हराइरहेका पानी जहाज पत्ता लगाउन  दस वर्षपछि  सफलता  मिल्याे

हराइरहेका पानी जहाज पत्ता लगाउन  दस वर्षपछि  सफलता  मिल्याे

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन ७, २०७६

काठमाडाैँ ,एजेंसी । अमेरिका स्थित मिशिगन राज्यको उत्तरी समुद्रमा गोताखोरहरुले हराइरहेका दुइवटा पानी जहाज फेला पारेको जनाएका छन् ।

दस वर्ष अघिदेखि  डुबेका जहाजको खोजी गर्ने कार्य भइरहेको  थियो ।

समुद्रमा हराएका भिनएका पानी जहाज खोजी गर्ने गोताखोर र समुद्र सम्बन्धी विज्ञ एवं इतिहासकार बर्नी हेल्सट्रेम उक्त कुराकाे जानकाररी दिएका हुन । उनका अनुसार  दुबै जहाज समुद्र भित्र करिब २०० फिट तल भेटिएका थिए  ।दुबै जहाज पुरै क्षतिग्रस्त अवस्थामा रहेकाे । जहाजको अकारमात्र  देखिएकाे  गोताखोरहरु जनाएका छन्।
हेल्सट्रेमको दावी  अनुसार पेसेंटिगो र सेंट ऐंड्र्यूज नामक यी जहाज सन १८७८ मा समुद्रमा बेपत्ता भएका थिए । जहाज बेपत्ता हुदा यसमा एक जना क्याप्टेनका अतिरिक्त २-२ जना  सहयाेगीहर  रहेका बताइन्छ
पेटसिगो जहाज १६१ फिट र सेंट ऐंड्र्यूज १४३ फिट लम्बाइ रहेका दुबै पानी जहाज  कोइला ओसारपसारमा प्रयाेग हुँदै आएका थिए ।