एनसेल कार्यालयमा बम विष्फोटन गराउने व्यक्ति पक्राउ

एनसेल कार्यालयमा बम विष्फोटन गराउने व्यक्ति पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन ८, २०७६

ललितपुर। २०७५ फागुन १० गते ललितपुर नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा भएको बम बिष्फोटन घटनामा संलग्न फरार रहेका अभियुक्त ललितपुर लुभु बस्ने कालिकोट नरहरिनाथ गाउँपालिका-१ घर भएका ४३ वर्षीय हितमान भन्ने नविन बिश्वकर्मालाई सोमबार साँझ पक्राउ गरेको  नेपाल प्रहरीले जनाएकाे  छ ।

उक्त बिष्फोटनमा ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंह बहादुर गुरूङको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए । 

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-३ बोझेपोखरीस्थित प्रदेश ३-०२-००३ प ५१३१ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको सो परिसरले जनाएको छ । साथै उनको साथबाट नेकपा बिप्लव समुहसंग सम्बन्धीत बिभिन्न प्रकारका दस्तावेज किताब, डायरीहरु तथा बिभिन्न कम्पनीको मोवाइल तथा सिम कार्डहरु बरामद  समेत गरेको प्रहरीले  जनाएकाे छ । 

साथै २०७५ बैशाख ९ गते ललितपुर महानगरपालिका-२३ धापाखेलस्थित तत्कालिन प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको घर कम्पाउण्डमा बम बिष्फोटन भएको घटनामा समेत निज बिश्वकर्मा संलग्न रहेको महानगरीय प्रहरी परिसर ललितपुर  जनाएको छ ।