अमेरिकाको टेक्सासमा स्पेसक्राफ्टको प्रदर्शनी, अंतरिक्षको यात्रा गर्न सकिने

अमेरिकाको टेक्सासमा स्पेसक्राफ्टको प्रदर्शनी, अंतरिक्षको यात्रा गर्न सकिने

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  आश्विन १४, २०७६

काठमाडौं, एजेन्सी । स्पेस एक्स कम्पनीका सिइओ एलन मस्कले सेप्टेम्बर २९ तारिखका दिन अमेरिकाको टेक्सास राज्यमा नयाँ स्पेसक्राफ्टको प्रदर्शनी गरेका छन् ।उनले यसको नाम स्टारशिप राखेका छन् । 

यस अवसरमा उनले स्टारशिपले चन्द्रमाको सतह तथा मंगल ग्रहमा स्पेश भवन बनाउनका लागि सामान तथा मानिस ओसार पसार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । यसको अलावा यसलाई एक दुई महिनामा पृथ्वीभन्दा २० किमि माथि पठाइने पनि उनले बताए । यो अंतरिक्षमा गएर फेरी पृथ्वीमा ओर्लन पनि सक्छ । यसले सीधा अवतरण पनि गर्न सक्छ । 

मस्कका अनुसार स्पेसशिपमा एक सय जनाले एकसाथ अंतरिक्षको यात्रा गर्न सक्छन् । यसद्वारा कैयौं पटक अंतरिक्ष तथा अन्य ग्रहको यात्रा गर्न सकिनेछ । 

उनले भने, ‘म चाहन्छु यहाँका मानिस मल्टी प्लानेट प्राणी बनुन् । मेरो नयाँ यान एउटा इंटर कन्टीनेंटल ब्यालेस्टिक मिसाइल जस्तै छ ।

यो भन्दा तिव्र गतिको यान अहिलेसम्म संसारमै छैन । यो ११८ मिटर लामो रहेको छ ।