ह्याकरहरुले एयरबसका आपूर्तिकर्ताको सूचना चोरी गर्ने प्रयास

ह्याकरहरुले एयरबसका आपूर्तिकर्ताको सूचना चोरी गर्ने प्रयास

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ११, २०७६

काठमाडाैँ ,एजेन्सी ।  ह्यकरहरुको हमलाबाट कोही पनि सुरक्षित छैनन भन्ने जानकारी  पटक पटक आउने  गरेको संकेत मिल्ने गरेका विषय हुन । यसबारे नयाँ समाचार अनुसार  ह्याकरहरुले युरोपको हवाई कम्पनी एयरबसमाथि साइबर आक्रमण गरेका छन्।

ह्याकरहरुले एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्ने प्रयास गरेका छन  ।

 कम्पनीका सुरक्षाविद्ले गएको १२ महिनाको समयावधिमा ४ पटक यस्तो साइबर  प्रयास भएको  बताएका छन्।

एयरबसका सुरक्षा विज्ञका अनुसार एयरबसको गोप्यतामाथि  साइबर आक्रमण गर्ने दुइजना चिनियाँ नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताएका छन ।

 जानकारी अनुसार एयरबस संग सहकार्य गर्ने दुईवटा फ्रान्सेली कम्पनीमाथि पनि साइबर आक्रमण भएका छन ।