‘स्पाइडर म्यान’ आफ्नो ज्यान जोखिममा पारेको अभियोगमा गिरफ्तार

‘स्पाइडर म्यान’ आफ्नो ज्यान जोखिममा पारेको अभियोगमा गिरफ्तार

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन १४, २०७६

काठमाडौं, एजेन्सी । ‘स्पाइडर म्यान’को नामबाट चर्चित फ्रांसका एलिन रोबर्टलाई ५०२ फिट अग्लो भवन ‘स्काईपर’ टावरमा चढ्दै गरेको अवस्थामा जर्मन पुलिसले गिरफ्तार गरेको छ ।

४२ तल्ला अग्लो यो टावर जर्मनीको आर्थिक राजधानीको केन्द्र हो । 

५७ वर्षीय रोबर्टले भवनमा चढ्न कुनै कसैसँग अनुमति नलिएको तथा कुनै पनि सुरक्षा उपकरणको प्रयोग गरेका थिएनन् । शिशाको यस भवन रोबर्टले केवल २० मिनेटमा चढेका थिए । 

उनको यस क्रियाकलापको मानिसहरुले भिडियो बनाएका छन् । पुलिसले उनलाई आफ्नो ज्यान जोखिममा पारेको अभियोगमा गिरफ्तार गरेको हो । उनी चढेर भवनमा भने कुनै किसिमको नोक्सानी पुगेको भने छैन । 

रोबर्टले यसभन्दा अघि पनि कैयों अग्ला भवनहरु विना इजाजत चढिसकेका छन् । उनलाई अक्टोबर २०१८ मा पनि लडंनको सबैभन्दा अग्लो ६६२ फिटको सेल्सफोर्स टावर चढेकोमा पनि गिरफ्तार गरिएको थियो ।

त्यसबेलामा पनि उनले कुनै किसिमको सुरक्षा उपकरणको प्रयोग गरेका थिएनन् ।