नियात्रा जस्तै जीवनयात्रामा बगेका प्रतीक ढकाल- २

नियात्रा जस्तै जीवनयात्रामा बगेका प्रतीक ढकाल- २

घनेन्द्र ओझा  |  अन्तर्मन्थन  |  आश्विन ११, २०७६

लावतीको त्यो अश्लील गाली

२०४० सालमा स्कुल शिक्षकबाट जागिर गएपछि नेत्रप्रसाद ढकालसँग काठमाडौं आउनुभयो प्रतीक । पद्मसुन्दर लावती निकै चल्तापुर्जा मन्त्री थिए । नेत्रले लावतीसँग भेट गराइदिनुभयो प्रतीकको । उद्देश्य थियो– जागिरको । 

झापाबाट छँदाखाँदाको शिक्षक जागिरबाट हात धोएर काठमाडौंमा गएर कुनै जागिर खाने सोचले रात्रि बस चढेर मन्त्री भेट्न पुग्नुभएका प्रतीकलाई मन्त्री लावतीले राम्रैसँग बजाए– अश्लील शब्दले । ‘तँ जाँ...लाई काँकडभिट्टाबाट बस चढेर नेत्रको पछि लागेर यहाँ आउँदैमा जागिर मिल्छ ? रूखमा टिपेर पाइन्छ काठा जागिर ?’, मन्त्री लावतीका शब्द स्मरण गर्दै पीरो अनुहार लगाउनुभयो ढकालले ।

त्यसपछि साथी नेत्र, जसले प्रतीकलाई मन्त्रीकहाँ लैजानुभएको थियो, बाहिर निस्किएर मुखभरी लोपारेर भन्नुभएछ– ‘यी तिम्रो मन्त्री, देखाइदियो ।’
नेत्रले ‘यस्तै हो लिम्बूको बानी’ भनेर थपथपाउनुभएछ प्रतीकलाई ।

अधिकृतमा पास 

२०४५ सालमा ६० सिट अधिकृतका लागि लोकसेवा खुल्यो । ढकालले परीक्षा दिनुभयो । अब उहाँलाई के ढुक्क थियो भने पहिला जस्तो प्रहरी रिपोर्ट गलत जाने भएन, किनभने जिप्रका झापामा रहेको उहाँको अ.त.को फाइल हटाएर जापानमा स्वर्ण पदक पाएको गोरखापत्रमा छापिएको फोटो त्यस फाइलमा राखिइसकिएको थियो ।

२०४६ साउन १ गतेदेखि ढकाल तत्कालीन श्री ५ को सरकारका अधिकृत हुनुभयो ।

त्यसबेला अधिकृत हुनु निकै ठूलो र गर्वको विषय हुन्थ्यो । सामान्य प्रशासन मन्त्रालयका सचिव विमलकुमार बस्नेतले कुन मन्त्रालय जाने ? भनेर सोध्नुभएछ । अर्थ मन्त्रालयले ३ जना मागेको रहेछ, त्यहाँ १, २ र ३ नम्बरमा नाम निकाल्नेहरू गएछन् । ४ नम्बरमा नाम निकाल्ने वाणिज्यतिर गएछन् । ढकालको पर्‍यो ५ नम्बरमा । 

रमाइलो त के भने अधिकृतमा नाम निकालिसकेका ढकाललाई देशमा कति र कुनकुन मन्त्रालय छन् भन्नेसमेत थाहा रहेनछ । विमलले भन्नुभएछ, ‘सरकारी अधिकृत पास गरेकालाई राज्य संरचनासमेत थाहा छैन है !’

ढकालले भन्नुभएछ, ‘मैले लोकसेवाले सोधेका प्रश्नको उत्तर मात्र दिएर पास गरेको हुँ ।’

‘मैले काठमाडौं बस्ने अवस्था थिएन, चौध सय पचास रूपैयाँ तलबले थेग्दैनथ्यो’, ढकाल भन्नुहुन्छ, ‘जुन मन्त्रालयमा जाँदा काठमाडौं बस्नुपर्दैन, त्यही मन्त्रालय जान्छु भनेँ ।’

त्यसपछि पंचायत तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत पदस्थापन भएछ ढकालको । त्यसको केही दिनपछि ढकाललाई जिल्ला पंचायत सचिवालय बझाङका लागि पत्र थमाइएछ । बझाङ सुदूरपश्चिमको दुर्गम र चीनसँग जोडिएको जिल्ला । ढकाल सुदूरपूर्वका । ढकालको पारो यसरी तातेछ कि उहाँ सरासर सोही मन्त्रालयका सहायकमन्त्री बेनुपराज प्रसाईंकहाँ जानुभएछ । भन्नुभएछ, ‘मलाई बदला लिइछाड्नुभयो होइन दाइ ?’

भएछ के भने, प्रतीक इलाम क्याम्पस पढ्दा अखिलको नेता– जिल्ला सचिव । क्याम्पसमा नेविसंघ र अखिलबीच मारपिट चलिरहने । त्यहीँका कांग्रेस नेता बेनुपराज । ढकाललाई लाग्यो– पक्का पनि डेढ दशकअघिको बदला मन्त्रीले लिए ।

ढकालले मन्त्री प्रसाईंलाई भन्नुभएछ, ‘म सधैँ नेविसंघका साथीहरूलाई मारपिटबाट जोगाउन खोज्थेँ, म जिल्ला सचिव भए पनि आफैँ कसैलाई कुट्न दिन्नथेँ ।’

मन्त्री प्रसाईं मुस्कुराउनुभएछ र भन्नुभएछ, ‘तिम्रो बुद्धि छैन भन्ने त थाहा थियो, अब झनै प्रस्ट भयो ।’

वास्तवमा मन्त्रीले त ढकाललाई माया गरेर पो बझाङ पठाउने निधो गर्नुभएको रहेछ ।

मन्त्रीले भन्नुभएछ, ‘बझाङमा बाह्रै महिना चल्ने हवाईजहाज छ । परिवार सँगै लैजान पाउँछौ । सदरमुकाम एयरपोर्टबाट नजिकै छ, धेरै हिँड्नुपर्दैन । बढुवाका लागि वर्षको ५ प्रतिशत आउँछ । दुर्गम भत्ता ७५ प्रतिशत हुन्छ ।’

यति मात्र होइन, मन्त्रीले त्यहाँका स्थानीय विकास अधिकारी सरुवा हुन लागेका र आफैँ २ वर्ष हाकिम भएर बस्न पाइनेसमेत बताएपछि पो होस खुलेछ ढकालको ।

‘म कति गलत रहेछु’, ढकाल भन्नुहुन्छ, ‘त्यसबेला नै थाहा पाएँ कि बुद्धिमान मान्छेले राजनीतिक पूर्वाग्रह राख्दैन र राख्नु पनि हुँदैन ।’ बझाङ त जानुभयो ढकाल तर त्यहाँको भाषा (भाषिका) बुझ्न निकै कठिन भयो । विस्तारै अभ्यस्त हुँदै जानुभयो । 

२ वर्ष बझाङ बस्दा ढकालले केही महत्त्वपूर्ण विकासका कार्य गरेको दाबी गर्नुहुन्छ । उहाँका अनुसार जयपृथ्वीबहादुर सिंह मूल मार्ग (खोड्पे–बझाङ) उहाँकै पहलमा निर्माण आरम्भ भएको थियो ।

२०४८ सालको आमनिर्वाचन गराएपछि उहाँको सरुवा भयो कैलाली । कैलालीबाट घर आउन हैरान । बिहान हिँडेको, बेलुका नेपालगंजको बास । आफू त्यहाँ बस्न नसक्ने ठान्नुभयो । यहीबीचमा कैलालीमा स्थानीय नेताहरू मिलेर त्यहाँका योजनाहरू ठेक्का दिने र कमिसन खाने चलन रहेको थाहा पाउनुभएछ । उहाँ आफैँ योजना अधिकृत । एलडीओले पनि नेता र ठेकेदारकै पक्ष लिने ।

शहीद दिवसका दिन ढकालले सार्वजनिक मंचमै भाषण गर्नुभएछ– ‘०४६ सालको आन्दोलनको रक्तरंजित फोटो टाँसौँ अनि भ्रष्टाचार गर्दिनँ भनौँ ।’
त्यसबेलाका स्थानीय नेताहरू टेकबहादुर चोख्याललगायत काठमाडौं आएर ‘ढकाललाई कैलालीमा हुँदैन, सरुवा गर्नुपर्‍यो’ भनेछन् । 

रामचन्द्र पौडेल स्थानीय विकासमन्त्री हुनुहुँदोरहेछ । ढकाललाई २४ घन्टाभित्र मन्त्रालयमा हाजिर हुनआउने भनेर पत्र गएछ । तर, ढकाल १५ दिनपछि जानुभएछ ।

मन्त्री पौडेलले ‘कर्मचारी भएर राजनीति गर्ने ? कांग्रेसलाई अप्ठ्यारोमा पार्ने ?’ भनेर थर्काउनुभएछ ।

ढकालले आफूले उपभोक्ता समितिमार्फत् काम गराउन चाहेको र यसो गर्दा अनियमितता कम हुने साथै काम पनि प्रभावकारी हुने बताउनुभएछ ।
सुदूरपश्चिमतिरकै नेता सुरेश मल्ल सँगै हुनुहुँदोरहेछ । उहाँले मन्त्री पौडेललाई भन्नुभएछ– ‘गधा पोस्न गाईलाई गाली गर्दै हुनुहुन्छ मन्त्रीज्यू !’

त्यसपछि ढकालको सरुवा भयो स्याङ्जा । स्याङ्जामा केही नयाँ कामको थालनी गरेको उहाँ बताउनुहुन्छ । ‘संभवतः नेपालमै स्थानीय निकायमा पहिलो पंचवर्षीय योजना मैले स्याङ्जामा तयार पारेँ’, ढकाल भन्नुहुन्छ ।

केही समय स्याङ्जा बसेपछि ढकाल मन्त्रालय आउनुभयो । २०५१ सालमा पोखरा नगरपालिकाको कार्यकारी अधिकृत भएर जानुभयो । त्यहीबीच एक सिट उपसचिव खुल्यो । २०५२ सालमा उपसचिव बन्नुभयो ढकाल ।

केही समय हुलाकसेवाअन्तर्गत गोश्वारा हुलाकमा नायव निर्देशक बनेर त्यसपछि तनहुँको सीडीओ भएर काजमा जानुभयो । स्थानीय चुनावमा प्रमुख निर्वाचन अधिकृतका रूपमा रहेर निर्वाचन सम्पन्न गराउनुभयो । त्यहाँ कांग्रेस नमज्जाले हार्‍यो ।

रामचन्द्र पौडेल सभामुख हुनुहुन्थ्यो, उहाँकै जिल्ला तनहुँ । पौडेलले ठान्नुभएछ– ढकालले पहिलाको बदला लियो ।

त्यसपछि ढकाल कपिलवस्तुको सीडीओ बनेर जानुभयो ।

कपिलवस्तुमा स्थानीय निर्वाचनका २९ वटा मुद्दा छिनोफानोको पर्खाइमा रहेछन् । जनता तनावमा रहेछन् । कर्मचारीलाई किन रोकिएका मुद्दा भन्दा अंग नपुगेकाले भनेछन् ।

यहाँ पनि ढकालले आफ्नो बठ्याइँ प्रयोग गर्नुभएछ ।

गृहमन्त्री वामदेव गौतम हुनुहुँदोरहेछ । त्यहीँ कार्यालयबाटै सबै कर्मचारीलाई साथै राखेर मन्त्रीलाई फोन गर्नुभएछ । भन्नुभएछ, ‘अबको १४ दिनभित्र मुद्दाको अंग पुगेन भने यी कर्मचारीलाई सरुवा गर्न मन्त्रीज्यूले सहयोग गर्नुपर्छ ।’कर्मचारी विचराको सातो नउड्ने कुरै थिएन ।
‘यसपछि १४ दिनभित्रै २९ वटै मुद्दाको एउटै फैसलामा ८० पेज लेखेर किनारा ल

गाइयो’, यसो भन्दा ढकालको छाती फुलेको अनुभव हुन्थ्यो ।

‘अनि त मेरो अवीरजात्रा भइहाल्यो नि !’, गर्वका साथ स्मरण गर्नुभयो ढकालले ।

उहाँका अनुसार विदेश पठाउने एजेन्टदेखि एयरलाइन्स र अध्यागमनका कर्मचारीसमेत यस्ता अनियमिततामा संलग्न हुन्थे । यो थाहा पाएपछि त्यसलाई नियन्त्रण गर्ने अनेक उपाय गर्नुभयो ढकालले । केसम्म भएछ भने, सबैतिर अनुगमनका लागि सीसी क्यमेरा जडान गरिएछ । तर, भोलिपल्ट कर्मचारीको डेस्क एकातिर, सीसी क्यामेराको कभरेज एरिया अर्कैतिर । त्यति मात्र होइन, तारहरू र जङ्सन बक्स नै भताभुङ्ग ।

लोटा र डायन काण्ड

कपिलवस्तुमै सीडीओ हुँदा ढकालले बिहानतिर मर्निङवाकमा निस्कँदा अनौठो दृश्य देख्नुभएछ । दक्षिणी भेगतिर बाटोका किनारमा लहरै मान्छेहरू लोटा लिएर बसिरहेका । त्यो त उनीहरूको दैनिक नित्यकर्म रहेछ अर्थात् बाटोको किनार नै चर्पी रहेछ उनीहरूका लागि । 

ढकालले केही भन्नुभएनछ । भोलिपल्ट बिहानै प्रहरीको गाडी र केही प्रहरी लिएर जानुभएछ र तल्लो भेगबाट हरेकका लोटा मात्र उठाएर गाडीमा हालेर भन्नुभएछ– ‘लोटा लिन भोलि आउनू र नाम लेखेर लैजानू ।’

‘को आउँथ्यो आफ्नै बेइज्जत हुनेगरी नाम लेखेर लोटा लिन ?’, ढकाल सम्झनुहुन्छ, ‘त्यसपछि यसरी खुला ठाउँमा दिशा गर्न बन्द भयो ।’

अर्को घटना भयो कपिलवस्तुमै । इमिलिया भन्ने ठाउँमा डायन पक्रिएको भन्ने खबर आयो । ढकालले ‘पक्रिएर चौकीमा राखिरहनु, म आउँछु’ भन्नुभयो । केही प्रहरीसहित उहाँ त्यहाँ पुग्नुभयो । 

निकै धेरै मान्छे भेला भएका रहेछन् । प्रहरीले सबैलाई घेरा हाल्यो । 

ढकालले सोध्नुभयो, ‘पहिलो पटक मैले डायन देखेँ, डायनले केके गर्छन् ?’

एउटाले डायनका बारेमा धेरै कुरा भन्यो । ढकालले यो मान्छेलाई अगाडि राखिएको कुर्सीमा आसन ग्रहण गराउनुभयो । अर्कोले पनि थप केही भन्यो, उसलाई पनि उसरी नै आसन ग्रहण गराउनुभयो । एवं रीतले डायनबारे जानकारी दिने ६ जनालाई उहाँले आसन ग्रहण गराउनुभयो ।

‘६ जनाले डायनबारे फुर्ती लगाए, उनीहरूलाई आसन ग्रहण गराएँ’, ढकाल भन्नुहुन्छ ।

ढकालले फेरि सोध्नुभयो, ‘डायनको घर कस्तो छ ?’

ती महिला, जो डायनको आरोपमा पक्राउ परेकी थिइन्, उनको घर फुसको भएको बताए उनीहरूले । 

‘यस्तो चमत्कार गर्न सक्ने, डायनले कसरी आफ्नो घर राम्रो बनाउन सकिनन् त ?’, ढकालले फेरि सोध्नुभयो ।

ती महिलाले ‘म डायन होइन’ भन्दै रोइन् । त्यसपछि ढकालले ती ६ जनासँगै उक्त महिलालाई कुसीमा राखिदिनुभयो । 

अनि भन्नुभयो, ‘तपाई यो गाउँकी, यी मान्छेहरूकी आमा हुनुहुन्छ । यी तपाईंका सन्तानहरू हुन् । यिनले तपाईंलाई डायन भनेर अपमान गरेर गल्ती गरे । म यिनीहरूको तर्फबाट माफ माग्छु ।’ यति भनेर १०० रूपैयाँको नोट ती महिलाको खुट्टामा राख्नुभयो ढकालले ।

सँगसँगै भन्नुभयो, ‘पितृ भइसकेकीलाई अपराध चिताउने यिनीहरूलाई २ वर्ष जेल हाल्नू र अति गरे भने गोली ठोक्नू ।’ (बाटोमा आउँदै गर्दा सबै प्रहरीसँग यस्तो कुरा गरेर तर्साउने भन्ने सल्लाह भने भइसकेको थियो ।)

त्यसपछि धेरैजसोले ती महिलाका खुट्टामा भएको पैसा राख्दै माफी मागे र ‘पतियादेवी माई की जय’ भनेर काँधमा राखेर बजार घुमाउन थाले ।

‘त्यसपछि त्यहाँ डायन कहिल्यै निस्किएनन्’, ढकाल भन्नुहुन्छ ।

यसबीचमा ढकालले सातवटा जागिर खानुभयो र ती सबै स्थायी नै थिए ।

उहाँका अनुसार उहाँले खानुभएका कुनै पनि जागिर कसैलाई भनसुन नगराई खानुभएको हो । ‘त्यही भएर जागिर माग्नेहरूलाई मेरो सुझाव हुन्छ– लोकसेवा पढेर नाम निकालेर खानू’, ढकाल भन्नुहुन्छ । उहाँ मिहिनेतविनाको फल प्राप्तिमा कुनै स्वाद नहुने र त्यो दिगो पनि नहुने बताउनुहुन्छ ।

पर्यटन मन्त्रालयमा सरुवा र नियात्रा

कपिलवस्तुबाट ढकाल गृह मन्त्रालय फर्कनुभयो । केही समयभित्रै पर्यटन मन्त्रालय पर्वतारोहण शाखामा जानुभयो । त्यहीबेला उहाँले लेख्नुभएछ– ‘सगरमाथाको आधारशिविरबाट ।’ उक्त पुस्तक नेपाल सरकारको आधिकारिक हिमालसम्बद्ध पुस्तक भएको उहाँ बताउनुहुन्छ । उक्त पुस्तक आपा शेर्पा र ल्हाक्पा शेर्पाले २०६४ सालमा सगरमाथाको शिखरमा विमोचन गर्नुभएको थियो । यो विश्वको पहिलो रेकर्ड थियो– सगरमाथा शिखरमा विमोचन गरिएको ।

ढकालको सरुवा हुने भएछ यातायात व्यवस्था मन्त्रालयमा । तत्कालीन सांसद सोमप्रसाद पाण्डेले यो कुरा थाहा पाउनुभएछ । मन्त्री हुनुहुँदोरहेछ– धर्मनाथप्रसाद साह । पाण्डेले साहलाई ढकाललाई त्यस्तो मन्त्रालयमा नपठाउन भन्नुभएछ । उहाँ त्यस्तो मान्छे होइन भनेपछि ढकाललाई पर्यटनमै राखिएछ ।

पछि वामदेव गौतम गृहमन्त्री भएका बेला गृहमै निजी सचिवालय प्रमुख बनाइएछ ढकाललाई । पछि लागुऔषध शाखा हुँदै अध्यागमन कार्यालय विमानस्थलमा पठाइएछ ।

त्यहीबीच ढकाल सहसचिव हुनभयो । भीम रावल गृहमन्त्री भएका बेला ढकाललाई भन्नुभएछ, ‘तपाईंले पर्साको सीडीओ भएर गएर सरकारलाई सहयोग गर्नुपर्‍यो ।’

ढकालले अस्वीकार गर्नुभएछ मन्त्री रावलको प्रस्ताव । रावलले हरेकले पर्साको सीडीओ हुन टाउको ठोक्ने गरेको तर आफूले त्यहाँ जानुहोस् न भन्दा पनि अस्वीकार गर्ने ? भनेर रावलले पुनः कि पर्साको सीडीओ कि अध्यागमन नै जानुहोस् भन्नुभएछ । 

ढकालले अध्यागमन पनि बदनाम हुने ठाउँ भएकाले नजाने बताउनुभएछ । अर्को कुरा अध्यागमनमा त्यसबेलासम्म प्रमुख उपसचिव नै हुन्थे । अब सहसचिवलाई प्रमुख बनाएर पठाउने भयो । 

ढकाललाई अध्यागमनलाई डिजिटाइज्ड गर्ने जिमेवारीसहित पठाइयो । ढकालले उक्त काम सम्पन्न गर्न सजिलो सहयोगीका रूपमा प्रदीप कणेलको माग गर्नुभयो । सोलुबाट कणेल आउनुभयो । अध्यागमन विभागलाई डिजिटाइज्ड गर्ने काम व्यापक बन्यो ।

उहाँको लेख्ने बानीले त्यो संकटपूर्ण अवस्थामा ठूलो सहयोग गर्‍यो । उता मुद्दा चलिरहँदा पनि धेरै साहित्यिक साथीभाइले ढकाललाई मंच दिइरहे । अधिकांश समय ढकालले त्यसबीचमा साहित्यिक र सिर्जनशील गतिविधि अनि अध्ययनमा बिताउनुभयो । ‘मुद्दा चलिरहँदा पनि सयौँ कार्यक्रममा प्रमुख अतिथि, अतिथिका रूपमा निम्त्याइएँ, पुस्तकहरू अध्ययन र लेखनमा लागिरहेँ’, ढकाल भन्नुहुन्छ, ‘यस कारण पनि मैले डिप्रेसनमा जानुपरेन ।’

अनि खनिए ‘दुश्मन’

अध्यागमनमै त्यहाँको व्यवस्था सुधारका लागि निकै मिहिनेत गरेको बताउनुहुन्छ ढकाल । र, त्यही कारण आफूमाथि प्रहार भएको बुझाइछ उहाँको । 
अधिकांश नेपालीलाई अध्यागमन भनेको के हो भन्ने नै थाहा थिएन रे त्यसबेलासम्म ! विमानस्थलको सबै क्षेत्र अध्यागमन भन्ने बुझ्थे रे मान्छेले । ‘त्यही भएर अध्यागमन क्षेत्र छुट्याएँ’, ढकाल भन्नुहुन्छ ।

उता, डिजिटाइज्ड भएपछि त्यहाँ हुने ठगी र अनियमितता त ठ्याप्पै रोकिनेरहेछ । ‘कम्प्युटर इन्ट्री हुनेवित्तिकै व्यक्ति आएको र गएको (एराइभल/डिपार्चर) प्रस्ट थाहा हुनेरहेछ’, ढकाल भन्नुहुन्छ, ‘यसो भएपछि त पीसी (फोटो चेन्ज) गर्न नै नमिल्ने अनि अनियमिततामा ठेस लाग्ने भयो ।’

उहाँका अनुसार विदेश पठाउने एजेन्टदेखि एयरलाइन्स र अध्यागमनका कर्मचारीसमेत यस्ता अनियमिततामा संलग्न हुन्थे । यो थाहा पाएपछि त्यसलाई नियन्त्रण गर्ने अनेक उपाय गर्नुभयो ढकालले ।

केसम्म भएछ भने, सबैतिर अनुगमनका लागि सीसी क्यमेरा जडान गरिएछ । तर, भोलिपल्ट कर्मचारीको डेस्क एकातिर, सीसी क्यामेराको कभरेज एरिया अर्कैतिर । त्यति मात्र होइन, तारहरू र जङ्सन बक्स नै भताभुङ्ग ।

ढकाललाई तत्कालै लागेछ– अब असहयोग सुरु भयो ।

सीसी क्यामेरा जडान गरेपछि अनौठो हुन थालेछ । सिंगल ट्वाइलेटमा २–३ जनासम्म कर्मचारी छिर्न थालेछन् । ‘ट्वाइलेटमा त सीसी क्यामेरा थिएन’, ढकाल भन्नुहुन्छ, ‘घुसको भागवण्डा ट्वाइलेटमा हुन थाल्यो ।’

रातो पासपोर्ट काण्ड : ‘प्रतिस्पर्धीको कुत्सित खेल’

त्यहीबेला सांसदहरू गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन चौधरीको रातो पासपोर्ट दुरूपयोग भयो । अख्तियारले अनुसन्धान सुरु गर्‍यो । अनुसन्धान अधिकृत खटिनुभयो– रामकुमार आचार्य, जो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका साला हुनुहुन्छ ।

यादवको पासपोर्ट एक करोड ६२ लाख रूपैयाँमा र साहको २ लाख रूपैयाँमा बिक्री भएको भन्ने आरोप थियो । रामकुमार आचार्यले ढकाललाई बोलाएर बयान लिनुभएछ ।

ढकालले बयानमा भन्नुभएछ, ‘यो गलत कुरा हो, एक करोड ६२ लाख रूपैयाँ हालेर कसैले पासपोर्ट किन्छ ? बरु ठूलै सपिङ कम्प्लेक्स बनाउँछ त्यो पैसाले अथवा कतै लगानी गर्छ ।’

आचार्यले ढकाललाई केस अलिक अप्ठ्यारो भएको र ५० लाख रूपैयाँ लिएर अख्तियारमा आएर मिलाउन भन्नुभयो रे !

ढकालले एयरपोर्ट १७–१८ घण्टा चल्ने, आफू १०–५ बजेसम्म अफिसमा रहने र बाँकी समय अरू कर्मचारीको जिम्मामा रहने बताउनुभएछ । र, कसैले पैसा दिएमा लिइहाल्न तर आफू भने एक पैसा पनि नदिने बताउनुभएछ आचार्यलाई ।

अब सुरु भएछ द्वन्द्व । आचार्य र ढकाल दुवै सहसचिव । सचिवमा बढुवा हुने पालो आउनै लागेको । 

अख्तियारमा रामकुमारको मुनि उपसचिव जानुभएछ डिल्लीप्रसाद सिवाकोटी । इलाम पढ्दा सिवाकोटी नेविसंघमा र ढकाल अखिलमा हुनुहुन्थ्यो ।
‘त्यहीबेलाको बदला लिए डिल्लीले’, ढकाल भन्नुहुन्छ, ‘उनले सिंगै वामे नै, देश चलाउने मान्छे नै यहीँ रहेछ ।’

यहीबीच नायव सुब्बाले ‘बयानमा केही छुटेछ, थप बयान लिन पाऊँ’ भनेर निवेदन हालेछन् । उक्त निवेदन सचिवकहाँ नपुर्‍याई आचार्य स्वयंले तोक लगाउनुभएछ ।

अवुधावीबाट पक्राउ गरेर रातो पासपोर्टका अभियुक्तलाई ल्याइँदै रहेछ । त्यहीबेला ढकाललाई पक्राउ गर्न पठाइएछ । तर, संयोग ढकाल घरमा हुनुहुँदोरहेनछ । 

अब मुद्दा दायर भएछ ढकालविरुद्ध ।

निकै लामो समयसम्म मुद्दा छिनोफानो नभएपछि ढकाल आफैँ दिनदिनै विशेष अदालत जान थाल्नुभएछ । अदालतका अध्यक्ष मोहनरमण भट्टराईलाई ‘कहिले छिनोफानो हुन्छ ? अति भयो’ भनेपछि एक दिन भट्टराईले ‘अब यो मुद्दा सर्दैन’ भन्नुभएछ ।

अन्तिम दिन ढकाल आफैँले बोल्नुभएछ अदालतमा । ‘म अभियुक्तका रूपमा नभएर हाम्रो अध्यागमनको विज्ञका रूपमा बोल्छु’ भनेर ढकालले अध्यागमनभित्रका सबै प्रणाली र कर्तुत अनि अनियमितताका तरिकासम्म बताउनुभएछ । 

यही मुद्दामा ढकालले साढे ४ वर्ष सास्ती खेप्नुभएको बताउनुहुन्छ । ‘विशेष अदालतले मेरो नामसहित यसको कुनै दोष देखिएन होइन, छैन नै भनेर फैसला गर्‍यो ।’

ससुरा भन्ने ‘तपाईंलाई दुःख दिनेको कल्याण नहोस्’, ज्वाइँ लखेट्ने

कान्तिपुर दैनिकमा सम्पादक हुनुहुन्थ्यो नारायण वाग्ले । वाग्लेकै निर्देशनमा ढकालमाथि पटक पटक नियोजित सामग्री कान्तिपुरमा छापिएको ढकाल बताउनुहुन्छ । ‘वाग्लेजीले एक जना रिपोर्टर मेरै लागि मात्र खटाउनुभएको थियो’, ढकाल भन्नुहुन्छ, ‘तर ती रिपोर्टरले मलाई भन्थे, तपाईंको कुनै कसूर देखिन्न तर हाकिमको आदेशमा समाचार लेख्नुपर्‍यो ।’

यहीबीच पूर्वसभामुख दमननाथ ढुंगानाले ढकाललाई भन्नुभएछ, ‘तपाईं जस्तो मान्छेलाई दुःख दिनेको कहिल्यै कल्याण नहोस् ।’

ढकालले भन्नुभएछ, ‘तपाईंकै ज्वाइँले दुःख दिइरहेका छन् ।’ 
(नारायण वाग्ले ढुंगानाका ज्वाइँ हुनुहुन्छ ।)

उक्त घटनाबाट आफूले मानसिक र सामाजिक रूपमा ठूलो नोक्सानि व्यहोरेको र त्यसको क्षतिपूर्ति हुन नसक्ने ढकाल बताउनुहुन्छ ।

अक्षरले डिप्रेसनमा जान दिएन

उहाँको लेख्ने बानीले त्यो संकटपूर्ण अवस्थामा ठूलो सहयोग गर्‍यो । उता मुद्दा चलिरहँदा पनि धेरै साहित्यिक साथीभाइले ढकाललाई मंच दिइरहे । अधिकांश समय ढकालले त्यसबीचमा साहित्यिक र सिर्जनशील गतिविधि अनि अध्ययनमा बिताउनुभयो ।

‘मुद्दा चलिरहँदा पनि सयौँ कार्यक्रममा प्रमुख अतिथि, अतिथिका रूपमा निम्त्याइएँ, पुस्तकहरू अध्ययन र लेखनमा लागिरहेँ’, ढकाल भन्नुहुन्छ, ‘यस कारण पनि मैले डिप्रेसनमा जानुपरेन ।’

जागिर पुनर्वहाली

विशेष अदालतबाट सफाइ पाएपछि ढकाल पुनर्वहाली भई निजामती किताबखानाको महानिर्देशक भएर जानुभयो । त्यहाा केही समय बसेपछि राष्ट्रपति कार्यालयमा प्रवक्ताको रूपमा जानुभयो । 

‘साहित्यमा लागेको, भाषा पनि राम्रो भएकाले त्यहाँ जान अनुरोध भयो’, ढकाल भन्नुहुन्छ, ‘राष्ट्रपति कार्यालयबाटै म रिटायर्ड भएँ ।’

साहित्य : कविताबाट सुरु, नियात्रामा पहिचान

स्कुल पढ्दैदेखि ढकालमा साहित्यप्रतिको रुचि थियो । उहाँले स्कुलमै छँदा पाएजति र भेटेजति पुस्तक पढिसक्नुभएको थियो । उहाँले सुरुमा कविता लेख्नुभयो । केही समय कविता लेखेर ६ कक्षामा पढ्दै ‘लाली गुराँस’ कविताकृति छपाउने सोच बनाउनुभयो तर त्यो पूरा भएन । २०४२ सालमा शोककाव्य ‘सानुलाई’ प्रकाशन भयो, जसमा माधवप्रसाद घिमिरे, चूडामणि रेग्मी, गुमानसिंह चाम्लिङले भूमिका लेख्नुभएको थियो ।

२०४५ सालसम्म कविता लेख्नुभएका ढकालले त्यसपछि भने कवितालाई बिर्संदै जानुभयो । 

उहाँको पहिलो प्रकाशित कविता भने २०२८ सालमा झापाको स्थानीय पत्रिकामा छापिएको ‘धार’ शीर्षकको कविता थियो । उक्त कविताका केही पंक्ति अझै कण्ठ छ ढकाललाई ।

बच्चामा पढेका गोर्खाली वीरहरूको प्रभाव यस कवितामा देखिन्छ ।

दौड न दौड वीर बलभद्र
दौड न किल्ला किनार
के नाप्छन् र बन्दुकहरूले
खुकुरी झट्ट तिखार !

यसबीचमा ढकालले प्रशासन र राजनीतिशास्त्रका केही पुस्तक लेख्नुभयो । जागिरे जीवन, बढी जागिरमै समय बित्यो ।

भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविताकृति सर्वाधिक बिक्री भएपछि एउटा कृतिलाई प्रोत्साहन स्वरूप दिन थालिएको उक्त पुरस्कारको निरन्तरता रहे पनि भूपीपछिको सर्वाधिक बिक्री भएको ढकालको पुस्तक ‘हिमालपारि पुगेपछि’लाई भने दिइएन । ‘१० महिनामै चौथो संस्करण आएको कृतिले पुरस्कार पाएन’, ढकाल भन्नुहुन्छ, ‘उक्त पुरस्कारका अन्य सीमा पनि हुन्छनु क्यार !’ अमिलो अनुहार लगाएर सायद ढकालले साझाको बेथितिप्रति व्यंग्य गर्नुभएको हो ।

२०५६ सालतिर ढकालले केही पर्यटकलाई लिएर माथिल्लो डोल्पातिर जानुभयो । त्यसपछि मुस्ताङ जाने अवसर मिल्यो । उक्त यात्राका क्रममा उहाँले देख्नुभएको र अनुभव गर्नुभएको नेपालको प्राकृतिक सौन्दर्यले उहाँलाई उक्त ठाउँको वर्णन नगरी बस्न दिएन । त्यसैको उपलब्धि हो– ‘हिमालपारि पुगेपछि ।’ 

उक्त पुस्तक नेपालीमा लेखिएको भए पनि बेल्जियन पर्यटकहरू, जो उहाँसँगै गएका थिए, उनीहरूको आग्रहमा त्यसलाई अंग्रेजीमा अनुवाद गरेर छापियो ।

‘उक्त पुस्तक युरोपमा साँच्चै लोकप्रिय बन्यो’, ढकाल भन्नुहुन्छ, ‘पछि यो पुस्तक साझा प्रकाशनले छाप्न खोज्यो ।’

२०६१ मै साझाबाट उक्त पुस्तक छापियो पनि । १० महिनामै चौथो संस्करणसमेत आयो उक्त पुस्तकको । अहिले सातौँ संस्करण चलिरहेको ढकाल बताउनुहुन्छ । यसको एउटा संस्करण अमेरिकाको आई युनिभर्सले पनि छापेको छ ।

ढकाल केन्द्रीय धनादेश कार्यालयमा उपसचिव हुँदा २०–२२ जिल्ला घुम्नुभयो । त्यसपछि उहाँलाई लाग्यो– ७५ वटै जिल्ला किन नघुम्ने ?

पछिपछि ढकाललाई घुम्ने नशा यस्तो लाग्यो कि उहाँ प्लेनमा होइन, पैदल जाने ठाउँमा मात्र जान तयार हुनुभयो । जागिरकै क्रममा कतै जाँदा कुनै ठाउँ घुम्न मनलागे बिदा लिएरै घुम्न थाल्नुभयो । यही मेसोमा जन्मियो अर्को पुस्तक ‘सेती पनि काली पनि’, २०६३ । वास्तवमा यस पुस्तकमा सेती र महाकाली क्षेत्रको हिमाली सौन्दर्यको बयान छ । यस पुस्तकको पाँचौँ संस्करण आइसकेको छ ।

पर्यटन मन्त्रालयमै रहँदा लियाजन अफिसरका रूपमा ढकालले खुम्बू क्षेत्र जाने मौका पाउनुभयो । सगरमाथालाई शिरदेखि पाउसम्म हेर्न सकिने ठाउँ पाँचपोखरीको खोँच रहेछ भनेर उहाँले पत्ता लगाउनुभयो ।

ल्होत्सेको दक्षिण आधारशिविरदेखि सबै हिमाल हेर्दै चोयुको वेस क्याम्पसम्म पुग्नुभयो । यही क्षेत्रको र त्यही यात्राको वर्णन वृत्तान्त अनि सौन्दर्यको साक्षी हो– ‘सगरमाथाको आधारशिविरबाट’, २०६४ ।

२०६६ सालमा ढकाल नेपाल सरकारको प्रतिनिधित्व गर्दै चीनमा भएको एसियाली पर्वतारोहण संघको सम्मेलनमा भाग लिन जानुभयो । त्यहाँ सगरमाथा र नेपालका हिमालबारे निकै चर्चा भयो । ढकालले सगरमाथाको दुरूपयोग कसरी भइरहेको रहेछ भनेर थाहा पाउनुभयो । यसै सन्दर्भलाई लिएर ढकालले लेख्नुभयो, ‘चीनको विचित्र चित्र ।’ पछि सिंगापुरमा भएको यही संघको सम्मेलनमा सहभागीहरूले सगरमाथाको दुरूपयोगबारे आलोचना गर्दै खेद प्रस्ताव नै पारित गरे । उक्त निर्णयमा ‘सगरमाथाको उचाइ भनेको मान्छेको शूरता, वीरता, धैर्य र साहसको परीक्षण गर्ने ठाउँ हो, कुनै व्यापारिक वस्तुको प्रवर्द्धन गर्ने ठाउँ होइन’ भनियो । 

त्यसबेलै फ्रान्सेली हेलिकोप्टर (युरोकप्टर)लाई सगरमाथामा परीक्षण उडान गर्न दिइएको थियो र यसको समेत घोर आलोचना भएको थियो ।

तरुण साप्ताहिकमा ढकाल ‘पैतालाका छापहरू’ स्तम्भ लेख्नुहुन्थ्यो । त्यसमा आफ्ना नियात्रा अनुभव र अनुभूति हुन्थे । त्यसैलाई पछि पुस्तकका रूपमा ल्याउनुभयो, ‘पैतालाका छापहरू’, २०६६ । उक्त पुस्तकमा उहाँले घुम्नुभएका पूर्व, पश्चिम र हिमालका सन्दर्भ छन् ।

उहाँले विद्यार्थीकालतिरै राम आसरे वर्माको पुस्तक ‘हो चि मिन्ह’को अनुवाद गर्नुभयो, ‘काका हो चि मिन्ह’ नाममा २०३९ सालमा । उहाँलाई हो चि मिन्ह पढेपछि यति इमान्दार नेता पनि हुँदारहेछन् भन्ने लागेर उक्त पुस्तक अनुवाद गर्नुभएको रे ! पंचायतको जगजगीमा यस्तो पुस्तक अनुवाद गरेर आफैँ छापेर वितरण गर्नु चानचुने काम थिएन ।

सर्वाधिक बिक्री भए पनि पाइएन साझा पुरस्कार

साझा प्रकाशनले हरेक वर्ष सर्वाधिक बिक्री भएका आफूले प्रकाशन गरेका पुस्तकमध्ये एकलाई साझा पुरस्कार दिने गरेको छ । भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविताकृति सर्वाधिक बिक्री भएपछि एउटा कृतिलाई प्रोत्साहन स्वरूप दिन थालिएको उक्त पुरस्कारको निरन्तरता रहे पनि भूपीपछिको सर्वाधिक बिक्री भएको ढकालको पुस्तक ‘हिमालपारि पुगेपछि’लाई भने दिइएन ।

‘१० महिनामै चौथो संस्करण आएको कृतिले पुरस्कार पाएन’, ढकाल भन्नुहुन्छ, ‘उक्त पुरस्कारका अन्य सीमा पनि हुन्छनु क्यार !’ अमिलो अनुहार लगाएर सायद ढकालले साझाको बेथितिप्रति व्यंग्य गर्नुभएको हो ।

अनि मन मर्‍यो पुरस्कारप्रति

‘सगरमाथाको आधारशिविरबाट’ पुस्तक प्रकाशनपछि ढकाल आफैँ मदन पुरस्कारका लागि दर्ता गराउन जानुभयो । उक्त पुस्तकको चर्चा र लोकप्रियता प्रशस्त थियो पनि त्यसबेला । उहाँलाई साँच्चै पुरस्कार पाइने अपेक्षा रहेछ ।

तर, उहाँको कृतिले त्यस वर्ष मदन पुरस्कार पाएन । उहाँलाई लागेछ, ‘उक्त पुरस्कारका पनि अन्य कुनै सीमा रहेछन्, कृतिले मात्र पाउने होइनरहेछ ।’
२०६८ वैशाखमा जागिरबाट निलम्बनमा परेपछि अब ढकालको समय पढ्न, लेख्न र घुम्नमा बित्ने भयो । उहाँ निलम्बनपछि मनास्लुलगायतका हिमाली भेगतिर जानुभयो । त्यहाँको सौन्दर्यले खिच्यो र जन्मियो, ‘गण्डकीको मुहानतिर’ अनि २०६९ सालमा ‘परिक्रमा अन्नपूर्ण’ र २०७० सालमा ‘आनन्दभूमिको आँगन ।’

आनन्दभूमिको आँगनमा चार खण्ड छन्, लेकतिर, हिमालतिर, छेउकुनातिर र विदेशतिर । तर, यसको विशेषता के भने यसका हरेकजसो खण्डले हिमाल कुनै न कुनै रूपमा छोएकै छन् ।

यही पुस्तक पढेपछि स्वामी आनन्द अरूणले भन्नुभएछ, ‘देशले पाये नयाँ विशेषण ।’ 

भएछ के भने, नेपाललाई धार्मिक र अध्यात्मिक हिसाबले अनेक ‘भूमि’ भनिए पनि आनन्द भूमि भने भनिएको रहेनछ । यही सन्दर्भलाई लिएर आनन्द अरूणले भन्नुभएको रहेछ, नयाँ विशेषण पायो देशले भनेर ।

यही पुस्तक पढेर राष्ट्रकवि माधवप्रसाद घिमिरेले पनि भन्नुभएछ, ‘मैले धेरै वर्षपछि शिरमा राखेर ढोगेर पढेको किताब यही हो ।’

‘यस कारण लेखिनँ विदेशबारे’

ढकाल जागिरे जीवन र अन्य सन्दर्भमा दर्जनौँ देश घुम्नुभएको छ तर उहाँले त्यहाँका बारेमा पुस्तक लेख्नुभएन । किन ?

‘मेरो देशमै सबैथोक छ, मेरो देशको सौन्दर्य जस्तो सौन्दर्य अन्य देशमा छैन, तब किन अन्य देशको चर्चा गरौँ ?’, ढकाल भन्नुहुन्छ, ‘समुद्र र ध्रसवबाहेक सबै छ नेपालमा ।’

उहाँका अनुसार प्रत्येक डिग्रीमा, प्रत्येक केही समय र दूरीको अन्तरमा विभिन्न भौगोलिक अवस्था, वातावरण, समाज, संस्कृति, सभ्यता, रहनसहन र रीतिरिवाज छन् नेपालमा । यिनै कुरालाई विश्वमा प्रभार गर्नु पो ठूलो कुरा हो भन्ने लाग्छ ढकाललाई ।

उहाँ आफूले लेखेको साहित्यलाई नियात्रा मात्र भन्न रुचाउनुहुन्न, उहाँका अनुसार उहाँले लेखेको साहित्य पर्यटन साहित्य बढी हो ।

अनुवादक ढकाल

ढकालको अध्ययन र लेखन सानै उमेरदेखि निरन्तर छ । उहाँले विद्यार्थीकालतिरै राम आसरे वर्माको पुस्तक ‘हो चि मिन्ह’को अनुवाद गर्नुभयो, ‘काका हो चि मिन्ह’ नाममा २०३९ सालमा । उहाँलाई हो चि मिन्ह पढेपछि यति इमान्दार नेता पनि हुँदारहेछन् भन्ने लागेर उक्त पुस्तक अनुवाद गर्नुभएको रे ! पंचायतको जगजगीमा यस्तो पुस्तक अनुवाद गरेर आफैँ छापेर वितरण गर्नु चानचुने काम थिएन ।

२०४० सालमा ली सिन थेनको ‘चम्किलो रातो तारा’ पनि अनुवाद गर्नुभयो उहाँले । पछि यो पुस्तक अन्य धेरैका नाममा आयो ।

रिडर्स डाइजेस्ट नामक पत्रिकामा ढकालले एउटा जीवनकथा पढ्नुभयो, डाक्टर हाइङ्नेगरको– जर्नी टु फ्रिडम ।

त्यहाँ सिद्धान्त र निष्ठाका कुराहरू पाएपछि उहाँलाई उक्त अनुवाद गर्न जाँगर चल्यो । र, ‘स्वतन्त्रताको बाटोमा’ अनुवाद गर्नुभयो ।

यी पुस्तक धेरैबाट चोरी हुन थालेपछि ढकालले तीनवटै पुस्तकलाई एउटैमा समेटेर ‘विभाजित मन : अनुदित आकाश’ पुस्तक प्रकाशन गर्नुभएको छ ।

‘हिमालपारि पुगेपछि’ले काठमाडौंमा घर

ढकाल यही हिमालपारि पुगेपछि पुस्तकले काठमाडौंमा घर किनेको बताउनुहुन्छ । उक्त किताब बिक्रीबाट आएको पैसा, एक जापानी महिला काजुको तोमिनागाले गरेको सहयोग (ती महिलाकै नाममा उक्त किताब समर्पित पनि छ) र डकालकी श्रीमतीले जागिर (बीमा समिति)बाट पाउने तीन लाख रूपैयाँ घर कर्जाबाट काठमाडौंको बबरमहलमा घर किनेको ढकाल बताउनुहुन्छ ।

यो पनि

नियात्रा जस्तै जीवनयात्रामा बगेका प्रतीक ढकाल- १