अन्तरिक्ष यात्रीको प्रजनन् क्षमतामा कुनै नकारात्मक प्रभाव नपर्ने वैज्ञानिककाे ठहर

अन्तरिक्ष यात्रीको प्रजनन् क्षमतामा कुनै नकारात्मक प्रभाव नपर्ने वैज्ञानिककाे ठहर

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  आश्विन १३, २०७६

एजेन्सी । अन्तरिक्षमा पुगेर फर्किएका जनावर र मनुष्यको स्वास्थ्यमा  परेको प्रभावबारे वैज्ञानिक अनुसन्धान हुने क्रम जारी रहेकाे छ । याे अनुसन्धानकाे उदेश्य हाे - अंतरिक्षमा पुगेर फर्किनेहरुको स्वास्थयमा के कस्तो प्रतिकूल प्रभाव पर्छ ?

अन्तरिक्षमा बांदर, कुक्कुर, चिम्पांजी लगायत ५ सय भन्दा बढ़ी स्त्री पुरुष हलसम्म पठाइएका छन । यी मध्ये केहिको यात्राकै क्रममा मृत्यु भएको थियो भने अधिंकाशले अंतरिक्षबाट फर्केपछि सामान्य जीवन यापन गरिरहेका छन् ।  

अन्तरिक्ष यात्राबारे एउटा सर्वाधिक चासोको विषय के रहेको छ-  के अंतरिक्षमा केहि दिन बिताएर फर्केका प्राणीको प्रजनन क्षमतामा कुनै नकारात्मक प्रभाव पर्छ कि पर्दैन् ?

अनुसन्धानका क्रममा अन्तरिक्ष यात्रा गर्ने प्राणीको यात्रा पूर्व र यात्रापछिको स्वास्थयमाथि सूक्ष्मतापूर्वक अवलोकन गर्ने गरिएकाे छ ।  १९६० को दशकमा अन्तरिक्ष यात्राको प्रारम्भिक चरणमा वैज्ञानिकहरुलाई  केहि यस्ता तथ्य भेटिएका थिए, जसले अन्तरिक्ष यात्राले पुरुष शुक्राणुलाइ नराम्ररी प्रभावित गरेको तथ्य सार्वजिनक भएको थियो ।

एउटा अनुसन्धानमा वैज्ञानिकले मूसाका शुक्राणुलाइ अन्तरिक्षमा पठाएका थिए । पृथ्वीमा फर्केर ल्याउँदा ती शुक्राणुमा विकिरणले क्षति पुर्‍याएको पाइयो । एउटा अर्को प्रयोगमा मूसालाई १३ दिनसम्म अंतरिक्षमा राख्दा पृथ्वीमा फर्काएर ल्याउँदा ती मूसामा शुक्राणु संख्या नै घटेको पाइयोंको थियो ।

 हालै भएको  एक अनुसन्धानले पुरानो अवधारणालाई खण्डन गरेको छ । वैज्ञानिकहरुले १२ वटा मूसालाइ ३५ दिनसम्म अन्तराष्ट्रिय स्पेस स्टेशन को 'माइक्रोग्रेभिटी' मा राखेका थिए । पृथ्वीमा फर्काएपछि वैज्ञानिकहरुले यी मूसाका शुक्राणुबाट स्त्री मूसाको अंडाणु  निषेचित गराएका थिए । यस निषेचनबाट स्वस्थ मूसा जन्मिएपछि उक्त अवधारणालाईृ खण्डन गरेको हाे  ।

ओसाका यूनिवर्सिटीका प्रोफेसर मसाहितो इकावाको टीमले यसबारे बृहद अनुसन्धान गरेको हो । साइन्टिफिकल जर्नलमा प्रकाशित रिपोर्टमा इकावा भन्छन– केहि समयका लागिअन्तरिक्षमा रहेर फर्केका प्राणीको प्रजनन अंगको गतिविधि, शुक्राणुको क्षमता र तीबाट जन्मिएका संतानमा कुनै नराम्रो प्रभाव पर्दैन् ।

रिसर्चको रिपोर्टमा भनिएको छ– आउने केही वर्षभित्र सर्वसाधारणका लागि अन्तरिक्षमा जाने सुविधा उपलब्ध हुनेछ । यस्तोमा यो अध्ययन आवश्यक भएको थियो, अन्तरिक्षमा जाने प्राणीको प्रजनन क्षमतामा कुनै किसिमको नकारात्मक प्रभाव पर्छ कि पर्दैन् ?

सन् १९५७ मा अन्तरिक्षमा पुग्ने पहिलो प्राणी लाइका नाम गरेको कुकुर थियो तर लाइका सुरक्षित पृथ्वीमा फर्किन सकेको थिएन् । यसपछि १९६० मा स्ट्रेल्का र बेलका नामक दुइटा कुकुर अन्तरिक्षमा पुगेर पृथ्वीमा सुरक्षित फर्किन सफल बनेका थिए । रुसले अन्तरिक्षमा कुकुर पठाएर अनुसन्धान गर्‍यो भने अमेरिकाले अन्तरिक्षयात्रामा बाँदर पठाएको थियो । १९५८ मा अमेरिकाले गोर्डो नामक वाँदर अन्तरिक्षमा पठाएको थियो जुन सुरक्षित फर्किन सकेन । १९५९ मा अमेरिकाले मिस बेकर र एबल नाम गरेका दुइटा बाँदरलाई अन्तरिक्षमा पुर्‍याएर पृथ्वीमा सुरक्षित फर्काएको थियो । एबलको पृथ्वीमा फर्केको केही दिन मै निधन भयो भने मिस बेकर १९८४ सम्म जीवित रहेकी थिइ । १९६१ मा अमेरिकाले हैम नामक चिम्प्यान्जीलाई अन्तरिक्षमा पठाएको थियो ।