ईश्वपुत्र होइन मनुष्य, विकासक्रमको शीर्ष हो

ईश्वपुत्र होइन मनुष्य, विकासक्रमको शीर्ष हो

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  माघ २९, २०७५

चाल्र्स डार्विन (१२ फेब्रुरी १८०९–१९ अप्रिल १८८२) ले ‘क्रमविकासको सिद्धान्त’ प्रतिपादित गरे । उनको यो महान् शोध कार्य १८३१ देखि १८३६ सम्म गरिएका समुद्री यात्रामा जुटाइएका साक्ष्यमा आधारित थियो ।  उनले एकत्र गरेका तमाम साक्ष्य आजसम्म संग्राहलयमा राखिएका छन् । 

आज हामी आफ्नो चारैतिर जुन सजीव जीवन हेछौं, ती सबैको उत्पत्ति तथा विविधतालाई बुझ्न उनको विकासको सिद्धान्त नै सर्वश्रेष्ठ माध्यमका रूपमा रोज्नुपर्ने हुन्छ । निसंदेह उनी मानव इतिहासमा जन्मिएका सर्वश्रे्रष्ठ वैज्ञानिक पङ्क्तिमा पर्छन् । 

उनको प्रसिद्ध पुस्तक ‘ओरिजिन अफ स्पेशीज’ विज्ञान जगतको ‘मास्टरपीस’ नै हो । डार्विनको विकास सिद्धान्तले विश्वका विभिन्न प्रजाति कसरी एक अर्कासँग जोडिएका छन् भन्ने विषयमा प्रस्ट ज्ञान दिन्छ । 

यस विविधतापूर्ण दृश्य जगतमा जीवनको प्रारम्भ एउटा सरल र सूक्ष्म एक कोषीकीय कोशिकाबाट प्रारम्भ भएर समय क्रममा जटिल हुँदै बहुमुखी विविधतामा विकसित भएको हो । मनुष्य नामधारी प्राणी यस विकासक्रमको शीर्षमा रहेको छ । 

यस विविधता विस्तारमा आ–आफ्नो अस्तित्वका लागि सतत् सङ्घर्ष भई रहन्छ । संघर्षमा दुर्बल वा निर्बल नष्ट हुन्छन् । बलिया र सक्षम जोगिन्छन् र विकास क्रम निरन्तर अगाडी गति गरी रहन्छ । यो नै प्राकृतिक चयनको प्रक्रिया हो । 

प्राकृतिक चयनको यस प्रक्रियामा मनुष्यको विकास बाँदर अथवा चिम्पांजी प्रजातिको कुनै  साझा पुर्बजवाट भएको हो । यसको आशय मनुष्यको विकास बाँदर वा चिम्पान्जीबाट भएको होइन, वरन मनुष्य जस्तै बाँदर र चिम्पांजीको पुर्खा एउटै थियो ।  भन्न सकिन्छ बाँदर र चिम्पान्जी दुवै मनुष्यको सहोदर हुन, पुर्खा होइनन् ।

डार्विनले स्पष्ट गरे मनुष्य ईश्वर पुत्र होइन, वरन विकास क्रमको परिणाम हो । एउटा अर्को  पुस्तक ‘ दि डिसेंट अफ म्यान’मा डार्विनले मनुष्य माथि उठेको नभई बाँदर प्रजाति भन्दा तल खसेको उल्लेख गरेका    थिए । 

श्रोत– विज्ञान विश्वका लागि आशिष श्रीवास्तव