना६ प २३९२ नम्बरका मोटरसाइकल चालक लालबन्दी नगरपालिका-५ मेजरगंज ४० वर्षीय सोनालाल ठाकुर समेतलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा नेपाल प्रहरीले जनाएकाे छ ।