सुन प्रति तोला ६०० ले घट्यो

सुन प्रति तोला ६०० ले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १२, २०७६

लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आइतवार भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रति तोला ७० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार छापावाला सुन प्रति तोला ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रति तोला ६०० रुपैयाँले घटेको छ ।

यस्तै, तेजाबी सुन शुक्रबार प्रति तोला ७० हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज भने प्रति तोला ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन पनि प्रति तोला ६०० रुपैयाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो । यस्तै, चाँदी पनि शुक्रबारको तुलनामा १५ रुपैयाँले घटेर प्रति तोला ८४५ रुपैयाँमा कारोबार भएको छ ।