किन थुनिए गुण्डाका पुराना बादशाह गोर्खाली ?

किन थुनिए गुण्डाका पुराना बादशाह गोर्खाली ?

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १, २०७५

काठमाडौं । दश दिनअघि प्रहरीले गुण्डा नाइके राजु भन्ने राजेन्द्र गोर्खालीलाई ठगी आरोपमा पक्राउ परेका छन् । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गुण्डा नाइकेको रूपमा चिनिँदै आएका गोर्खालीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट अनुसन्धानका लागि म्याद लिँदै परिसरको हिरासतमा राखेको छ । 

यसबीचमा उनलाई पक्राउ गर्ने महाशाखा प्रमुख धिरजप्रताप सिंह ३५ दिने तालिमका लागि अमेरिका गएका छन् भने कार्यवाहक प्रमुख एसपी नरेन्द्र उप्रेतीले भने बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका  छन् । अहिले महाशाखा एसपी सोमेन्द्रसिंह राठौरले चलाउँदै आएका छन् । राठौर टिमले नै गोर्खालीलाई पक्राउ गरेको थियो । 

कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिने गरेको थियो । सो समूहले कोषलाई कम भाडा दिएर व्यापारीहरूसँग चर्को रकम असुल्दै आएको थियो । सो समूहले गुण्डागर्दी शैलीमा मलका व्यापारीलाई आतंकित पारेको प्रहरीले दाबी गरेको छ ।

आफूलाई व्यावसायीको रूपमा चिनाउँदै आएका गोर्खालीले सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्क्याएर तेब्बर भाडा असुल गरेको तथा व्यापारीबाट सटर बेच्दै सलामी खाने गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिँदै आएका थिए । उनीविरुद्ध अजिता सिटौला, सुस्मा बराल, मुनिन्द्र बस्नेत लगायतका ६ जनाले महाशाखामा उजुरी दिएका थिए । सोही आधारमा महाशाखाको टोलीले गोर्खालीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । गोर्खालीको समूहले सञ्चयकोषलाई कम भाडा दिएर व्यापारीहरूसँग चर्को रकम असुल्दै गरेको, व्यापारीलाई धम्क्याउँदै हिँडेको उजुरीपछि पक्राउ गरेका माथिल्लो निकायलाई बिफ्रिङसमेत गरेका छन् । ‘आफूलाई व्यावसायी भएको आवरणमा सर्वसाधारणलाई ठगी गर्ने धम्क्याउने जस्ता गतिविधि गरेको देखियो । राजु र उनको ग्याङमाथि संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाइनेछ,’ महाशखाले भनेको छ । महाशाखाले राजुको संगठनमा को–को छन् भनी खोजी गरिरहेको छ । 

कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिने गरेको थियो । सो समूहले कोषलाई कम भाडा दिएर व्यापारीहरूसँग चर्को रकम असुल्दै आएको थियो । सो समूहले गुण्डागर्दी शैलीमा मलका व्यापारीलाई आतंकित पारेको प्रहरीले दाबी गरेको छ ।

सञ्चय कोषले मासिक ९६ लाख न्यूनतम मूल्य राखी बोलपत्र आह्वान गरेको थियो । उक्त टेण्डर गोर्खाली समूहले हात पार्न सफल भएको छ । 

उक्त समूहले यसका लागि तीन फर्मको नाममा टेण्डर हालेको थियो । समूहले सूर्यदीप ग्रुपको नामबाट सबैभन्दा बढी मासिक तीन करोड १७ लाख रूपैयाँ तिर्ने गरी टेण्डर हालेको थियो । यस्तै, शिवलक्ष्मी कोजु फर्मबाट मासिक दुई करोड ७१ लाख रूपैयाँ र सूर्यविनायक हाउजिङबाट एक करोड ५१ लाख रूपैयाँमा टेण्डर हालेको थियो । 

तर, समूहले सबैभन्दा कम मूल्य राखिएको सूर्यविनायकको टेण्डर सकारेको थियो । र, सोही फर्मबाट सञ्चय कोषसँग सम्झौता गरेको थियो । ठेक्का सम्झौतापछि काठमाडांै मलको प्रतिसटर भाडा ७० हजारबाट एकै पटक दुई लाख रूपैयाँसम्म पुगेको थियोे । भाडा बढेपछि व्यापारीहरूले केही समय आन्दोलन समेत गरेका थिए । तर, गोर्खाली समूहले गुण्डा लगाएर भए पनि पुरानालाई निकाल्ने र नयाँ व्यापारीलाई राख्ने गरेको थियो । गोर्खालीले काठमाडौं मलका अतिरिक्त साँखु मूलपानी क्षेत्रमा जग्गाको कारोबारमा समेत हात हालेका छन् । उनले त्यहाँबाट निर्माण सामग्रीको समेत कारोवार गर्दै आएका छन् । प्रहरीले गोर्खालीसँगै समिन उद्दिन, प्रकाश थापा, निलन घिमिरे, शिव खड्का लगायतलाई पनि खोजी गरिरहेको छ । तर, उनीहरूलाई यसबीचमा पनि किन पक्राउ गर्न सकिरहेको छैन भन्ने बारेमा महाशाखाले केही जानकारी दिएको छैन । 

२०५५ सालदेखि गुण्डागर्दीमा लागेका गुण्डा गोर्खाली कुनै समय चर्चित रोयल डिस्कोका संचालक समेत थिए । उनी अर्काे डिस्को संचालक राकेश लिम्बुको हत्यामा संलग्न रहेको आरोपमा ९ वर्ष सजाय भुक्तान गरेका निस्केका हुन् । प्रहरीले २०७४ सालमा उनीसहित देवेन्द्र केसीलाई पनि सोही विषयमा पक्राउ गरेको भए पनि अदालतको आदेशपछि छुटेका थिए । २०५९ सालमा बेबिलोन डिस्कोमा भएको झगडामा गोर्खालीले लिम्बुको हत्या गरेका थिए । गोर्खाली पक्राउ परेपछि उनको समूह पनि छिन्नभिन्न भएको थियो । अपराधिक क्रियाकलापमा संलग्न गोर्खाली आफ्नै साथी राकेश लिम्बुको हत्या गरेका थिए । बालुवा ठेक्काबाट पैसा कमाएपछि उनले मनोरञ्जन व्यापारमा लागेका थिए । गुण्डा नाइकेहरू मिलन चक्रे र दीपक मनाङेको सहयोगमा यिनले आफ्नो पहुँच बढाएका थिए । जेलबाट छुटेलगत्तै उनले जय नेपाल हलसँगै ६२९ नामक रेस्टुरेन्ट संचालन गरेका थिए । सो रेस्टुरेन्ट बेचेर गिटी बालुवाको ठेक्का र काठमाडौं मलको सटर भाडा ठेक्कामा लिएर चलाइरहेका छन् । गोर्खालीका लागि काठमाडौं मलका सटर प्रकरण पटकपटक प्रहरी हिरासत जाने माध्यम बनेको छ ।