औषधी खरीदमा बिल सच्याएर  ठगी गर्ने पक्राउ

औषधी खरीदमा बिल सच्याएर  ठगी गर्ने पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन २७, २०७६

मोरङ । औषधी खरीदमा ठगी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१० स्थित साक्षी मेडिकल हलमा काम गर्ने सुनसरी भोक्राह नर्सिङ गाउँपालिका-३ बस्ने १९ वर्षीय सन्तोष मेहतालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उदयपुर त्रियुगा नगरपालिका-७ का सवारी दुर्घटनाका घाइतेलाई न्युरो अस्पताल विराटनगरमा उपचारमा लाग्ने सम्पूर्ण औषधी उक्त मेडिकल हलबाट खरीद गर्न भनि अग्रिम २ लाख रुपैयाँ डिपोजिट राखेकोमा औषधीको पैसा तिर्न जाँदा औषधीको मुल्य बढाउन सच्याएको बिल सहित उनलाई प्रहरीले पक्राउ गरेको हो । 
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे  नेपाल प्रहरीले जनाएकाे  छ ।