भान्सामा ७३ करोडको पेंटिंग भेटियो, लिलामीमा राखिदै

भान्सामा ७३ करोडको पेंटिंग भेटियो, लिलामीमा राखिदै

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन १०, २०७६

काठमाडौं, एजेन्सी । फ्रान्सको काम्पैनियन शहरमा एउटा महिलाको भान्सामा ७३ करोड़ रुपैयाँ मूल्य बराबरको पेंटिंग राखेकाे भेटिएको छ ।

महिलाले यसलाई आफ्नो भान्साको चुल्हो माथि टांगेर राखेको थिइन् । यो पेटिंग प्रख्यात पेंटर चिमाबुएको भएको बताइएको छ । २७ अक्टोबरमा भेटिएको पेंटिंग अब लिलामीको लागि राखिने भएको छ । 

महिलाले भनिन- उनले यसलाईसाधारण पेंटिंग मानेकी थिइन् । उनको परिवारले यसलाई धार्मिक प्रतीकका रुपमा घरमा राखिएकाे थियो । पछिल्लो वर्ष जब म घर बेच्दै थिएँ त्यसबखत मलाई यसको महत्वको बारेमा थाहा भयो । घर बेच्नलाई खाली गर्नु अगाडी जब मैले एक लिलाम विज्ञलाई बोलाएँ तब उ पनि आश्चर्य चकित भयो र मलाई यो पेंटिंगको बारेमा बतायो ।  

प्रख्यात पेंटर चिमाबुएको यो पेंटिंग १३ औं शताब्दीको हो । चिमाबुएले ईसा मसीहसँग सम्बन्धित ८ वटा पेंटिग बनाएका थिए । जसमा एउटा २० वर्ष अघि लंडनमा भेटिएको थियो । त्यसबेला त्यो पेंटिंग पनि लिलाम विज्ञले चिनेका थिए । महिलाले यो पेंटिंग आफ्नो घरमा कसरी आयो भन्ने बारेम आफूलाई थाहा नभएको बताइन् ।