बास्केटबलको उपाधि बूढानीलकण्ठलाई

बास्केटबलको उपाधि बूढानीलकण्ठलाई

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन १२, २०७६

बूढानीलकण्ठ क्लबले पाँचौँ खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि हात पारेको छ । चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र (बीएमके)को कोर्टमा आइतवार भएको फाइनल खेलमा बूढानीलकण्ठले कीर्तिपुर क्लबलाई ६३–४२ ले पराजित गर्‍यो ।

बूढानीलकण्ठका रूपेश नापितले १९ अङ्क जोडे । बूढनीलकण्ठबाट कप्तान विराज राणाले १६ तथा कृष मेडेवसले आठ अङ्क जोडे । कीर्तिपुरका पारस योञ्जनले १६ स्कोर गरे । उपाधिसँगै बूढानीलकण्ठले ४० हजार रुपैयाँ हात पार्‍यो ।

त्यस्तै, उपविजेतामा चित्त बुझाएको कीर्तिपुरले भने २० हजार रुपैयाँ प्राप्त गर्‍यो । बूढानीलकण्ठका रूपेश नापित ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले पाँच हजार रुपैयाँ पुरस्कार पाए । विजेतालाई प्रदेशसभा सदस्य नारायण सिलवाल, बीएमकेका अध्यक्ष हरि अधिकारी, बीएमकेका सचिव लक्ष्मण थापा, प्रतियोगिता संयोजक अनुप मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।

यही असोज ४ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।