नेपाल टेलिकमको फोरजी ३७ जिल्लाका ६० वटा शहरमा मात्र चल्ने

नेपाल टेलिकमको फोरजी ३७ जिल्लाका ६० वटा शहरमा मात्र चल्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १६, २०७६

काठमाडौं । नेपाल टेलिकमले १५ असोजबाट सुरु गरेको फोरजी सेवा ३७ जिल्लाका ६० वटा शहरमा मात्र चल्ने भएको छ ।

नेपाल टेलिकमले यसअघि काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा उपलब्ध गराउँदै आएकोमा अब सातै प्रदेशका मुख्य मुख्य शहरहरूमा यो सेवा उपलब्ध भएको छ । नेपाल टेलिकमको फोरजी सेवा प्रयोग गर्न मोबाइल फोन सेट र सिम कार्ड फोरजी सेवा चल्ने हुनुपर्छ ।

यो सेवा सुचारु गर्न कुनै शुल्क लाग्दैन । आफ्नो मोबाइल फोनबाट *444‍# डायल गरी प्राप्त निर्देशनअनुसार सेवा प्रयोग गर्न सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र फोरजी एक्टिभेट गरी सेवा सुचारुसमेत गर्न सकिन्छ ।

प्रयोग गरिरहेको सिमकार्डले फोरजी सपोर्ट नगरेमा नेपाल टेलिकमका देशभरका ग्राहक सेवा केन्द्रहरूबाट पुरानो सिमको सट्टा फोरजी नयाँ सिमकार्ड नि:शुल्क प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

यो सेवाको लागि छुट्टै महसुल दर तोकिएको छैन । सस्तो प्याकेजहरूका लागि भने *1415# डायल गरी रोजेको प्याक लिन सकिन्छ ।

यी जिल्ला र शहरमा चल्नेछ फोरजी सेवा

जिल्लाहरू

१. धनकुटा २. झापा ३. मोरङ ४. सुनसरी ५. बारा ६. चितवन ७. धादिङ ८. धनुषा ९. दोलखा १०. काभ्रेपलाञ्चोक ११. महोत्तरी १२. मकवानपुर १३. नुवाकोट १४. पर्सा १५. रामेछाप १६. रसुवा १७. रौतहट १८. सर्लाही, १९. सिन्धुली २०. बागलुङ २१. कपिलवस्तु २२. म्याग्दी २३. नवलपरासी २४. पाल्पा २५. पर्वत २६. रूपन्देही २७. बाँके २८. बर्दिया २९. दाङ ३०. सुर्खेत ३१. कैलाली ३२. कञ्चनपुर ३३. तनहुँ ३४. मुस्ताङ ३५ लमजुङ ३६. सप्तरी ३७. सिरहा ।

शहरहरू

१. भीमदत्त २. झलारी पिप्लाडी ३. अत्तरिया ४. धनगढी ५. चौमाला ६. मसुरिया ७. सुख्खड ८. लम्की ९. टीकापुर १०. सुर्खेत ११. गुलरिया १२. कोहलपुर १३. नेपालगञ्ज १४. घोराही १५. लमही १६. तुलसीपुर १७. बेनी १८. कुस्मा १९. बागलुङ्ग २०. तानसेन २१. लुम्बिनी २२. भैरहवा २३. मङ्गलापुर २४. बुटवल २५. मुर्गिया २६. सुनवल २७. देवदह २८. परासी २९. बर्दघाट ३०. भरतपुर ३१. टाँडी ३२. सौराहा ३३. धादिङ्ग ३४. विदुर ३५. धुन्चे ३६. बनेपा ३७. धुलिखेल ३८. पनौती ३९. हेटौँडा ४०. सिमरा ४१. वीरगञ्ज ४२. कलैया ४३. चरिकोट ४४. मन्थली ४५. सिन्धुलीमाडी ४६. गौर ४७. मलङ्गवा ४८. जलेश्वर ४९. जनकपुर ५०. धनकुटा ५१. धरान ५२. इटहरी ५३. इनरुवा ५४. विराटनगर ५५. दमक ५६. विर्तामोड ५७. चन्द्रगढी ५८. बेशीसहर ५९. भारदह ६०. बस्तीपुर ।