अन्य भाषामा लेखिएको गुगल लेन्स एपको सहायतामा हिन्दीमा सजिलै पढ्न सकिने

अन्य भाषामा लेखिएको गुगल लेन्स एपको सहायतामा हिन्दीमा सजिलै पढ्न सकिने

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  आश्विन ५, २०७६


काठमाडौं, एजेन्सी । गुगल फर इंडियाले अब ‘गूगल लेन्स’ एपद्वारा अब मलयालम, तेलुगु तथा तमिल भाषामा लेखिएको  कुरा स्कयान गरेर हिन्दीमा पढ्न सकिने व्यावस्था मिलाएको छ । भने हिन्दीमा लेखिएको पनि मलयालम, तमिल, तेलुगु तथा मराठीमा सजिलोसँग पढ्न सकिने भएको छ  । 

‘गूगल लेंस’ एपद्वारा क्यामराले जहाँ फोकस गर्छ त्यहाँ तमिल, मलयालम, मराठी वा अन्य भाषा जे लेखिएको छ त्यो हिन्दीमा उस्तै रंग, अक्षर र आकारमा देखिनेछ । यदि बोलेर सुनाउन भनेका खण्डमा बोलेर पनि सुनाउने सुविधा उक्त एप रहेको छ । 

गुगलका अधिकारीका अनुसार यो एप पहिले अंग्रेजीमा थियो भने हिन्दीमा पनि उपलब्ध  हुने भएको हो । 

गुगल असिस्टेंट एपमा आवाजका माध्यमबाट सहयोग लिनेमा अंग्रेजी पछि अब हिंदी दोस्रो  लोकप्रिय भाषा बन्न पुगेकाे छ ।

यो एपमा अब केही महीनामा एउटा इंटरप्रेटर मोड पनि उपलब्ध हुनेछ जसले रियल टाइम ट्रांसलेटरले जस्तै काम गर्छ । अर्थात दुई अलग अलग भाषी पनि यो एपको मद्दतले आफ्नो आफ्नो भाष बोलेरै पनि कुराकानी गर्न सक्ने छन् ।