पद्मशमशेरसँग सहाना प्रधानको माग : हामी केटीले पनि पढ्न पाउनुपर्छ

पद्मशमशेरसँग सहाना प्रधानको माग : हामी केटीले पनि पढ्न पाउनुपर्छ

डा. सदानन्द कडेल  |  दृष्टिकोण  |  आश्विन ९, २०७६

गत असोज ६ गते सहाना प्रधान प्रतिष्ठानद्वारा आयोजित पाँचौँ सहाना प्रधान स्मृति दिवस कार्यक्रममा उहाँको बहुआयामिक व्यक्तित्व र योगदानका बारेमा चर्चा भएको सुनियो । २००४ सालको उपत्यकाव्यापी जनप्रदर्शन, २००७ सालको क्रान्ति, २०३६ सालको आन्दोलन र जनमतसंग्रह, २०४२ को सत्याग्रह, २०४६ सालको संयुक्त जनआन्दोलन र २०६३ को गणतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नुभएकी प्रधान पाँच पटकभन्दा बढी जेल पर्नुभयो । तीन पटक मन्त्रीको रूपमा फरक फरक मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभयो । तीन पटक राजनीतिक पार्टी तथा मोर्चाको अध्यक्ष हुनुभयो । यति धेरै आन्दोलनहरूमा होमिने र चुनौती सामु सतिसालझैँ ठिंग उभिने तथा अवसरहरूलाई आलिंगन गर्ने महिला व्यक्तित्व नेपालको राजनीतिमा सायदै अरू कोही होला ।

हरेक जिम्मेवारीमा सदाचारिता र स्वच्छ छविलाई कायमै राखेर निस्कन सक्षम प्रधान नेपालको राजनीतिक तथा सामाजिक-आर्थिक रूपान्तरण अभियानकी धरोहर हुनुहुन्छ । तथापि, उहाँको यो पक्षबारे चर्चा नगरी एक शैक्षिक शोधकर्मीको नाताले आमजनताको जानकारीमा नरहेका वा कमै मात्र जानकारीमा रहेका सहाना प्रधानको शिक्षाप्रतिको अगाध मोह, शिक्षामा सचेतीकरणको जमर्को, शैक्षिक अधिकार प्राप्तिको लागि बेजोडको संघर्ष र सफलताको कथालाई यस आलेखमार्फत् पस्किने प्रयास गरिएको छ ।

बर्माको स्कुलमा अध्ययन र 'बद्रीफूल'बाट 'सहाना'

वि.सं. १९८४ मा काठमाडौंको असन टोलमा जन्मिनुभएकी सहाना प्रधान ४ वर्षको उमेरमा बाबु शंकरलाल प्रधानसँगै बर्मा ९म्यान्मार० जानुभयो । पहिल्यैदेखि बर्मामा व्यापार गर्दै आउनुभएका उहाँका बुबा उतै व्यापार विस्तार गर्ने मनशायले सपरिवार बर्मा जानुभएको थियो । बर्माको मेम्यो शहरको स्कुलमा भर्ना भएपछि फुरुंग भएकी सहानाको नाम हाजिर कापीमा 'बद्रीफूल' प्रधान लेखिएको थियो भने दिदी साधनाको नाम 'कृष्णफूल ।' त्यहाँ छोरा र छोरीको पढाइका लागि स्कुलमा कुनै भेदभाव थिएन । उहाँ दाजु, दिदी र भाइसँगै रमाउँदै स्कुल जानुहुन्थ्यो ।

बद्रीफूल सात कक्षामा पढिरहनुभएको थियो । दोस्रो विश्वयुद्धको क्रममा अचानक मेम्यो शहरमा भारी बम विस्फोट भयो र आइतवार (बिदाको दिन_ मेम्योस्थित बद्रीफूलको स्कुल पनि ध्वस्त भयो । त्यसपछि त्यहाँ बस्न नसक्ने अवस्था सिर्जना भएकाले वि.सं. २००१ मा प्रधान परिवार नेपाल फर्किने भयो । दुर्भाग्यवस, बाटोमा उहाँहरू चढेको लहरी (गाडी) दुर्घटना हुँदा सात जनाको ज्यान गयो । तर, सोही गाडीमा यात्रा गरेका प्रधान परिवारका सदस्यहरू भने सात दिनको उपचारपछि पुनस् यात्रा जारी राख्न सफल भए । अत्यन्त कष्टपूर्ण यात्रा गर्दै नेपाल फर्किएपछि मृत्युको मुखमा पुगेर बाँचेको हुनाले नै उनीहरूको नयाँ नाम सहाना, साधना, गौरीभक्त तथा शंकर राखिएको थियो ।

शैक्षिक हकका लागि संघर्ष र पहिलो कन्या स्कुल स्थापना

नेपाल फर्किएपछि दाजु र भाइ सजिलैसँग वि.सं. १९१० देखि संचालनमा आएको दरबार हाईस्कुलमा भर्ना भए पनि सहाना र साधना भने विद्यालय जान पाउने अधिकारबाट बन्चित हुनुभयो । किनकि त्यतिबेलासम्म नेपालमा कुनै पनि स्कुल र कलेजमा केटीहरूलाई भर्ना गर्न बन्देज लगाइएको थियो । यस्तो भेदभाव देखेर सहानाको मन मस्तिष्कमा विद्रोहको ज्वाला दन्किँदै जान थाल्यो तर राणाशाहीको कालरात्रिमा तत्काल केही गर्न सक्ने अवस्था थिएन । दानु र भाइ स्कुल गएको टुलुटुलु हेरेर घरमै बस्न ववश हुनभयो- सहाना र साधना ।

वि.सं. २००४ वैशाख १७ गते उपत्यकाव्यापी जनप्रदर्शनको आयोजना गरियो । सहानालाई आफूभित्र उकुसमुकुस भएर रहेको विद्रोहको भावनालाई बाहिर निकाल्ने र आन्दोलनमा सहभागी हुने उपयुक्त अवसर मिल्यो । त्यसबेलाको परिस्थिति र घटनाबारे पुष्पलाल र सहानासँग निकटस्थ रहेर काम गर्नुभएका गोविन्द ज्ञवालीले आफ्नो पुस्तक ‘राष्ट्रिय जीवनमा सहाना प्रधान’मा सविस्तार लेख्नुभएको छ । 'सत्याग्रहको तयारीमा लागेका शान्ति निकुन्ज स्कुलका शिक्षक प्रेमबहादुर कंसाकारको ‘तपाईंहरू देशका लागि के गर्न सक्नुहुन्छ ?’ भन्ने प्रश्नको जवाफमा सहाना र साधनाले भनेका थिए– ‘परिआएको बेला हामी देशका लागि मृत्युवरण गर्न तयार छौँ । आवश्यक परे गृहत्याग पनि हाम्रा लागि कुनै ठुलो कुरा हैन । हाम्रो सबभन्दा ठूलो माग हो– हामीले पढ्न पाउनुपर्छ, सबै महिलाका लागि स्कुल कलेजका बन्द ढोका खोलिनुपर्छ ।’  

राणाशासन कालमा दिव्यकुमारीदेवी कोइराला (बीपी कोइरालाकी आमा), पूर्णकुमारीदेवी अधिकारी (मनमोहन अधिकारीकी आमा), मंगलादेवी सिंह, कामाक्षादेवी आदि जस्ता दर्जनौँ महिलाहरू महिला आन्दोलनमा सक्रिय भए पनि शिक्षालाई नै बढी प्राथमिकता दिएर संघर्ष गर्नेहरूमा चाहिँ अग्रपंक्तिमा सहाना र साधना नै हुनुहुन्थ्यो । किनकि केटी भएकै नाताले शिक्षाको अधिकारबाट बन्चित हुनुपरेको थियो उहाँहरूले । त्यसैले उही कोठामा सुतेका दिदी बहिनीले हजुरआमाको आँखा छलेर रातीराती ५००/५०० प्रति पर्चा हातले लेखेर तयार गर्नुभयो । सहानाले त्रिचन्द्र कलेजको मुख्य गेटमा र साधनाले पद्मोदय हाईस्कुलको गेटमा वितरण गर्ने, केही मिनेट बोल्ने र मान्छे जम्मा भएपछि जुलुसको नेतृत्व लिने काम गर्नुभयो ।

वि.सं. २००४ मा दोस्रो ब्याचको रूपमा चार जना बालिकारमहिलाहरू साधना प्रधान, सहाना प्रधान, अंगुरबाबा जोशी र भुवन सिंहले व्यक्तिगत परीक्षार्थीको रूपमा जाँच दिएर एस.एल.सी. पास गर्नुभएको थियो । उहाँहरू सबैले घरैमा बसेर पढेर जाँच दिन मात्र परीक्षा केन्द्रमा जानुभएको थियो ।

सहाना प्रधानसँगै कुराकानीको आधारमा पुस्तक तयार गरेका गोविन्द ज्ञवाली भन्नुहुन्छ, 'जनप्रदर्शनको जुलुस असन, ईन्द्रचोक हुँदै मखन पुग्यो । यसपछिको जुलुसको गन्तव्य थियो– टंगालस्थित राणा प्रधानमन्त्री पद्मशम्शेरको निवास । त्यतातिर पाइला चाल्नासाथ प्रहरी प्रमुख नरशम्शेरको नेतृत्वमा आएको प्रहरी शक्तिले लाठी चार्ज गरेर जुलुस तितरबितर बनायो । गिरफ्तार गरिएका ८१ जनामध्ये चार जना (सहाना, साधना, स्नेहलता र कनकलता) महिला थिए । उनीहरू सबैलाई राती सैनिक ब्यारेकमा लगियो । तीन दिनसम्म पनि माग पूरा हुने संकेत नदेखिएपछि सामूहिक अनशन सुरु गरियो । ७ दिनपछि पुलिसहरूले सबैलाई पद्मशम्शेरको दरबार अगाडिको चउरमा लगे ।'

ज्ञवालीले पुस्तकमा उल्लेख गरेअनुसार पद्मशम्शेर र सहानाबीचको वार्तालाप यस्तो थियो :

पद्मशम्शेर : तिमी केटीहरू किन नि ?
सहाना : हामी केटीले पनि पढ्न पाउनुपर्छ ।
पद्मशम्शेर : विचार गरिनेछ ।
सहाना : जवाफ चाहियो, कहिलेसम्म हुन्छ ?
पद्मशम्शेर : १५ दिनभित्र ।

यसपछि नेपाली रास्ट्रिय कांग्रेसका कार्यवाहक सभापति मात्रिकाप्रसाद कोइरालाको आन्दोलन स्थगन गर्ने विज्ञप्ति आयो । आन्दोलन स्थगन भयो । महिलाहरूका लागि दरबार हाईस्कुलको ढोका खुल्यो । प्राइमरी कक्षाको बिहानी सत्र सुरु भयो । त्यसको नाम राखियो– पद्मकन्या स्कुल ।  

एस.एल.सी. पास गर्ने चार बालिका/महिला

वि.सं. २००३ मा नेपालको एस.एल.सी. परीक्षा सर्वप्रथम पास गर्ने बालिका हुन्– ब्रह्मशम्शेरकी छोरी गौरी राणा । वि.सं. २००४ मा दोस्रो ब्याचको रूपमा चार जना बालिकारमहिलाहरू साधना प्रधान, सहाना प्रधान, अंगुरबाबा जोशी र भुवन सिंहले व्यक्तिगत परीक्षार्थीको रूपमा जाँच दिएर एस.एल.सी. पास गर्नुभएको थियो । उहाँहरू सबैले घरैमा बसेर पढेर जाँच दिन मात्र परीक्षा केन्द्रमा जानुभएको थियो । सहानाकी सहपाठी अंगुरबाबा जोशी आफ्नो आत्मकथामा 'अक्षर साधना र गोधूलि'मा लेख्नुहुन्छ, ‘सहाना र साधना हिँडेर आउनुहुन्थ्यो । उहाँहरू निकै सक्रिय हुनुहुन्थ्यो, जेमा पनि नेता जस्तै अग्रसर हुनुहुन्थ्यो । भुवन राणा खलककी भएकीले मोटरमा र म तामदानमा ।’

शान्ति निकुन्जका केही शिक्षकहरूले तीन महिनासम्म घरमै आएर एस.एल.सी.को तयारीका लागि सहाना र साधनालाई पढाएका थिए ।

हरेक शोकलाई शक्तिमा बदल्न सक्ने गज्जबको क्षमता सहानासँग थियो । पीएचडी गर्न कृत संकल्पित भएर उहाँले ‘तेस्रो विश्वको अर्थव्यवस्था’ शीर्षकमा विद्यावारिधि गर्न काशी विद्यापीठमा नाम लेखाएर अध्ययनरअनुसन्धान सामग्री संकलनका लागि दिल्ली जानुभयो ।

अध्ययन तथा विद्यावारिधिप्रतिको मोह

पद्मशम्शेरले स्कुलमा छात्राले पढ्न पाउने माग मात्रै पूरा गरेका थिए तर त्रिचन्द्र कलेजमा भने फेरि पनि बन्देज नै थियो । त्यसैले त्रिचन्द्रको ढोका सहानाका लागि बन्द भयो । सहानाका सहपाठीहरू अंगुरबाबा वनारस र भुवन इलाहावाद अध्ययन गर्न जानुभयो । सहाना र साधना विदेश जान नसकेपछि एक वर्ष पढाइमा अल्पबिराम लाग्यो । तत्कालै जागिर पाउन सकिने भए पनि साहनाले उच्च शिक्षा हासिल गर्ने अठोट गरेकीले पर्खेर बस्नुभयो । भाइ शंकरले लखनऊमा बी.एस्सी. अनर्स गर्न छात्रवृत्ति पाएपछि दिदी बहिनीलाई पनि त्यहाँ जान अलिक सजिलो भयो ।

नेपालको पहिलो डाक्टर बन्ने सपना देखेर उहाँ आईएस्सीमा भर्ना हुनुभयो तर पहिलो महिनामै टाइफाइडले ग्रस्त बनाएकाले विज्ञानबाट सामाजिकतिर विषयान्तर गरेर पढ्न बाध्य हुनुभयो । द्वितीय श्रेणीमा आई.ए. उत्तीर्ण गर्नुभयो । वि.सं. २००९ मा त्रिचन्द्र कलेजबाट व्यक्तिगत परीक्षार्थीको रूपमा जाँच दिएर बी.ए. पास गर्नुभयो । वि.सं. २०१० मा पुष्पलाल श्रेष्ठसँग विवाह भएपछि २०१४ सालसम्ममा एक छोरी र एक छोरा जन्माएपछि उहाँलाई फेरि एम.ए. पढ्न मन लाग्यो र त्यसको तयारी गर्न थाल्नुभयो । वि.सं. २०१७ मा राजा महेन्द्रले पार्टीमाथि प्रतिबन्ध लगाएपछि उनका श्रीमान् पुष्पलाल भारत निर्वासनमा जानुभएपछि एक्लै छोराछोरी हुर्काउँदै, पढाउँदै उहाँले प्राइभेट परीक्षार्थीको रूपमा एम.ए. पास गर्नुभयो ।

आफू ४८ वर्षकी हुँदा उनको त्रिभुवन विश्वविद्यालयको १३ वर्षे जागिरबाट बर्खास्तगीमा पर्नुभयो । छोराछोरी स्नातक अन्तिम वर्षमा अध्ययन गर्दै थिए । त्यही बेला उहाँभित्र ‘अब म पढ्न सक्छु, पढाइमा मन लगाउन सक्छु’ भन्ने भवना जागृत भएर आयो ।

यसबाट के देखिन्छ भने हरेक शोकलाई शक्तिमा बदल्न सक्ने गज्जबको क्षमता सहानासँग थियो । पीएचडी गर्न कृत संकल्पित भएर उहाँले ‘तेस्रो विश्वको अर्थव्यवस्था’ शीर्षकमा विद्यावारिधि गर्न काशी विद्यापीठमा नाम लेखाएर अध्ययनरअनुसन्धान सामग्री संकलनका लागि दिल्ली जानुभयो ।

सहाना कक्षा १० मा पढाउन भनेर पस्दा छात्रहरू बाहिर निस्केकाले ६ जना छात्राहरू मात्रै कक्षामा बाँकी बसेका थिए । महिला शिक्षकले पढाएको नपढ्ने भनेर उनीहरू बाहिर निस्किएका रहेछन् । उहाँले राम्रोसँग पढाउन थालेपछि सबै विद्यार्थी विस्तारै कक्षामा आएका रहेछन् ।

कक्षा ८ देखि १० सम्म विद्यालयमा गई नियमित रूपमा नपढेकी, प्राइभेट परीक्षार्थीको रूपमा बी.ए. र एम.ए. पास गरेकी, उमेरमा आधा शताब्दीतिर उन्मुख भएकी एक राजनीतिज्ञ महिलाको शिक्षा र विद्यावारिधिप्रतिको अपार मोह सबैका लागि प्रेरणादायी छ । तर, दुर्भाग्यवस वि.सं. २०३५ मा उहाँका श्रीमान् पुष्पलालको असामयिक र अकल्पनीय ढंगले दिल्लीस्थित गोविन्दबल्लभ अस्पतालमा निधन भयो । पंचायती सरकारले पुष्पलालको शवलाई नेपाल ल्याउनसमेत दिएन । सहानाले पार्टीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आयो । फलतस् उहाँको विद्यावारिधि गर्ने सपना अधुरै रह्यो ।

शिक्षण, प्राध्यापन तथा छात्रावासको वार्डेन र बर्खास्ती

आई.ए. पास गरेपछि प्रधानले कन्या मन्दिर हाईस्कुलमा आंशिक रूपमा अध्यापन गर्नुभयो । ट्युसन पनि पढाउनुभयो । बी.ए. पास गरेपछि सीताराम हाईस्कुलमा आंशिक रूपमा पढाउनुभयो । ज्ञवालीका अनुसार सहाना कक्षा १० मा पढाउन भनेर पस्दा छात्रहरू बाहिर निस्केकाले ६ जना छात्राहरू मात्रै कक्षामा बाँकी बसेका थिए । महिला शिक्षकले पढाएको नपढ्ने भनेर उनीहरू बाहिर निस्किएका रहेछन् । उहाँले राम्रोसँग पढाउन थालेपछि सबै विद्यार्थी विस्तारै कक्षामा आएका रहेछन् ।

वि.सं. २०१३ देखि २०१८ सम्म उहाँले नर्मल स्कुल तालिमको प्रशिक्षक भएर काम गर्नुभयो । एम.ए. गरेपछि काजमा त्रिचन्द्र कलेजमा दुई वर्ष पढाउनुभयो । काज फिर्ता भएकाले फेरि एक वर्ष उहाँले दिउँसो नर्मल स्कुल र बिहान पृथ्वीनारायण क्याम्पसमा आंशिक रूपमा पढाउने काम गर्नुभयो । त्यसपछि वि.सं. २०२१ देखि २०३० सम्म पद्मकन्या क्याम्पसमा प्राध्यापन गर्नुभयो । वि.सं. २०३० मै त्रिवि कीर्तिपुरमा सरुवा भएपछि एम.ए.का विद्यार्थीहरूलाई पढाउनुका अतिरिक्त महिला छात्रावासकी वार्डेनको रूपमा पनि काम गर्नुभयो । तीन वर्षपछि २०३२ सालको विद्यार्थी आन्दोलनलाई समर्थन गरेको र नयाँ शिक्षा योजनाको विरुद्धमा लागेको आरोप लगाई प्रधानलाई त्रिवि प्रशासनले पदमुक्त गरेको थियो ।  

जागिर खोसिएपछि पनि कापी जाँच्दै : इमान्दारीको नमुना

दिदी भाइ पढ्दै, बुबा निर्वासनमा । आमाको जागिर खोसिएकाले घरमा सन्नाटा छाएको बेला छोरा उमेशले आमालाई एक छेउमा बसेर गइसकेको जागिरकै काम विधार्थीको कापी जाँच गर्दै गरेको देखेको प्रसंग सुनाउँदै प्रधानको पाँचौँ स्मृति दिवस समारोहमा भन्नुभयो, '२०३३ सालमा राजनीतिमा लागेको भनेर आमाको जागिर गएको रहेछ । हामीलाई थाहा थिएन । कलेजबाट घर फर्किंदा (कीर्तिपुरमा बस्दा) त आमाको जागिर गएकाले दिदीको आँखा रसिलो देखेँ । ‘भविष्यमा अयोग्य नठहरिने गरी सेवाबाट मुक्त गरिएको छ’ भन्ने चिट्ठी आएको रहेछ । त्यतिबेला आमा त एउटा कुनामा बसेर कापी जाँच्दै हुनुहुँदोरहेछ । म १९ वर्षको थिएँ । जवानीको जोश, मलाई रिस उठेकाले हतपत कापी च्यात्ने प्रयास गरेँ । आमाले रोक्नुभयो र भन्नुभयो- ‘यस्तो काम गर्ने हो ? यो मेरो काम हो । सुरु नगरेको भए नजाँची फर्काइदिन हुन्थ्यो तर सुरु गरिसकेपछि जिम्मा लिएको काम जसरी पनि पूरा गर्नुपर्छ ।’ मैले जिन्दगीमा आमाबाट ‘जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ’ भन्ने एउटा ठूलो पाठ सिकेँ ।'

उहाँले २००४ सालको कुरा समारोहमा त्यति चर्चा नभएको भन्दै आफ्नी आमालाई महिला नेतृ मात्रै नभनिदिन आग्रह गर्नुभयो । उहाँको तर्क थियो- ‘सहाना प्रधान चार सालदेखि नै निरन्तर राजनीतिमा सक्रिय मान्छे हो । पुष्पलालकी श्रीमती भएर मात्र राजनीतिमा आएको मान्छे होइन । उहाँ आफैँ एउटा सफल राजनीतिज्ञ हो ।’   

निचोड

संयुक्त रास्ट्रसंघले मानवअधिकारको विश्वव्यापी घोषणामा शिक्षालाई हकको रूपमा समावेश गर्नुभन्दा एक वगर्ष अगाडि स्कुल र कलेजमा पढ्न पाउनुपर्ने बालिकारमहिलाको हक स्थापित गर्न आफ्नो ज्यानको बाजी राखेर प्रधान संघर्षमा होमिनुभएको थियो । जहानियाँ तानाशाही राणाशासन कालमा त्यसरी लड्ने हिम्मत गर्नु अत्यन्तै ठूलो कुरा थियो । उहाँ सफल राजनीतिज्ञ मात्र होइन, शैक्षिक सचेतीकरण र हक प्राप्तिको अभियानकी सारथि पनि हो ।

हरेक शोकलाई शक्तिमा बदल्न सक्ने प्रेरणाकी स्रोत हुनुहुन्छ सहाना । इमान्दारीको प्रतीक पनि । अनेकौँ समस्या, प्रतिकूलता तथा उमेरको पावन्दीभन्दा माथि उठेर स्वयंलाई शिक्षाको सगरमाथा टेक्ने बाटोमा हिँडाउन हरदम कम्मर कस्ने शिक्षानुरागी व्यक्तित्व हुनुहुन्छ सहाना । २००४ सालको उपत्यकाव्यापी जनप्रदर्शन र प्रधानलगायतका शिक्षाप्रेमी संघर्षशील व्यक्तिहरूको अनसन नेपालको शैक्षिक आन्दोलनको इतिहासका कोशेढुंगा हुन् ।