दुरा समुदायमा 'साइतको चामल' काे अर्थ र उपयाेग

दुरा समुदायमा 'साइतको चामल' काे अर्थ र उपयाेग

लोकबहादुर दुरा  |  दृष्टिकोण  |  आश्विन २०, २०७६

बहुजातीय, बहुभाषिक, बहुधार्मिक बहुसाँस्कृतिक तथा भौगोलिकतायुक्त नेपालको अल्पसंख्यक जातिभित्र पर्ने दुरा जातिको आफ्नै परम्परा, संस्कार र संस्कृति छ । वि.सं. २०६८ को जनागणनाअनुसार दुरा जातिको जनसंख्या जम्मा ५हजार ३९४ छ । विभिन्न चाडपर्व मनाउने क्रममा दुरा जातिले पनि बडादशैैँ मनाउने गरेको पाइन्छ तर यस जातिले बडादशैैँको दिनमा टीका लगाउनुभन्दा अगाडि एउटा महत्त्वपूर्ण कारय गर्छ । त्यसलाई साइतको चामल राख्ने भनिन्छ । परम्पराअनुसार टपरीमा एक माना चामल, एक रुपैयाँ दाम राखेर पोको पारी घरको मूल ढोकाको माथि झुन्ड्याउने काम गर्छ । यसरी राख्ने गरेको चामललाई नै साइतको चामल भन्ने चलन छ । त्यसपछि मात्र आफ्ना मान्यजनको हातबाट टीका लगाउने परम्परा छ।

चामल किन ढोकामा झुन्ड्याइन्छ ?

घरपरिवारका कुनै सदस्य घरबाहिर यात्राको लागि जाँदा घरको मूल ढोकामा झुन्ड्याइएको चामल पकाएर खाँदा वा त्यो चामलको केही गेडा खाने र केही साथमा लिएर जाने गर्दा आफ्नो यात्रा सफल हुन्छ भन्ने विश्वास गर्ने गरिन्छ । हामी आज २१औँ शताब्दीमा आइपुग्दै गर्दा विश्वास, सकारात्मक सोच, आत्मबल बढाउने सन्देशहरू सुन्न र देख्न पाएका छौँ तर हाम्रा पुर्खाले युगौँँ अगाडि नै यस्ता विधि अपनाएका रहेछन्, जुन बडादशैँको दिनमा घरको मूल ढोकामा राख्ने चामल नै यसको उदाहरण हो ।

यात्रा सधैैँ सहज पनि हुँदैन । कठिनभन्दा कठिन साइत (यात्रा) गर्नुपर्ने पनि हुन्छ । त्यस्तो समयमा उसलाई माथि भनेझैँ त्यो चामलको भात खाने वा चामलको गेडा साथमा लिएपछि पूूण विश्वासका साथ यात्रा सहज हुन्छ भन्ने छाप पर्छ।

पुर्खाले गरेका यस्ता दूरदर्शी मनोज्ञानको महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।तर, हाम्रा पुर्खाले अपनाएको विधि वा सोच भनौँँ आज लोप हुँदै गएको छ । यो हाम्रा लागि निकै चिन्ताको विषय बन्न पुगेको छ । अझ पछिल्लो सन्ततिका लागि त विशेष सचेत हुन आवश्यक देखिन्छ । यी कुराहरू लोप हुँदै जानाका कारणहरू पनि छन् ।

- विश्वव्यापीकरण

विश्वको जुनसुकै स्थानमा आफ्नो रुचि वा आवश्यकताअनुसार सहज जान आउन सक्ने कारणले पनि देखिन्छ ।

- आधुनिकीकरण

विश्वमा दिन प्रतिदिन नयाँनयाँ प्रविधिको विकास, पेसा, भाषा, फेसन आदि ।

- बसाइँसराइ 

जीवनयापन सहज र सरलताको खोजीमा व्यापक बसाइँसराइको कारण पनि ।  विकास अनिवार्य सर्त हो तर संंस्कार, संस्कृति र पहिचान हाम्रा अमूल्य सम्पति हुुुन् ।