बिरामीको मृत्यु भए पछि ओम अस्पताल तनावग्रस्त

बिरामीको मृत्यु भए पछि ओम अस्पताल तनावग्रस्त

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन ५, २०७६

काठमाडौं । चिकित्सकको लापरबाहीले बिरामी मरेको भन्दै आइतवार दिउँसो चाबहिलस्थित ओम अस्पतालमा तोडफोड भएको छ।

शनिवार पत्थरीको अपरेसन गर्न अस्पताल पुगेकी धादिङकी २९ वर्षीया अनिता गुरुङको ज्यान गएपछि अपरेसनमा लापरवाही भएको र बिरामीको मृत्यु भएको भन्दै मृतकमा आफन्तले अस्पताल परिसरमा तोडफोडसहित नाराबाजी गरिरहेका छन् ।

अस्पताल प्रशासनसँग यसबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन तर हाल अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता चलिरहेको बताइएको छ।

यसअघि जेठ २३ गते पनि सिन्धुपाल्चोकी ५० वर्षीया रामप्यारी थापाको पित्त थैलीको अपरेसन गर्ने क्रममा लापरवाही भएर मृत्यु भएको थियो, जसमा अस्पतालले क्षतिपूर्ति तिरेको थियो ।