आशक्तिको लेश मात्र पनि नरहनाले गुणमयी माया पनि साधकदेखि हार्दछे !

आशक्तिको लेश मात्र पनि नरहनाले गुणमयी माया पनि साधकदेखि हार्दछे !

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  आश्विन २५, २०७६

गतसंगस्य मुक्तस्य ज्ञानावस्थितचेतसः ।
यज्ञायाचरतः कर्म समग्र प्रविलीयते ।। २३ ।।

अन्वय र अर्थ – गतसंगस्य = निष्काम, मुक्तस्य = सुख दुःखादि द्वन्द्वविमुक्त, ज्ञानावस्थित चेतसः = आत्मज्ञान निष्ठ, यज्ञाय = परमेश्वरको आराधनाका लागि, आचरत्ः = आचरण गर्नेको, कम = कर्म, समग्रं = सम्पूर्ण कर्मफलका साथ प्रविलीयते नाश हुन्छ ।

भावार्थ – (कारण यो हो कि) निष्काम, सुख दुःखादि द्वन्द्वविमुक्त, आत्मज्ञान निष्ठ र ईश्वर प्रीतिका लागि कर्मको आचरण गर्ने पुरुषका समग्र कर्महरू फल सहित नष्ट हुन्छन् ।

विशिष्टार्थ – पहिलेको श्लोकमा जुन 'कृत्वाऽपि ननिबध्यते' भनिएको छ यस श्लोकमा त्यसैको कारण निर्देश गरिन्छ । विश्वव्यापी चैतन्य पुरुष विष्णु नै यज्ञेश्वर  (आत्मा) हुनुहुन्छ । उहांको प्रीति साधन अर्थात् उहाँमा मिलेर विष्णु हुनु नै आत्म प्रसन्नता हो । आज्ञा चक्रलाई पार गरी माथि उठेपछि आत्म चैतन्यमा जुन स्थिर, धीर, प्रकाशमय अवस्थाको प्राप्ति हुन्छ त्यही आत्म प्रसन्नता हो र आत्म प्रसन्नताको लागि अनुष्ठित कर्म नै यज्ञ हो । गुरूपदेश अनुसारको यज्ञार्थ कर्म अनुष्ठिन हुनाले रजोगुणको आधार स्वरूप पञ्चतत्व अतिक्रमण हुनाले नै कामना मेटिन्छ । अतएव द्वन्द्वविमुक्त भएर आज्ञामा स्थिर पनि भइन्छ  र सर्व कर्म प्रकृष्ट रूपले विलय हुन्छ, कुनै बन्धन पनि रहदैन ।

    ब्रम्हार्पणं ब्रम्हहविब्र्रम्हाग्नौ ब्रम्हाणाहुतम् ।
    ब्रम्हैव तेन गन्तव्यं ब्रम्हकर्म समाधिना ।। २४ ।।

अन्वय अर्थ – अर्पणं = जुन साधनद्वारा ब्रम्हवेत्ताले अग्निमा हवि अर्पण गर्दछ त्यो, ब्रम्ह = ब्रम्ह हो, ब्रम्हाग्नौ = ब्रम्हाग्निमा, ब्रम्हणा = ब्रम्हरूप कर्ताद्वारा, हुतं = हवन गरिएको, हविः = हविरूप वस्तु, ब्रम्हः = ब्रम्ह हो,ब्रम्हकर्म समाधिना = जसको ब्रम्हामानै कर्म समाधि भएको छ, तेन = त्यसयज्ञकत्र्राद्वारा, ब्रम्ह एव = ब्रम्ह नै, गन्तव्यं = प्राप्त गर्ने फल हो ।

भावार्थ – अर्पण ब्रम्ह, ब्रम्हाग्निमा ब्रम्ह कर्तृक हुतहवि ब्रम्ह, ब्रम्हकर्म समाधियुक्त कर्ताको गति पनि ब्रम्ह हो ।

विशिष्टार्थ – कर्म ज्ञानका लागि आचरित हुनाले त्यो कर्म प्रकृष्ठरूपले किन विलय हुन्छ भन्ने प्रश्नमा यसको कारण हो – मनले ब्रम्हनाडी भित्र प्रवेश गरी ज्ञानज्योतिको विकासमा देख्दछ र बुझद्छ  'सर्वं ब्रम्हमयं जगत्', अर्थात् सर्वत्र ब्रम्हबुद्धिले देख्नु हो । अतः साधकका साथमा रहेको अर्पण अर्थात् शारीरक करण समूह जसद्वारा यज्ञकर्म सम्पन्न हुन्छ त्यो सबै ब्रम्हमय हो । सर्वशरीरव्यापी तेजोरूप जुन वैश्वानर अग्नि छन् त्यो पनि ब्रम्ह हो, ऊ आपैm पनि ब्रम्हमय छ । उसको हवि अर्थात् प्राण र सहस्रार विगलित सुधा आदि हवनीय पदार्थ पनि ब्रम्हमय छ र आहुति दान रूप हवनीय क्रिया पनि ब्रम्हमय छ । यसरी ब्रम्हमा अर्थात् ब्रम्हनाडीको ब्रम्हाकाशमा  मन प्राण क्रियालाई स्थापना गर्नाले उसलाई  ब्रम्हको नै प्राप्ति हुन्छ । जब सबै नै एक भएपछि बन्धन स्वतः विलय हुन्छ ।

साधकहरू आत्मालाई ब्रम्हाग्निमा आहुति दिनुभन्दा पूर्व आत्मज्योतिको सहायताले अतीव सूक्ष्मदर्शी बन्छन् अनि अन्तरमा इन्द्रियवृत्ति समूहको उत्पत्ति, स्थिति र परिवर्तनका अतीव सूक्ष्म कारण समूहलाई प्रत्यक्ष गर्दछन् । त्यसै अवस्थामा यदि आत्मालाई ब्रम्हाग्निमा आहुति नदिएर अर्थात् आफूलाई आत्मासंग नमिलाएर ती सबै कारणहरूलाई आफ्नो वशमा ल्याउने र आफू स्थिति पदमा अड्किइरहने गर्दछन् भने यो उनीहरूको संयम अवस्था हुन्छ । त्यसपछि  उनीहरू ती सबैलाई द्रष्टा स्वरूपमा अवस्थान गर्दछन् र देख्दछन्–उनीहरूका मायिक शरीरका कर्णादि सम्पूर्ण इन्द्रियहरू पहिले जस्तै उनीहरूबाट क्रियाशक्ति नपाएर क्रिया शून्य अवस्थामा त्यस संयम रूप अग्निमा परी संयत भएर अग्निरूप धारण गरेका छन् । यसैलाई नै संयमाग्निमा इन्द्रियहरूको आहुति भनिन्छ ।

    दैवमेवापरे यज्ञं योगिनः पर्युपासते ।
    ब्रम्हाग्नावपरे यज्ञं यज्ञेनैवोपजुहति ।। २५ ।।

अन्वय र अर्थ – अपरे = कुनै कुनै, योगिनः = योगीहरू, दैवं = दैव (भगवान्को पूजन अर्पण) रूप, यज्ञं = यज्ञको, एव = नै, पर्युपासते = श्रद्धापूर्वक अनुष्ठान गर्दछन्, अपरे = अरूहरू (त) ब्रम्हाग्नौ = ब्रम्हरूप अग्निमा, यज्ञेन = ब्रम्हार्पण इत्यादि उक्त प्रकारको उपायले, यज्ञं = आत्मरूप यज्ञको, उपजुव्हति = आहुति दिन्छन् ।

भावार्थ – कुनै कुनै योगीहरू दैव यज्ञको अनुष्ठान गर्दछन् भने कुनै योगीहरू ब्रम्हाग्निमा यज्ञरूप आत्माको आहुति दिन्छन् ।

विशिष्टार्थ – परब्रह्म परममात्मा ज्ञानद्वारा एकीभावले स्थित हुनु नै ब्रह्मरूप अग्निमा यज्ञद्वारा यज्ञको हवन गर्नु हो । यो यज्ञ सबै प्रकारका यज्ञहरूभन्दा उत्तम यज्ञ हो । किन्तु साधकले आधिकारिक भेदले गर्दा ज्ञानको उपायभूत अनेक प्रकारका यज्ञहरू गर्नु पर्दछ । ती सबै अङ्गाङ्गीभावमा परस्पर सम्बद्ध छन् । श्लोक २५ देखि २९ सम्म यिनै सब यज्ञहरूको उल्लेख गरिएको छ । साधक योगी भएर विश्व भ्रमलाई ब्रम्हाग्निमा आहुति दिएर कसरी ब्राम्ही स्थिति लाभ गर्दछ र त्यस स्थितिको पूर्वापर कुन कुन अवस्था साधकले भोग गर्नु पर्छ यिनै सबै कुरा यज्ञ वर्णनद्वारा उपदेश गरिएको छ । साधकले मात्र यी सबैलाई आफ्नो क्रियासंग राम्ररी मिलाएर आफ्नो कर्तव्य अवधारण गर्ने छ ।

साधक जब विश्वको स्थूलत्व छोडेर गंगा यमुनाभित्र सूक्ष्मातिसूक्ष्म सरस्वती (स्वरस्वती स्वरको आदि) मा पुग्दछ तब उसको अपानको तनाव कम हुनाले सहस्रारसम्मका उसका सबै कमलदलहरू ऊध्र्वमुखी हुन्छन् । साधकले त्यस अवस्थामा व्यञ्जन विहीन ब्रम्हमन्त्रको आश्रयले मूलाधार ग्रन्थीलाई भेदन गरेर पनि अभ्यासलाई दोष दिई चार दलका चार शक्तिलाई धोका दिने युक्ति नपाएर ब्रम्हमन्त्रमा  म् व्यञ्जन थप्छ । अतः ती चार शक्तिलाई नै जगाउनु पर्दछ । यहाँबाट  नवीन वीज लिएर स्वाधिष्ठानमा बज्रा भित्र उठेर पनि फेरि असावधानताका कारण छ  महाशक्तिको  स्पर्श  दोषमा परेर ती सबैलाई पनि जगाउनु पर्दछ । पुनः नवीन वीज लिएर मणिपुरमा चित्राभित्र उठेर आएर पनि दश शक्तिलाई प्रबोधित गर्नु पर्दछ । यसरी अनाहतमा वाह्र, विशुद्धमा सोह्र र आज्ञामा पुगेर दुई शक्तिका साथ मिलेर सामान्य विश्राम लिन्छन् । छाया विहीन तैजस मूर्तिद्वारा नै यी सबै शक्तिहरू प्रत्यक्ष हुन्छन्, त्यसैले यी सबै देवता हुन् । यी सबैको प्रबोधका वेला इच्छा नहुँदा नहुँदै पनि साधकले यी सबैलाई त्याग्नु पर्दछ । यो जुन देवताहरूको ग्रहण र त्याग अर्थात् पूजन र विसर्जन हो यसैलाई दैवयज्ञ भन्दछन् । पछि जब लक्ष्य कूटस्थमा हुन्छ तब साधकको  'त्वं' र कूटनस्थको 'तत्'यी दुबैको संयोग हुन्छ । यी दुबैको मिलनको नाम योग हो । यस कार्यलाई जसले गर्दछ त्यो योगी हो । जब साधकले आफ्नो  'म'  (अहं) भन्ने भ्रमलाई छोडेर  तत्'को विशुद्ध अहंमा पुग्दछ तब तुरुन्त उसलाई 'स्व' स्वरूपको प्राप्ति हुन्छ । यो जुन आफैमा स्वयं परेर आफ्नो वशमा आफै  रहनु हो यसैलाई   'यज्ञद्वारा यज्ञ गर्नु' भनिन्छ । साधकको यो जुन ब्रम्हमा मिलेर ब्रम्हभावमा ब्रम्हत्व भोग हो, त्यसबेला उसमा कुनै उपाधि रहदैन । अतः 'उप' उपसर्गद्वारा ब्रम्हयज्ञको ब्रम्हाग्निमा उसको  'अहत्व' को उपहवनंको कल्पना गरिएको छ ।

    श्रोत्रादीनीन्द्रियाण्यन्ये संयमाग्निषु जुह्वति ।
    शब्दादीन् विषयानन्य इन्द्रियाग्निषु जुह्वति ।। २६ ।।

अन्वय र अर्थ – अन्ये = कुनै कुनै योगीहरू, श्रोत्रादीनि = श्रोत्र आदि, इन्द्रियाणि = इन्द्रियहरूलाई, संयमाग्निषु = संयम रूप अग्निमा, जुह्वति = हवन गर्दछन्, अन्ये = अरू योगीहरू, शब्दादीन् = श्रोत्रादि इन्द्रिय ग्राह्य शब्दादि, विषयान् = विषयहरूलाई, इन्द्रियाग्निषु = इन्द्रियरूप अग्निमा, जुहृति = आह्वति दिन्छन् ।

भावार्थ – कुनै कुनै योगीहरू श्रोत्रादि सम्पूर्ण इन्द्रियहरूलाई संयम रूप अग्निमा आहुति प्रदान गर्दछन्, कुनै कुनै योगीहरू शब्दादि सम्पूर्ण विषयहरूलाई इन्द्रियरूप अग्निमा आहुति प्रदान गर्दछन् ।

विशिष्टार्थ – साधकहरू आत्मालाई ब्रम्हाग्निमा आहुति दिनुभन्दा पूर्व आत्मज्योतिको सहायताले अतीव सूक्ष्मदर्शी बन्छन् अनि अन्तरमा इन्द्रियवृत्ति समूहको उत्पत्ति, स्थिति र परिवर्तनका अतीव सूक्ष्म कारण समूहलाई प्रत्यक्ष गर्दछन् । त्यसै अवस्थामा यदि आत्मालाई ब्रम्हाग्निमा आहुति नदिएर अर्थात् आफूलाई आत्मासंग नमिलाएर ती सबै कारणहरूलाई आफ्नो वशमा ल्याउने र आफू स्थिति पदमा अड्किइरहने गर्दछन् भने यो उनीहरूको संयम अवस्था हुन्छ । त्यसपछि  उनीहरू ती सबैलाई द्रष्टा स्वरूपमा अवस्थान गर्दछन् र देख्दछन्–उनीहरूका मायिक शरीरका कर्णादि सम्पूर्ण इन्द्रियहरू पहिले जस्तै उनीहरूबाट क्रियाशक्ति नपाएर क्रिया शून्य अवस्थामा त्यस संयम रूप अग्निमा परी संयत भएर अग्निरूप धारण गरेका छन् । यसैलाई नै संयमाग्निमा इन्द्रियहरूको आहुति भनिन्छ । अनि श्रोत्रादि इन्द्रिय ग्राह्य शब्दादि विषयहरू त्यस संयत अग्निरूप इन्द्रियहरूमा परेर आफै विलय हुन्छन् । यसैलाई  नै इन्द्रियाग्निमा विषयको आहुति भनिन्छ । अव उनीहरूले अरू देख्दछन् – आफ्ना  सबै अन्तस्करणहरू विद्यमान् छन् परन्तु कसैले पनि अरू क्रिया गरेका छैनन्, सबै नै क्रियाशून्य अवस्थामा वसेका छन् । यस अवस्थामा आसक्तिको लेशमात्र पनि नरहनाले गुणमयी माया साधक देखि हार्दछे तथा समस्त गुणको क्रियाले पनि विश्राम लिन्छ ।

याे पनि 

 

‘म’ को जन्म नभएपछि  मरण पनि हुँदैन

मनमा बहुज्ञान रहनेले  बहुविश्वासको बहुत्वमा रहनुपर्छ

कर्मसिद्धिको आकाङ्क्षा राख्ने मानिसहरू देवताहरूको पूजा आराधना गर्दछन्

कर्म के हो ? अकर्म के हो ?

संकल्पद्वारा नै कामको उत्पत्ति हुन्छ