सुविदको 'नलाएको माया' बजारमा

सुविदको 'नलाएको माया' बजारमा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन ५, २०७६

काठमाडौं- गजलकार सुविद गुरागाईंको गजल एल्बम ‘नलाएको माया’ शनिवार काठमाडौंमा लोकार्पण गरिएको छ।

माता परिवारको निर्माणमा तयार पारिएको उक्त गजल एल्बम माता ९८ वर्षीया ईन्द्रमाया पौडेल, गजलकार बूँद राना, कवि, गीतकार दिनेश अधिकारी, गजलकार रवि प्राञ्जल, राष्ट्रियसभा सदस्य विमला पौडेलले लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा गायक गाियकाहरू सोताङ, सञ्जीव धिमाल, नीरा रानाभाट, बबिना भट्टराई, अस्मिता अधिकारी, श्रेय अगस्तीले गजलकार गुरागाईंका शब्दहरूमा प्रत्यक्ष गायन प्रस्तुत गर्नुभएको थियो ।

उक्त अवसरमा गायक सत्यराज आचार्यको स्वरमा तयार पारिएको गजल ‘नलाएको माया’को म्युजिक भिडियो प्रिमियर पनि गरियो । भिडियोलाई निकेश खड्काले निर्देशन गर्नुभएको हो भने भिडियोमा गायक सत्यराज आचार्य, अभिनेत्री लक्ष्मी वर्देवा तथा मोडल जोर्डन राजभण्डारीको अभिनय रहेको छ।

 

 

विपीन किरणद्वारा सञ्चालित कार्यक्रममा गजलकारहरू डा. घनश्याम न्यौपाने परिश्रमी, धीरेन्द्र प्रेमर्षि, सुरेश सुवेदीलगायतले नेपाली गजलको सांगीतिक विकासक्रम र गुरागाईंको गजलकारिताबारे चर्चा गर्नुभएको थियो ।

उक्त एल्बमलाई किरण क्रियसनले बजार व्यवस्थापन गरेको छ ।