पैसाको अभावमा बच्चालाई दूधको सट्टा कफी !

पैसाको अभावमा बच्चालाई दूधको सट्टा कफी !

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  आश्विन ५, २०७६

काठमाडौं, एजेन्सी । इण्डोनेशियाको पश्चिमी सुलावेसी प्रान्तको तोरना लीमा गाउँको १४ महिनाको बच्ची हदीजाहलाई पैसा नहुँदा उनका आमाबाबुले दुधको सट्टा दैनिक डेढ़ लीटर काफी खान दिने गरेका छन् । हदीजाहको यो खबरले मानिस हैरान भएका छन् किनकि बच्चाका लागि अति हानिकारक मानिन्छ । 

यो खबर मिडियामा आएपछि पोलेवेसी हेल्थ एजेंसीले बच्चीको गाउँमा गएर उनका बाबुआमालाई कफी खान नदिन अनुरोध गरेका छन् । उनीहरुले बच्चीका लागि दुध तथा बिस्कुट पनि लिएर गएका थिए । 

हदीजाहकी आमा अनीता भन्छिन, ‘हामीसँग अर्को विकल्प नभएका कारण कफी ख्वाएका हौं । हामीसँग दुध किन्ने पैसा छैन । पतिले जति कमाउँछन त्यो घर खर्चमा नै सकिन्छ । कफी दुध भन्दा सस्तो छ । अब त बच्ची पनि कफी ख्वाएन भने रुने गर्छे ।’

बच्चीका पिता सरीफुद्दीन भन्छन, ‘उनी सुक्खा नरिवलको काम गर्छन । जसको एक दिनको कमाई २० हजार इंडोनेशियन रुपैयाँ हो । यसले घरको जरूरी चीजमात्र आउँछ । रुक, जो तातो पानीमा कफी तथा सक्खर मिलाएर तयार गरिन्छ । बच्ची पनि अहिले रुक आरामसँग खाने गर्छिन् ।’ 

तोरना लीमा गाउँको यस घटनाबारे आहार विशेषज्ञ तथा डाक्टर भन्छन, कफी बच्चाका लागि धेरै नै हानिकारक हुन्छ । विशेषगरी पाँच वर्ष भन्दा कम उमेरका बच्चाका लागि ।