धमनीबाट सजिलै मानिसको पहिचान गर्ने प्रविधिकाे विकास

धमनीबाट सजिलै मानिसको पहिचान गर्ने प्रविधिकाे विकास

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  आश्विन ९, २०७६

काठमाडौं, एजेन्सी । चिनीयाँ कम्पनी मीलक्सले फेस रिकग्निशन भन्दा पनि चाँडो मानिसको पहिचान गर्न सक्ने प्रविधिको विकास गरेको छ ।

नयाँ प्रविधिले हातको धमनीद्वारा मानिसको पहिचान गर्नेछ, भने यसका लागि केवल ०.३ सेकेण्डको समय लाग्नेछ । कम्पनीले यस प्रविधिको नाम  ने एयरवेव राखेको छ । अरु बायोमीट्रिक प्रणालीभन्दा यो राम्रो र सुरक्षित रहेको कंपनीको दावी छ । 

कम्पनीका अनुसार फेस रिकग्निशन प्रविधिले मानिसको अनुहारमा रहेको ८० देखि २८० प्वाइन्टको जाँच गर्छ । तर एयरवेवले भने मात्र ०.३ सेकेण्डमा हातको हत्केलामा रहेको दश लाख भन्दा धेरै माइक्रो–फीचर प्वाइंटको स्क्यान गर्नेछ । जसका कारण कसैले पनि अरु नै कोही बनेर ढाँट्न सक्दैन् । 

कम्पनीके फाउंडर जेल क्यूंगलूका अनुसार प्रत्येक मानिसको छालाको मुनि रहने मुख्य नसा तथा कोशिका सबैमा फरक फरक हुन्छ । एयरवेव कृत्रिम बौद्धिकतामा आधारित प्रविधि हो । यसले हातको हत्केलामा रहेका सूक्ष्म तथा मुख्य धमनी देखि लिएर कोशिकासम्मको पनि स्क्यान गर्ने गर्छ । स्क्यानरमा हात राख्ने बित्तिकै एकै पटकमा यसलाई स्क्यान गर्नेछ । 

चीनमा अहिले धेरै काम क्यासलेस तथा फेस रिकग्निशन प्रविधिमा आधारित रहेर गर्ने गरिएको छ । धेरै ठाउँमा अनुहारको पहिचानका लागि क्यूआर कोड तथा पासवर्ड सिस्टमको प्रयोग भैरहेको छ । तर, यस सम्बन्धमा भने व्यक्तिको प्राइभेसीको मामिला अगाडी आएको छ । तर एयरवेव यो सबैभन्दा सुरक्षित तथा भरपर्दो छ । र यसमा प्राइभेसीको कुरा पनि आउँदैन किनकि यसले केवल हातको मात्र स्क्यान गर्ने हो ।