हिरो गोल्डकप फुटबल : नेपाल र म्यानमारको उपाधि भिडन्त

हिरो गोल्डकप फुटबल : नेपाल र म्यानमारको उपाधि भिडन्त
नेपाली महिला फुटबल टिम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २, २०७५

काठमाडौं । हिरो गोल्डकप महिला फुटबलको उपाधिका लागि नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टिमबीच शुक्रबार  उपाधि भिडन्त हुँदैछ ।

भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमार अपराजित रहँदै ९ अंकका साथ फाइनल प्रवेश गरेको हो ।  समूह चरणका तीन खेलमा दुई जितका साथ ६ अंक जोडेको नेपाल उपविजेता हुँदै फाइनल पुगेको हो । नेपालले प्रतियोगितामा भारत र इरानलाई हराएको थियो भने म्यानमारसँग पराजित भएको थियो । 

आयोजक भारतले एक जितसहित तीन अंकका साथ तेस्रो बन्यो भने इरान अंकविहीन हुँदै चौथो बन्यो । 

साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा  भारतसँगै म्यानमार, इरान र नेपाल गरी चार टोली सहभागी रहेको खबर राससमा छ ।