चराको लागि पनि अब फ्ल्याट !

चराको लागि पनि अब फ्ल्याट !

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ५, २०७६

काठमाडौं, एजेन्सी । भारतको गाजियाबाद डेभलपमेंट अथोरिटी(जीडीए)को भाइस चेयरपर्सनको घरमा चराको लागि पाँच तल्ले फ्ल्याट तयार भएको छ । ३ लाख ६० हजार रुपैयाँमा तयार गरिएको चराको एउटा फ्ल्याटमा २० वटा कोठा छ । जसमा १२ वटा चरा बस्न सक्छन् । 

घाम, पानीबाट चरालाई जोगिनका लागि छतको पनि व्यवस्था गरिएको छ । चराको गुँड काठको बनाइएको छ । यसमा विशेषगरि साना चराहर बस्न सक्छन् । 

जीडीए अधिकारीका अनुसार यदि यो प्रोजेक्ट सफल भयो र यसमा चराहरु बस्न थाले भने अन्य हाउजिंग तथा कोलोनीमा पनि यस्ता फ्ल्याटहरु निर्माण गरिनेछ । अब अर्को बर्ड्स अपार्टमेंट चंद्रशिला अपार्टमा बनाउने योजना रहेको जीडीए अधिकारीले बताए । 

जीडीएका भाइस चेयरपर्सन कन्चन वर्माका अनुसार, यसलाई बगैंचा तथा पानीको स्रोतको नजिक बनाइएको छ । भने चरालाई दाना हाल्नका लागि मानिस पनि राखिएको    छ ।

चरालाई कुकुर तथा बिरालोले नखाओस भन्नका लागि यसलाई १० फिट अग्लो खम्बामा बनाइएको छ । टावर भने ७ फिट अग्लो छ । यस्तै अन्य फ्ल्याट जीडीएको अन्य आवास योजनामा पनि बनाउने योजना रहेको पनि वर्माले बताए