सूमो पहलवानसँग भिडे टेनिस खेलाडी जोकोभिच

सूमो पहलवानसँग भिडे टेनिस खेलाडी जोकोभिच

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन १४, २०७६

काठमाडौं, एजेन्सी । टेनिस खेलाडी नोवाक जोकोभिच जापानको राजधानी टोकियोमा सूमो पहलवानसँग भिडेका छन् ।

उनले पहलवानसँग सूमो ट्रिक्स पनि सिकेका छन् । 

सूमो ट्रिक्स पछि उनले एक असफल फाइट पनि गरेका थिए । एटिपि टूरले यससँग सम्बन्धित तीन वटा भिडियो पनि शेयर गरेको छ । एउटाम उनले एकजना सूमो पहलवानलाई पछाडी धकेल्ने कोशिश पनि गरेका छन्, तर यसमा उनी सफल भएनन् । जोकोभिच जापान ओपनमा भाग लिन टोकियो पुगेका हुन् । 

उनले रिंगमा सूमो पहलवानका अगाडी आफू केही पनि नभएको पनि बताए । तौल केही किलो बढाए पछि म पनि उनीहरुसँग लड्ने बन्न सक्छु ।

उनले भने, ‘उनी पहिले पिताका साथ सूमो योकोजुना अकेबोनोको फाइट हेर्ने गर्थे । जो १९९३ मा विदेशमा जन्मिएका पहिलो ग्रैंड चैम्पियन सूमो बनेका थिए ।’