१४ दिन लगाएर १२ करोड लागतमा  २५९ वर्ष पुरानो घरको ठाउँ सारी

१४ दिन लगाएर  १२ करोड लागतमा  २५९ वर्ष पुरानो घरको ठाउँ सारी

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन १६, २०७६

एजेन्सी । अमेरिकाको मैरील्याण्ड राज्यमा रहेकाे एक घरलाई अर्काे ठाउँमा सारिएको छ । उक्त घर २५९ वर्ष पुरानो रहेको बताइएकाे छ । 

२५९ वर्ष पहिला बनेको उक्त घरको तौल जम्मा ३ लाख ६२ हजार किलोग्राम रहेको थियाे ।  घरधनीका अनुसार घरको ठाउँसारीको प्रक्रियामा २ वर्षको समय लागेकाे थियाे भने  करिब १२ करोड रुपैया खर्च लागेको थियाे  ।

घर सार्ने यस प्रक्रियामा पुरै घरलाई उठाएर एउटा रोवोटिक ट्रकमा राखियो । १५० चक्के यस ट्रकबाट घरलाई नजिकको समुद्रतटसम्म पुर्‍याइएकाे थियाे  । यसपछि एउटा सामान ढुवानी गर्ने जहाजबाट यस घरलाई ८० किमि. टाढा क्वीसंटाउन बन्दरगाहसम्म लगियाे। ८० किमि. को यस यात्रामा १४ दिनको समय लागेको थियो ।

सन् १७६० मा निर्माण गरिएको यस पुरानो घरलाई घरधनी नीली परिवारले नयाँ घर बनाउनुको सट्टा पुरानो घरलाई नयाँ ठाउँमा लाने योजना गरेका हुन् । यस घरको नाम ‘गैलोबे हाउस’ रहेको छ ।