भयावह बन्दै मुटुरोग : हरेक वर्ष एक करोड ७५ लाख मानिसको मृत्यु

भयावह बन्दै मुटुरोग : हरेक वर्ष एक करोड ७५ लाख मानिसको मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन १२, २०७६

काठमाडौं । विश्वमा पछिल्लो समय मुटु रोगबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विश्वमा हरेक वर्ष एक करोड ७५ लाख मानिसको मृत्यु मुटु र मुटुसम्बन्धी रोगका कारण हुने गरेको छ । 

स्वस्थ जीवनशैली, खानपानका कारण पछिल्लो समय २०-२५ वर्षका युवाहरूसमेत मुटु र मुटुसम्बन्धी रोगले पीडित भएका छन् । नेपाल जस्ता विकासोन्मुख देशमा मुटुको रोगले पीडित हुनेको संख्या दिनदिनै बढ्दो छ । पछिल्लो समय विश्वभर नै नसर्ने रोगहरूमध्ये मुटुसम्बन्धी रोग प्रमुख रोगको रूपमा रहेको छ । 

विश्वमा धेरै मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ, त्यसमध्ये आधाभन्दा बढी मानिसको मृत्युको कारण हो, मुटुरोग । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विश्वमा मुटु र मुटुसम्बन्धी रोगका कारण प्रत्येक वर्ष एक करोड ७५ लाख मानिसको मृत्यु हुने गरेको छ । पहिले सरुवा रोगका कारण धेरै मानिसको मृत्यु भएको पाइन्थ्यो तर अहिले यस्ता जटिल प्रकारका नसर्ने रोगहरूका कारणले मानिसले अकालमा मृत्युवरण गर्न बाध्य छन् । महंगो उपचार, उपचार पहुँच नभएकाले पनि मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

यसरी मुटुको रोग र यसबाट मृत्युको संख्या बढ्दै गएपछि विश्व मुटु फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रूपमा मनाउन थालिएकोमा सन् २०१२ सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रूपमा मनाउन थालिएको हो ।  आज पनि विश्वभर मुटु दिवस मनाइँदै छ । 

नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मुटु दिवस मनाइँदै छ । नेपाल लगायत विकासोन्मुख देशहरूमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटुसम्बन्धी समस्या देखिन थालेको चिकित्सकहरूको भनाइ छ ।

चिकित्सकहरूका अनुसार धुमपान तथा मद्यपान सेवन नगर्ने, चिल्लो, पिरो, बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।

मुटुरोग लागेपछि महंगो र लामो समयसम्म उपचार गर्नुपर्ने र एक पटक मुटु रोग लागेपछि पूर्ण रूपमा निको हुने सम्भावना अत्यन्त कम हुने भएकाले र बाचुञ्जेलसम्म पनि औषधिको प्रयोग गर्नुपर्ने भएकाले मुटुरोग लाग्न दिनुभन्दा यसबाट बच्नका लागि पूर्वसावधानी अपनाउनु नै उत्तम विकल्प हो । 

मुटु रोग लागेको बेलैमा थाहा पाउन सके उपचारको प्रक्रिया सहज हुन्छ । समयमै रोग पत्ता लाग्न नसक्दा जीवन नै जोखिममा पर्न सक्ने हुँदा मुटु रोगका लक्षण के हुन् भन्ने थाहा पाउनु पनि आवश्यक हुन्छ । 

यी हुन् मुटु रोगका लक्षणहरू 

सकेसम्म रोग लागेर उपचार खोज्नुभन्दा रोग नै लाग्न नदिन सचेत हुनुपर्छ । हरेक मानिसले मुटुरोगबाट बच्नका लागि आफ्नो दैनिक जीवनयापनको शैली र खानपानमा ध्यान दिनुपर्छ । नियमित व्यायाम र खानपानमा मात्र ध्यान दिने हो भने मुटुरोगबाट बच्न सकिन्छ ।

मुटुरोगबाट बच्नका लागि अपनाउनुहोस् यस्ता उपाय

धेरै बोसो भएको र रातो मासुको कम खाने साथै मधुमेह, उच्च रक्तचाप र मोटोपन भएका मानिसहरूमा मुटुरोगको जोखिम उच्च हुने भएकाले ती मानिसले नियमित रूपमा चिकित्सकसँग परामर्श र जाँच गराउनुपर्छ ।