‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको सय रुपैयाँको नोट बजारमा

‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको सय रुपैयाँको नोट बजारमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ७, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट मंगलवारदेखि चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रङमा नयाँ विषेशतासहितको नयाँ नोट प्रचलनमा ल्याएको हो ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ । १०० रुपैयाँ दरका ३ अर्ब रुपैयाँ बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोटका विशेषतामा बायाँतर्फ सगरमाथाको चित्र रहेको, मध्यभागको पृष्ठभमिमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध लेखिएको, अशोक स्तम्भको चित्रसँगै दृष्टिविहीनहरूलाई नोट पहिचानका लागि छामेर थाहा पाउने कालो थोप्ला रहेको, अशोक स्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप, नोटलाई सिधा हेर्दा रातो रङ, ढल्काएर हेर्दा हरियो रङ देखिने, नोटको मध्य भागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र रहेका छन् ।