ट्रम्प  विरुद्ध महाभियोग !

ट्रम्प  विरुद्ध महाभियोग !

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन १०, २०७६

एजेंसी । राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीको विवरण  लुकाउने कार्य  वाइट  हाउसका अधिकारीले गरेको आरोप लागेको छ।

अमेरिकी राष्ट्रपतिविरूद्ध लागेको  उजुरीमा यस्तो  आरोप लगाइएको छ । आरोपमा भनिएको छ- राष्ट्रपति ट्रम्पले  युक्रेनी राष्ट्रपतिमाथि  जो बाइडनविरुद्ध अनुसन्धान गर्न दबाव दिएका थिए।

सार्वजनिक भएको  पछिल्लो उजुरीमा भनिएको छ,  दुइजना राष्ट्र प्रमुख बीच भएको फोन संवादको प्रतिलिपि नियमित कम्प्युटर प्रणालीमा राखिएको छैन । त्यसको सट्टा विशेष प्रकारको सूचनाको निम्ति प्रयोग हुने बेग्लै कम्प्युटर प्रणालीमा त्यो राखिएको  छ ।

अमेरिकाको  तल्लो सदनकी डेमोक्र्याट सदस्य  न्यान्सी पेलोसीले रिपब्लिकन राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको औपचारिक अनुसन्धान  अघि बढाएको जानकारी  छन्  ।

उनले राष्ट्रपति ट्रम्पमाथि  जो बाइडनको छवि धमिल्याउन सहयोग गरेको  आरोप लगाएकी छन्। बाइडन सन् २०२० मा हुन लागेको राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने दौडको अग्रपङ्क्तिमा छन्।