तीन जना भारतीय नागरिक सात दिनको लागि  अन्तरिक्षमा पठाउने तयारी

तीन जना भारतीय नागरिक सात दिनको लागि  अन्तरिक्षमा पठाउने तयारी

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  आश्विन ७, २०७६

काठमाडाैँ,एजेंसी । भारतको अन्तरिक्ष एजेंसी  इसरोले पुनः आफ्नो महत्वाकांक्षी योजना सार्वजिनक गरेकाे  जानाकारी गराएकाे छ । 

इसरोका अनुसार 'गगनयान' नाम  दिएकाे  अभियान अर्न्तरगत तीनवटा 'स्पेस फ्लाइट'  अंतरिक्षमा पठाइने छ । यसरी पठाइने  'स्पेस फ्लाइट' मध्ये पहिला दुइमा  मानवरहित रहने छन भने तेश्रो 'स्पेस फ्लाइट' मा तीनजना भारतीय नागरिकलाइ अंतरिक्षमा पठाउने तयारी गरिएको छ।

यस सम्बन्धी जानकारी दि‌दै  इसरो प्रमुख डा. के सिवनले  भने - 'गगनयान' अभियान अर्न्तरगत डिसेम्बर २०२० मा पहिलो मानवरहित 'स्पेस फ्लाइट' अंतरिक्षमा पठाउने छाैँ,  यसैगरी जुलाई २०२१ मा इसरोले दोश्रो मानवरहित 'स्पेस फ्लाइट' पठाउने याेजनामा छाैँ  लांच गर्नेछ । मुख डा. के सिवनका अनुसार यो गगनयान अभियान पूर्णतया भरतीय हुनेछ ।
इसरोले  दुइवटा मानवरहित 'स्पेस फ्लाइट' को अनुभव लिएपछि तेश्रो पटकमा सन २०२१ को डिसेम्बर महीनामा तीन जना भारतीय नागरिकलाइ कम्तीमा ७ दिनका लागि अंतरिक्षमा पठाइने  तयारी थालेकाे छ ।
भारतका प्रधानमंत्री नरेंद्र मोदीले १५ अगस्त सन् २०१८ का दिन  लालकिलामा सम्बोधन गर्दै 'गगनयान' अभियानको घोषणा  गरेका थिए । यस अभियानको लागत करिब १० हजार  करोड भारतीय रुपैया लाग्ने  अनुमान  छ ।

सन् १९६१ मा रुसी नागरिक यूरी गागरिनले सुरु गरेकाे  अंतरिक्ष यात्रामा  हालसम्म विभिन्न ३८ देशका नगरिकलाई सफलता मिलसकेकाे छ । २० जुलाई सन् २०१९ सम्मको तथ्यांक अनुसार अंतरिक्षमा पुग्ने मानिस संख्या ५६३  पुगि सकेकाे छ । तर अंतरिक्षसम्म मानिसलाइ पठाउने कार्यमा भने जम्मा तीनवटा देश  अगाडि रहेका  कै वर्चस्व रहेको छन् । यी तीन देश हुन - रूस, अमेरिका र  चीन  ।

हिलेसम्म एक जना भारतीय नागरिकले मात्रै अंतरिक्षमा पुग्ने सफलता मिलेकाे छ ।  भारतको पंजाब राज्यको पटियाला निवासी ७० वर्षीय रिटायर्ड विग कमांडर राकेश शर्मा  २ अप्रैल सन १९८४ मा रुसी 'स्पेसक्राफ्ट  सोयुज टी-११' बाट अंतरिक्षमा पुग्ने पहिलो भारतीय नागरिक रहका  थिए।  उनले ७ दिन, २१ घंटा र ४० मिनटको समय अंतरिक्षमा विताएका थिए ।  भारतका अंतरिक्ष यात्रीले पृथ्वीको 'लो ऑर्बिट' मा (३००-४०० किमी माथि ) सात दिन बिताउने  तयारी इसरोकाे रहेको छ ।