अफगानिस्तानमा सुरक्षा कारबाहीमा ६ तालिबान मारिए, २० सर्वसाधारण मुक्त

अफगानिस्तानमा सुरक्षा कारबाहीमा ६ तालिबान मारिए, २० सर्वसाधारण मुक्त

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन ८, २०७६

अफगानिस्तानको पूर्वी भागमा रहेको लघामान प्रान्तमा यहाँको सुरक्षा बलले तालिबान लडाकुविरुद्ध गरेको कारबाहीको क्रममा छ जना लडाकु मारिएका छन् । सो कारबाहीको क्रममा तालिबानको कब्जामा रहेका २० जना अफगान सर्वसाधारण नागरिकलाई पनि मुक्त गरिएको अफगान सेनाले बुधबार जानकारी दिएको छ ।

गत सोमबार सुरु गरिएको यस सुरक्षा कारबाहीमा ६ तालिबान लडाकु मारिएका र २० सर्वसाधारण मुक्त भएका बताइएको छ । यस क्रममा ४ जना लडाकु घाइते हुनुको साथै अन्य २ पक्राउ परेका सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आगामी २८ सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको लागि अफगानिस्तानमा सुरक्षा अवस्थालाई कडा गरिएको छ । उता तालिबान लडाकु समूहले भने यसै निर्वाचनलाई लक्ष्य गरेर थप हत्या हिंसा गरिरहेका छन् ।