निलम्बनले थलिएको नेपाली क्रिकेटमा चुनावः पाण्डे र चन्दबीच प्रतिस्पर्धा हुँदै

निलम्बनले थलिएको नेपाली क्रिकेटमा चुनावः  पाण्डे र चन्दबीच प्रतिस्पर्धा हुँदै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन १०, २०७६

काठमाडाैँ । अहिले नेपाली क्रिकेटमा नेतृत्वको चर्चामा क्रिकेटकै हस्तीहरुको उम्मेदवारीको चर्चा उत्कृर्षमा रहेको छ । तर नेपाली क्रिकेटले एउटा स्वर्णीम मौका फेरी प्राप्त गर्ने सम्भावना रहेको छ।

२०७६ असाेज १० र ११ अर्थात शुक्रबार र शनिबार नयाँ नेतृत्वका लागि क्यानको केन्द्रीय साधारण सभा आयोजना गरिएकाेछ । पछिल्लो चार वर्ष प्रतिबन्धमा परेपछि विभिन्न आरोहअवरोहबिच एउटा निष्कर्षमा नेपाली क्रिकेट पुग्ने अपेक्षा गरिएको छ । जसले आईसीसीले लगाउँदै आएको प्रतिबन्ध औपचारीक रुपमा खोल्ने बातावरण तयार हुनेछ । 

क्यान निलम्बनमा परेसँगै सर्वोच्च निकायमाथि साढे तीन वर्षयताको निलम्बन फुकुवाको प्रक्रिया आईसीसीले अगाडि बढाएको थियो । सोही प्रक्रिया अनुसार अन्तिम चरणको कार्य हुन लागेको हो । नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भन्दै अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०७३ को वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । नेपाली क्रिकेटलाई नयाँ ढंगले ब्युँत्याउनेक्रममा आईसीसीले सल्लाहकार समिति हुँदै स्वतन्त्र समितिबाट बनाएको नयाँ विधानमार्फत क्यान नेतृत्वका लागि शनिबार निर्वाचन गर्दे छ ।

२०७६ असाेज १० शनिबार बिहान उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको छ भने दिउँसो निर्वाचनको कार्यक्रम रहेको छ । स्वतन्त्र कमीटीका कानुनि सल्लाहकार राजेश्वर मान श्रेष्ठ भन्छन ‘निर्वाचन प्रक्रिया शनिबारनै सुरु गरिने छ । शुक्रबार भने उदघाटन र बन्द सत्रको कार्यक्रम छ । जहाँ निर्वाचनका लागि आबश्यक मापदण्ड बन्दसत्रले तय गर्ने छ ।’ निर्वाचनले १७ सदसिय कार्यसमितीकव निर्वािचत  गर्ने छ । जसका लागि जिल्ला र केन्द्रबाट छनोट भएका ५९ सदस्यले मतदान गर्ने छन् ।

१३ अक्टोबर विशेष दिनकाे अपेक्षा

नेपालले सफल्तापुर्वक निर्वाचन सम्मपन्न गरेपछि १३ अक्टोबर विशेष दिनका रुपमा रहने छ । आईसीसीले उसको निगरानीमानै नेपालमा चुनवा गराएपछि १३ अक्टोबरमा बस्ने बैठकबाट नेपालको निलम्बन फुकुवा गर्नेमा ढुक्क छ । त्यसैले यो पटकको क्यान निर्वाचन अमुक नेतृत्वका लागि मात्र नभई ‘निलम्बन फुकुवा’ को महत्वपुर्ण एजेन्डाका रुपमा रहेको छ ।

राखेपको बखेडाले एकसाता पछि

आइसिसीकै निर्देशनअनुसार स्वतन्त्र कमीटीले निर्वाचनका लागि ३ र ४ असोजको मिती सार्वजानिक गरेको थियो राखेपले विधानअनुसार आफ्नो अनुमति नलिएको तथा २१ दिनको सूचना प्रकाशित नगरेको भन्दै असोज ३ र ४ को साधारणसभा मान्य नहुने बताएपछि तत्काललाई स्थगित गरिएको थियाे । समाधान उन्मुख अवस्थामा रहेको विवाद पुनः एकपटक विवादमा फसेपछि आइसिसीका उपाध्यक्ष इमरान ख्वाजा तथा कर्मचारी अमर शेख नेपाल आएर भदौ ३० मा राखेप तथा अन्य सरोकारवालासँग सहमति निकालेका थिए। त्यही सहमतिअनुसार  २०७६ असाेज १० र ११ को लागि चुनावको नयाँ मिति तय गरिएको थियो । 

क्यान निलम्बनको अन्तर्य

अन्तराष्ट्रीय क्रिकेट परिषद (आइसिसी)ले २०७३ को वैशाखमा सरकारी हस्तक्षेप भएको भन्दै क्यान निलम्बनको निर्णय गर्‍यो । त्यो निर्णयको कारण भने राखेपले २०७२ पुसमा निर्वाचित क्यानको कार्यसमिति विघटन गर्दै नयाँ तदर्थ समिति बनाउनुनै मुख्य हो । त्यसअघिदेखिनै पटक–पटक निलम्बनको चेतावनी पाउँदै आएको नेपाल अन्तत सोहि कारण देखाएर २०७३ वैशाख  मा सदस्यता निलम्बनमा राखेको थियो।

२०७२ को मंसिरमा टंक आङबुहाङ नेतृत्वको म्याद सकिएपछि नयाँ निर्वाचनको विषयमा विवाद बढ्दै गएको थियो । विवाद विच तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायतको पक्षले मङ्सिरमा चुनावी साधारणसभा गर्दै चतुर बहादुर चन्दको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । तर, त्यसलाई राष्ट्रिय खेलकुद परिषद(राखेप) र अध्यक्ष टंक आङ्बुहाङ पक्षले अबैधानिक बताए ।

यस्तोमा राखेपले एकमहिना नवित्दै २०७२ पुसमा रमेश सिलवालको अध्यक्षतामा नेपाल क्रिकेट संघ क्यानको १५ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । तर, चतुरबहादुर चन्द लगाएतले राखेपको तदर्थ समितिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको थियो । यस्तोमा सर्वोच्चले दुवै पक्षलाई काम कारबाही नगर्न निर्देशन दिएपछि क्यानको विवाद उत्कर्षमा रहि रहयो । राखेप आफैले बुनेको षडयन्त्रमा तत्कालीन क्यानलाई फसाएर २०७२ मंसिर २८ र २९ मा भएको निर्वाचन अमान्य घोषणा गर्दै तदर्थ समिति बनाएको थियो। त्यसलाई राजनीतिक हस्तक्षेप भन्दै आइसिसीले नेपालको सदस्यता निलम्बनको चरणमा पुगेकाे थियाे ।  

यसरी भयो सहमती

आईसीसीको निलम्बनमा परेपछि थलिएको नेपाली क्रिकेट आइसिसीलगायतत अन्य सबै सरोकारवालासँगको अन्तरक्रियाबाट क्यानको नयाँ विधान बनाएपछि स्वतन्त्र समूह गठन गर्दै विवाद समाधान तर्फ अघि बढ्यो । २०७४ जेठमा गठित स्वतन्त्र समूहलाई पहिल्यै भइसकेका जिल्ला निर्वाचनको अध्ययन गर्ने र समस्या भए फेरि गराउने, त्यसपछि सबै प्रदेश हुँदै केन्द्रको निर्वाचन गरी नयाँ नेतृत्वलाई क्रिकेट प्रशासनको बागडोर सुम्पिने म्यान्डेट दिइएको थियो । सोहि अनुसार जिल्ला, प्रदेशको निर्वाचन सम्पन्न भएर त्यहाँबाट ५९ जना सदस्य छनोट भएका थिए । 

नेतृत्वका दाबेदार

लामो समयपछि हुन लागेको क्यान निर्वाचनमा अध्यक्ष पदका लागि दुई पूर्व अध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच प्रतिस्पर्धा हुने लगभग निश्चित जस्तै छ । तर शनिबार विहान हुने मनोनयनसम्म पनि सबै संभावनाहरु बाँकीने रहने छन् । चार दशकभन्दा लामो समयसम्म महासचिव, अध्यक्ष, उपाध्यक्षलगायतका पदमा रहेर नेपाली क्रिकेटलाई नेतृत्व गरेका पाण्डे अन्तराष्टीय सम्बन्धमा बलियो भएकाे व्यक्ति मानिन्छन् । नेपाललाई आइसिसीको सदस्यता दिलाउनेदेखि नेपाली क्रिकेटलाई आधुनिक युगमा प्रवेश गराउने श्रेय समेत पाण्डेलाई जाने गरेकाे छ ।

यसैगरी अध्यक्ष पदका अर्का उम्मेदवार चतुरबहादुर चन्द वर्तमान निर्वाचित क्यानका अध्यक्ष समेत हुन् । पाण्डे क्यानको अध्यक्ष हुँदा पनि कार्यसमितिमा रहेका चन्द पछिल्लो दुई दशकदेखि कुनै न कुनै भूमिकामा क्यानसँग आबद्ध छन् । पछिल्लो समय सरकारले क्यानको स्वायत्ततामाथि हस्तक्षेप गर्दा विधि र विधानको पक्षमा निरन्तर लडाई गरेको भन्दै उनले उम्मेदवारी दिने बताएका छन् । 

नेपाली खेलकुदमा हुने अधिकासं चुनावमा उम्मेदवारको लोकप्रियतासँगै राखेपको भूमिका पनि महत्वपूर्ण मानिन्छ । कुनै समय क्रिकेटकै हस्तीका रुपमा रहेका रमेश सिलवाल अहिले राखेपका प्रमुख कार्यकारी पदमा छन् । उनैलाई अध्यक्षको जिम्मेवारी दिएर क्यान पुनर्गठन गर्दा आइसिसीबाट नेपाली क्रिकेट निलम्बनमा परेको थियो । अत सिलवालको चासो महत्वपुर्ण हुनेनै छ । यद्धपि उनले सार्वजनिक रुपमा ‘निष्पक्ष’ निर्वाचन र क्यान समस्याको निकासमात्र आफ्नो चासोको विषय रहेको बताउँदै आएका छन् । यद्धपि एकसाता अघि आफुले सोचे अनुसारको नेतृत्व नआउने भएपछि उनले आफै निर्वाचन सार्ने बखेडा झिकेको स्रोत बताउँछ । उनी चन्दलाई हराएर पाण्डेलाई जिताउने पक्षमा सक्रिय रहँदा राखेपविरुद्धको लडाइसँगै लडेका अधिकांस व्यक्ति जिल्ला तथा प्रदेशबाट प्रतिनिधिका रुपमा आएकाले चन्द भने उत्साही रहेकाे बताउँछन् । यद्धपि यो बिचमा तेस्रो खेमाका रुपमा विनोद मैनालीपनि रहेका छन् । उनले आफ्नो छुट्टै उम्मेदवार उठाउने चर्चाले क्यान निर्वाचन थप पेचिलो बनेको छ । पुर्व क्यानका उपाध्यक्ष रहेका उनीपनि निर्वाचनका चर्चित खेलाडी हुन् । समग्रमा जो नेतृत्वमा आएपनि अब नेपाली क्रिकेटलाई अघि बढाउन त्यति सहज छैन् । तर आफ्नो बोर्ड भएपछि खेलाडीमाथि आईसीसीसीको सासनको औपचारीक अन्त भने हुने छ ।