दशैँ गीत लिङ्गे पिङ सार्वजनिक

दशैँ  गीत लिङ्गे पिङ सार्वजनिक

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन १७, २०७६

काठमाडाैँ । नेपालीहरुको महान पर्व दशैँ नजिकिदै जादा दशैँ सम्बन्धि गीतहरु  पनि सार्वजनिक हुने क्रम बढीरहेको छ । यसै क्रममा मेलिना राई र विक्कु क्षेत्रीको स्वर रहेको दशैँ गीत लिङ्गे पिङ सार्वजनिक गरिएको छ । इट्टाघरेको शब्द, राजनराज सिवाकोटीको सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।    

सुरेन्द्र बसेलको निर्देशन र राजेन्द्र कटवालको कोरियोग्राफी रहेको भिडियोमा रञ्जित पौडेल, रवी ओड, दीपा र दमान्तालाई फिचरिङ गरिएको छ ।

नवराज उप्रेतीले छायाँकन गरेको भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ भने पदम क्षेत्री र हेमा मगरले निर्माण गरेका हुन् ।

लिङ्गे पिङ गीतको भिडियो यहाँ हेर्न सकिन्छ