दश गुणा बढी स्रोत सङ्कलन हुँदा पनि भिडियो खेल निर्माणमा ढिलाई

दश गुणा बढी स्रोत सङ्कलन हुँदा पनि भिडियो खेल निर्माणमा ढिलाई

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन ८, २०७६

काठमाडाैँ ।  विश्वमा नयाँ काम गर्न नयाँनयाँ स्रोत स‌ंकलनकाे  विधि अप्नाएकर असम्भव कामलाई समेत सम्भव हुन थालेकाे  अनेकाै उदाहरण पाइन थालेका छन् । 

यस्तै कार्य नयाँ भिडियो खेल बनाउनका लागी सहयोगको आह्ववान सन्  २०१२ मा 'क्राउड फंडिंग  वेभसाइट किक स्टार्ट'ले  गरेकाे हाे ।

यो भिडियो भिडियो खेलकाे विकास  गर्ने जिम्मा विश्वका प्रख्यात 'गेम डिजाइनर' क्रिस रॉबर्ट्सलाई दिइएकाे  थियाे । उनको समुचित आर्थिक सहयोग उपलब्ध भएमा २ वर्ष भित्रै २०१४ सम्म यस मल्टीप्लेयर अनलाइन भिडियो गेमलाइ सार्वजनिक गर्ने घोषणा गरिएको थिए ।

क्रिस स्वयंले  स्रोत जुटाउने काम वेभसाइट मार्फत गरिएकाे थियाे । आव्हानमा भनिएकाे थियो - यो कार्यकाे लाग हामीलाई २३ मिलियन डलर सहयोग आवश्यक छ र त्याे सहयाेग जुटेमा २ वर्षमा यो गेम तैयार गर्न सक्छौ ।

यो भनाईलाई मानिसले विश्वास गरे र स्राेत दिन थाले । जो आवश्यक भन्दा १० गुना बढ़ी स्राेत जुटेकाे थियाे ।  १८ अक्टुबर २०१३ मै यसका लागि २८८ मिलियनको स्राेत जम्मा भयो । विश्व इतिहास मै कुनै प्रोजेक्टका लागी भएको यो सबैभन्दा ठूलो 'संकिलत स्राेत' मानिएकाे छ । 

आवश्यक स्राेत हुँदासम्म पनि२०१९ आउँदा पनि यो भिडियो खेल तैयार भने हुन सकेको छैन ।यो भिडियो खेल कहिले तैयार हुन्छ क्रिस स्वयं पनि केहि भन्न सकी रहेका छैनन ।यस भिडियो खेलको नाम 'स्टार सिटिज़न' राखिएको छ ।

यो एउटा स्पेस खेल  हो ,यसलाई माइक्रोसॉफ्ट विंडोज का लागि  विकास गरिन लागिएको हो । क्रिसको कल्पना अनुसार गेमका लागी १०० वटा 'स्टार  सिस्टम' बनाउनु छ जुन अहिलेसम्म बनाउन  सकिएको  छैन । क्रिसले आफ्ना प्रशंसकसँग यस खेलमा ब्रह्माण्ड कै आनन्दित बनाउने वाचा गरेका छन।

खेल ब्रह्माण्ड कै प्रतिकृति हुनेछ, यसैले गर्दा समय लागेकाे बताएका छन् ।  क्रिसले अहिलेसम्म यस गेमका लागी २ वटा गृह, ९ वटा चन्द्रमा र एउटा एस्टेरोइड डिजाइन गरी सकेका जानकारी  दिएका छन् । 

तर यति निर्माणा हुँदैमा संकिलत स्राेत सकिदै  गएको बताइएकाे छ ।२०१७ मै आर्थिक अभावले गर्दा क्रिसले सहयोग मागेर पुनः स्राेत जुटाउनु परेकाे थियाे ।  जति ढीलो भए पनि क्रिसमाथि मानिसहरुको विश्वास भएर उनलाई पुनः सहयोग  भने गिररहे । 

जानकारहरुका अनुसार क्रिसले कुनै धोखा गरेका होइनन,तर अव्यवसुथानकाे शिकार  भएको रुपमा लिएकाे छ ।  भिडियो खेल बनाउन संलग्न रहेका प्राविधिकहरुको भनाइ  रहँदे आएकाे छ । क्रिस बारम्बार भिडियो खेल फीचर बढाउँदै गइ रहेका छन ।  भएको काम बाट ऊनि हतपति सन्तुष्ट हुन सकिरहेकाे छैनन् ।  

यस सम्बन्धमा क्रिसले एउटा अन्तर्वार्तामा भनेका छन् - तपाईको याेजना २ कोठे घर बनाउनु थियो, तर अचानक तपाईले महल खड़ा गर्ने सपना देख्नु भयो ।यस्तो हुँदा निश्चय पनि समय र खर्चमा वृध्दि हुन्छ । म अति आशावादी मानिस हुँ ,जति ढीलो भए पनि यो भिडियो खेल तयार हुन्छ । 

 यो भिडियो भिडियो खेलको इतिहासमा अभूतपूर्व  खेल हुनेछ । क्रिसको कम्पनी क्लाउड इम्पीरियम गेम्समा ५३७ जना कर्मचारी कार्यरत  रहेका छन । अमेरिका,इंग्लैंड जर्मनी सहित संसारका ५ ठाउमा कम्पनीको कार्यालय रहेका छन् ।