आधुनिक विज्ञानलाई चुनाैतीः वांगडोर रिम्पोछेको एक साता बिती सक्दा पनि  शरीरमा क्षय प्रक्रिया सुरु भएन

आधुनिक विज्ञानलाई चुनाैतीः वांगडोर रिम्पोछेको एक साता बिती सक्दा पनि  शरीरमा क्षय प्रक्रिया सुरु भएन

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  आश्विन १२, २०७६

काठमाडाै । भारतको हिमाचल प्रदेश स्थित जिगर बौद्ध  मठ रिवालसरका प्रमुख लामा वांगडोर रिम्पोछे निधन पश्चात् एउटा अचम्मको घटना भएकाे छ ।   लामाको निधनको समाचार विश्वव्यापी रूपमा चर्चित बनेको छ। यसरी चर्चित हुनुकाे कारण हाे  लामाको निधन भएको एक साता बीती सकदा पनि  शरीरमा क्षय प्रक्रिया सुरु नहुनु । 

जिगर बौद्ध  मठ रिवालसरका प्रमुख लामा वांगडोर रिम्पोछेले २०७६ असाेज १ गते  बुधबार ( १८ सेप्टेम्बर 19) का दिन  बिहान २ बजेर १५  मिनेमा  निधन (महासमाधिमा लीन)  भएकाे थियाे ।  लामाकाे ९४  वर्षको उमेरमा निधन भएकाे हाे ।वांगडोर रिम्पोछेको जन्म २० फेब्रुअरी सं १९२५  मा तिब्बतको ख़म प्रान्तस्थित जिगर भन्ने स्थानमा भएको थियो । उहाँ तिब्बतबाट निर्वासित भई हिमाचल प्रदेशको रिवालसरमा बस्दै आउनु भएको थियो । उहाँले रिवालसरमा ठूलो बौद्ध गुम्बा  बनाएर  रिवालसरलाइ विश्व मै परिचित गराउनु भयो । उहाँका अनुयाई विश्व भरी छरिएर रहेका छन् ।

आधुनिक चिकित्सा शास्त्र ठहर छ- व्यक्तिको निधन पश्चात् तीन घण्टा मै शरीर क्षय हुने प्रक्रिया शुरु हुन्छ । लामाको पार्थिव शरीर बिन रसायन र बिना बरफ राखिएको छ।  यसरी राख्दा पनि शरीर अहिले सम्म कुनै किसिमको क्षय हुने समान्य प्रक्रियाशुरु भएको छैन ।

रिवालसरमा देश विदेशबाट उहाँका  अनुयाई भेला भईरहेका छन ।बौद्ध परम्परामा शरीरको अन्त्यष्टि नहुन्जेल विभिन्न प्रकारका पूजा आजा र अनेको धार्मिक क्रियाकलाप गरिने प्रचलन रहि आएको छ । ओगदु  लामाको निकनेमुले विख्यात बौद्ध गुरुको  मृत शरीर हेर्दा जो कोही पनि अच्चम्म मानी रहेका छन।  उहाँको शरीर हेर्दा अच्चम्म मात्रै होइन विज्ञानलाइ चुनौती पनि थपिएको छ । आखिर उहाँ को मृत  शरीरमा हुनु पर्ने स्वाभाविक -प्राकृतिक अपघटन प्रक्रिया किन भएन ?

त्यसो त इतिहासमा यस्ता घटना पटक पटक हुँदै आएका छन ।  क्रियायोगका विश्व विख्यात प्रचारक योगानन्दको मृत्यु हुँदा पनि केहि दिनसम्म उहाँको शरीरमा हुनुपर्ने स्वाभाविक क्षय देखिएको थिएन। भारतका अर्का सुविख्यात महामानव योगिराज श्री अरविन्दको शरीरमा पनि धेरै दिनसम्म 'डिकम्पोजीसन'  देखियेको थिएन ।

रिवालसर मठका रिम्पोछेको अंत्येष्टिबारे मठका व्यवस्थापक याप मिनचुंग  दोरजे र आनी केलसँग भन्नुहुन्छ - रिम्पोछेको शरीरले जबसम्म स्वयं नै  संकेत गर्दैन तबसम्म उहाँको अंत्येष्टि हुन्न । र , तबसम्म  यसरी नै पूजा पाठको कार्यक्रम चली रहने छ ।

वांगडोर रिम्पोछेको अमेरिकन शिष्या लीना समाचार पाएर रिवालसर आयी पुगेकी छन । ऊनी  भन्छिन - रिम्पोछे सिध्दपुरुष हुनु हुन्थ्यो  जबसम्म उहाँको शरीर बिग्रने लक्षण देखा पर्दैनन हामी अंत्येष्टि गर्दैनौ ।

वांगडोर रिम्पोछेले आफ्नो जीवन कालमा रिवालसरमा गुरु रिम्पोछे अर्थात पदम्संभवको विशाल मूर्ति निर्माण गराउनु भएको थियो । यस मूर्तिको दर्शन गर्न देश विदेशबाट थुप्रै बौद्ध  श्रद्धालु यहाँ आउने गर्छन । वांगडोर रिम्पोछे तिब्बती बौद्ध परम्परा का निग्मा र काग्यु  (dzogchen  र chagchen ) दुबै मतसंग सम्बंधित हुनुहुन्थ्यो । उहाँ तिब्बती परम्पराको ध्यान विधि डग्गचेनका ख्यातिलब्ध गुरु मानिनु हुन्थ्यो ।

तिब्बती बौद्ध परम्परामा सिद्ध लामाहरुको अंत्येष्टि मृत्युको ४९ ओ दिनमा गर्ने प्रचलन  पनि  रहेको  देखिन्छ । काठमाडाैं जिल्लाको फर्फिंगमा रहेको रालो रिम्पोछे गुम्बाका रिम्पोछेको मृत्यु हुदा पनि अंत्येष्टि ४९ दिनमा गरिएको थियो । रालो रिम्पोछे  बस्ने  निवास कै छतमा अग्नि संस्कार गरिएका  थियो ।त्यस बेला पनि एउटा अचम्मको घटना भएको थियो -रिम्पोछेको सम्पूर्ण शरीर खरानी हुँदा उनको  खप्पर जलेको थिएन ।जून आजपर्यन्त उक्त खप्परलाई  सुरक्षित राखिएको छ।

मृत शरीरमा कुनै रसायन प्रयोग नगरी  'डिकम्पोजीसन' नहुनु विज्ञान कै लागि अनुसन्धानको विषय हो ।आखिर के कारणले शरीरमा स्वाभाविक क्षय प्रक्रिया प्रारम्भ हुदैन । यसबारे अध्यात्मसँग जुन जबाब छ त्यो विज्ञानले बुझ्दैन ,भनौ त्यों शब्दावली नै विज्ञानसंग छैन ।बौद्ध परम्परामा यसलाई सम्पूर्ण शारीरिक मृत्युभन्दा पहिला उच्च समाधिको अवस्था (high meditative state) भनिन्छ ।