मानवरहित विमान कारबाहीमा परी ५ आईएस लडाकु मारिए

मानवरहित विमान कारबाहीमा परी ५ आईएस लडाकु मारिए

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन १५, २०७६

अफगानिस्तानको पूर्वी प्रान्त नान्रगाहारमा नेटो आवद्ध संयुक्त सेनाले इस्लामिक स्टेट्स लडाकुविरुद्ध सुरक्षा कारबाही गरेका छन् । मानवरहित विमान (ड्रोन) कारबाहीमा परी पाँच लडाकू मारिएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छ्न् ।
 
गठबन्धन सेनाले मंगलबार खोग्यानी जिल्लाको वजिर तंगाई इलाकामा चालकरहित विमानबाट गरेको दुईवटा क्षेप्यास्त्र प्रहारमा परी आईएसका पाँच जना मारिएका हुन् । यस कारबाहीको विषयमा आईएस लडाकु समूहले हालसम्म कुनै पनि टिप्पणी गरेका छैनन् ।