हिरो गोल्डकप : नेपाल र इरान भिड्दै

हिरो गोल्डकप : नेपाल र इरान भिड्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन १, २०७५

काठमाडौं । भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । 

भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ । 

भारत, इरान, नेपाल र म्यानमार सहभागी  प्रतियोगितामा नेपाल तीन अंकसहित दोस्रो स्थानमा छ । नेपालले खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार भोगेको छ । म्यानमार ६ अंकसहित पहिलो स्थानमा छ । नेपालसँग अंक बराबरी भए पनि भारत तेस्रो स्थानमा छ । इराक अंकबिहिन छ । 

आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष दुईमा पर्दै फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा अर्को खेलको नतिजा कुर्नुपर्नेछ । 

आजै हुने खेलमा म्यानमार र भारत पनि प्रतिस्पर्धा गर्दैछन् । यो खेल बराबरी खेलेमा वा म्यानमारले भारतलाई हराएमा वा भारतले थोरै गोलअन्तरमा म्यानमारलाई हराएमा नेपाल फाइनल पुग्ने सम्भावना बढी हुन्छ । यस्तै म्यानमारले भारतलाई हराएर सानो गोलअन्तरका आधारमा इरानसँग हारेमा पनि नेपाल फाइनल पुग्न सक्छ । 

 प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्ने खबर राससमा छ ।