प्रेमको रसायन

प्रेमको रसायन

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  फाल्गुन २, २०७५

कसैलाई देख्नेबित्तिकै हृदयको ढुकढुकी बढ्नु, काउकुती लाग्नु, पसिना आउनुलगायत प्रेमका लक्षण मानिन्छन् । विज्ञानका अनुसार यस्तो अवस्था आउनुमा केही ‘हार्मोन’को भूमिका हुन्छ । ल पढ्नुस्, कुन ‘हार्मोन’ कुन भावनालाई अभिप्रेरित गर्न सहायक हुन्छ । 

प्रेमको नशा 

कसैसँग प्रेममा हुँदा एक प्रकारको नशामा लठ्ठिएझैँ अनुभव हुन्छ । यो भनेको ‘डोपामिन हार्मोन’ का कारणले हुन्छ । यसले नै एक–अर्काप्रति तीव्र आकर्षण जन्माउँछ । र, प्रेमी युगल एक–अर्कालाई भेट्न मरिहत्ते गर्छन् । यो हार्माेनले मानिसलाई खुसी बनाउँछ । यसलाई खुसीको हार्मोन पनि भनिन्छ ।


 

प्रेमको पागलपन

यसका लागि ‘सेरोटोनिन’ हार्माेन जिम्मेवार हुन्छ । यसले मुड र भावनाबीच सन्तुलन राख्छ । तर, ‘सेरोटोनिन’को स्तर सामान्य भन्दा कम हुँदा मानिस एकोहोरिन्छ । उसलाई अन्य केही कुराको सम्झना नै आउँदैन । मात्रै एउटै भाव वा मनोदशामा घोत्ली रहन्छ ।


 

पेटमा काउकुती 

प्रेमकाे आहत हुनासाथ मुटुको ढुकढुकी बढ्नु, आत्तिनु, पेटमा विचित्रको अनुभव हुनुका पछाडि ‘एड्रिनेलिन हार्मोन’को भूमिका हुन्छ । प्रेममा परेको सुरुवातका दिनमा यो ‘हार्मोन’ अत्याधिक मात्रामा श्रवित हुने गर्छ । यसले गर्दा प्रेमीहरूको भोक–तिर्खा नै हराउँछ । तर, शरीरको सतर्कतामा वृद्धि हुन्छ ।

 

अब पालो अक्सिटोसनको

प्रारम्भका तीन–चार महिना बितेपछि ‘अक्सिटोसन हार्मोन’ को भूमिका महत्वपूर्ण हुन्छ । यस ‘हार्मोन’को मात्राले प्रेमी युगलको सम्बन्ध प्रगाढ र दिगो बनाउँछ । जति बढी ‘अक्सिटोसन’ त्यति नै सम्बन्ध मधुर । 

गन्धको भूमिका

कोही कसैसँग प्रेममा आकर्षित किन हुन्छ ? यसमा गन्धको महत्वपूर्ण भूमिका हुने वैज्ञानिक अनुसन्धानको निश्कर्ष छ । आमा–बुबासँग मिल्दोजुल्दो गन्ध भएका व्यक्तिसँग अरु मानिस प्रेममा छिट्टै पर्ने सम्भावना हुन्छ । 
 

स्रोत : विज्ञान विश्वका लागि आशिष श्रीवास्तव